|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीका नेताहरु एकैसाथ अमेरिका, चीन र उत्तर
कोरियाको भ्रमणमा काठमाडौँ, September 22, 2008- माओवादी नेताहरु धमाधम विदेश यात्रामा निस्कन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिकातर्फ लागेको दुईदिनपनि नबित्दै अर्का प्रभावशाली माओवादी नेता एबं रक्षामन्त्री रामबहादुर थापा 'बादल' मित्रराष्ट्र चीनको भ्रमणमा निस्केका छन् । रक्षा मन्त्री बादल चिनिया रक्षा मन्त्रालयको भ्रमणमा चीनतर्फ लागेका हुन् । उनका साथमा नेपाली सेनाका उपरथी छत्रमानसिंह गुरुङ्गपनि छन् । मन्त्री बादलले चिनिया जनमुक्ति सेनाले उनको सम्मानमा आयोजना गर्ने कवाज अवलोकन गर्नेछन् । रक्षा मन्त्री बादललाई दिइएको निम्तोलाई माओवादी नेतृत्वको सरकारलाई चीनले दिएको बलियो समर्थनको रुपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकातर्फ प्रस्थान गर्नु अघिल्लो दिन नै माओवादी प्रबक्ता एबं सूचना तथा सन्चारमन्त्री सचिवालय सदस्य नेत्रबिक्रम चन्द 'बिप्लब' लाई साथमा लिएर अमेरिकाको कट्टर दुश्मन राष्ट्र उत्तर कोरियाको भ्रमणमा निस्केका थिए । प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थानलगत्तै उत्तर कोरियाको प्रमुख सहयोगी राष्ट्र चीनतर्फ रक्षा मन्त्री बादल लाग्नुलाई रोचक संयोगको रुपमा लिइएको छ। सरकारमा रहेका माओवादी नेताहरुमात्र होइन सरकारमा नरहेका अन्य बरिष्ठ माओवादी नेताहरुपनि विदेश भ्रमणमा लागेका छन् । यसैहप्ता माओवादी विदेश विभाग प्रमुख सीपी गजुरेल 'गौरव' र केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला, कन्चन शर्मा पनि यूरोपेली मुलुकहरुको भ्रमणमा निस्केको बताइएको छ । -Sitaram Baral in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||