बाबु-आमाको विँडो थाम्दै माओवादी नेताहरुका दुई छोरीहरु राजनीतिमा
काठमाण्डौ, 13 Mar, 09- एकिकृत माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री डा.
बाबुराम भट्टराई र माओवादी नेतृ तथा पर्यटन मन्त्री हिसिला यमीकी छोरी
मानुषी यमी भट्टराईले आगामी चैत ६ गते हुन लागेको स्वतन्त्र विद्यार्थी
युनियनको निर्वाचनमा प्रतिस्प्रर्धा गर्दै छिन् भने माओवादी वरिष्ठ नेता
मोहन वैद्य 'किरण' की छोरी सिर्जना शर्मा पनि पशुपति बहुमुखी क्याम्पसमा
कोषाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
मानुषीले त्रिभुवन विश्व बिद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट सचिव
पदमा उम्मेदवारी दिएकी हुन् । राजनीति शास्त्र एमए दोस्रो वर्षमा अध्ययनरत
मानुषीको यो जीवनकै पहिलो निर्वाचन हो ।
माओवादीसम्बद्ध अखिल क्रान्तिकारीको तर्फबाट चुनावी मैदानमा उत्रेकी मानुषी
क्रान्तिकारीको कोषाध्यक्ष थिइन् । उता माओवादी संगठन विभाग प्रमुखसमेत
रहेका किरणकी छोरी शर्मा विविएस तेस्रो वर्षकी विद्यार्थी हुन् ।