Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी नेताहरुको पूर्व-पश्चिम दौडाहा

काठमाण्डौ, 25 Jan, 09- गत महिनामात्र दुई पार्टीबीच एकता भएपछि बनेको एकीकृत माओवादीले ४ फागुनसम्म राज्य समितिस्तरमा प्रशिक्षण सन्‍चालन गर्दै स्थानीयस्तरमा पार्टीका तल्ला निकाय र जनवर्गीय संगठनको एकता गर्ने निर्णय गरेको छ ।

सो पार्टीका बरिष्ठ नेता मोहन बैद्य 'किरण' को नेतृत्वमा रहेको संगठन विभागले जनवर्गीय संगठनमा रहेका माओवादीका प्रमुखहरुलाई नै संयोजक राख्ने गरी एकीकरणको प्रस्तावसमेत तयार गरेको जानकारी माओवादी श्रोतले दिएको छ । पार्टी एकता लगत्ते माओवादी स्थानीय तहमा एकता र यससँग संगठन विस्तारमासमेत लागेको छ ।

राज्य समितिस्तरमा प्रशिक्षणका लागि अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित सातजना नेता प्रशिक्षक तोकिएका छन् । प्रशिक्षकमा अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ प्रकाश, सिपी गजुरेल, दीनानाथ शर्मा र लीलामणि पोखरेल रहेको बताइएको छ । यो निर्णय अनुसार अध्यक्ष प्रचण्ड २० माघमा नेवा राज्य समिति र २७ माघमा अबध उपराज्य समितिस्तरको प्रशिक्षणमा प्रशिक्षकका रुपमा सहभागी हुनेछन् भने २४ फागुनमा ताम्सालिङ, मगरात र कोचिला राज्य समितिस्तरीय प्रशिक्षण हुनेछ ।

ताम्सालिङमा डा. भट्टराई, मगरातमा प्रकाश तथा कोचिलामा मोहन वैद्य किरणले प्रशिक्षण दिनेछन् । माघ २५ मा सिपी गजुरेलले भोजपुरा उपराज्य समितिमा प्रशिक्षण दिनेछन् भने २६ माघमा थारुवान राज्य समितिमा डा. भट्टराई, किराँत राज्य समितिमा मोहन वैद्य किरण र भेरी कर्णाली राज्य समितिमा रामबहादुर थापा बादलले दिनेछन् । २७ माघमा अबध उपराज्य समितिमा अध्यक्ष प्रचण्ड तथा मिथिलामा प्रकाशले प्रशिक्षण दिने भएका छन् । यसैगरी २८ माघमा सेती महाकाली राज्य समितिमा रामबहादुर थापा बादलले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । २९ माघमा दीनानाथ शर्माले लिम्बूवान राज्य समितिमा र ४ फागुनमा भारत प्रवासमा सिपी गजुरेलले प्रशिक्षण दिनेछन् । भारत प्रवासमा चािहं लीलामणि पोखरेल पनि सहभागी हुनेछन् ।

माओवादी संगठन विभागले मुलुकभरलाई चार सांगठनिक क्षेत्रमा विभाजन गरेको छ । ती सांगठनिक क्षेत्रमा क्षेत्रीय समन्वय समिति गठन गर्दै उसले इन्चार्जसमेत तोकेको छ । पूर्वान्‍चलमा लीलामणि पोखरेल, मध्यमान्‍चलमा वर्षमान पुन, पश्चिमान्‍चलमा टोपबहादुर रायमाझी तथा मध्यपश्चिम र सुदूरपश्चिममा नेत्रविक्रम चन्द विप्लब इन्चार्ज तोकिएको बताइएको छ । पूर्वान्‍चलमा लिम्बूवान, किराँत र कोचिला, मध्यमान्‍चलमा मिथिला, भोजपुरा र नेवा तथा ताम्सालिङ, पश्चिमान्‍चलमा तमुवान, अबध र मगरात तथा मध्य र सुदूरपश्चिमान्‍चलमा थारुवान, भेरी, कर्णाली र सेती महाकाली राज्य समिति परेका छन् ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®