Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

अब माओवादी साम्यवादतिर जाने उनको फरक दस्ताबेज पढौं



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीका बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले संविधान सभा सदस्य पदबाट राजिनामा किन दिए?

काठमाण्डौं, October 22, 2008- माओवादीका बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले संविधान सभा सदस्य पदबाट राजिनामा दिएका छन् । बरिठ नेता किरणको राजिनामालाई पार्टीभित्र हाल चलिरहेको दुई लाइन संघर्षको उत्कर्षको रुपमा हेरिएको छ । पार्टीको नेतृत्व हत्याउनकालागि उनले संविधान सभा सदस्य पदबाट राजिनामा दिएको टिप्पणी माओवादी खेमाभित्रैबाट हुन थालेको छ ।

प्रधानमन्त्री प्रचन्डले सम्हाल्दै आएको पार्टी अध्यक्षको दावी गर्दै उनले संविधान सभा सदस्यबाट राजिनामा दिएको बताइएको छ ।

किरणले मंगलबार पदबाट राजिनामा दिएका थिए । दुई महिना अघिदेखि नै उनले राजिनामा दिने हल्ला चलेपनि सोमबार संविधान सभाका सभामुख सुवाषचन्द्र नेम्वाङ्गलाई राजिनामा दिएपछि नेम्वाङ्गकै कार्यकक्षमा बोलाएर उनको हस्ताक्षरको सनाखत गराइएको थियो । उनले प्रतिनिधित्व गर्ने संविधान सभा सदस्यको स्थान रिक्त भएपछि माओवादीको समानुपातिक सूचिमा रहेकाहरुबाट नयाँ संविधान सभा सदस्यको छनौट गर्नुपर्नेछ । प्रत्यक्ष निर्वाचित हुने ५ क्षेत्र हाल खालि रहेपनि समानुपातिक क्षेत्रबाट खालि भएको यो पहिलो पटक हो ।

माओवादीभित्र अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने वा तत्काल जनगणतन्त्रमा जाने भन्ने दुई कार्यनीतिकलाई लिएर बहस उत्कर्षमा पुगेको छ । लोकतान्त्रिक गणतन्त्रको धारलाई संस्थागत गर्नुपर्नेमा अध्यक्ष प्रचण्ड र शीर्ष नेता डा. बाबुराम भट्टराईहरु देखिएका छन् भने तत्काल जनगणतन्त्रमा जानुपर्छ भन्ने पक्षमा सचिवालयका बरिष्ठ सदस्य किरण, सीपी गजुरेल 'गौरव', नेत्रबिक्रम चन्द 'बिप्लब' लगायतका नेताहरु देखिएका छन् । केन्द्रीय समितिमा प्रचण्ड-बाबुरामकै समूह बलियो रहेको बताइन्छ ।

Senior Maoist leader Mohan Baidhya 'Kiran'. Photo: Sitaram
  मोहन बैद्यले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको मौखिक प्रतिबेदनका बिरुद्ध छुट्टै फरक मतका साथ प्रतिबेदन पेश गरेका थिए । उनको प्रतिबेदनमा जनविद्रोहका लागि परिस्थिति परिपक्व बन्दै गइरहेको भन्दै जनगणतन्त्रमा जानुपर्ने वकालत गरिएको छ । 'पुरानो राज्यसत्ताको ध्वंस र नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि सशस्त्र संघर्ष अनिवार्य रुपमा आवश्यक हुन्छ …। हामी महान् जनयुद्धको राजनीतिक प्रत्याक्रमणको चरणमा छौँ' भन्दै उनले तत्काल जनगणतन्त्रमा जानुपर्ने बताएका छन् । अहिलेकै बाटोबाट जाँदा पार्टी सुधारबादमा फस्ने खतरापनि उनले औंल्याएका छन् ।

अध्यक्ष प्रचण्डको मौखिक प्रतिबेदनका विरुद्ध बरिष्ठ नेता किरणले फरक मत सहितको प्रतिबेदन पेश गरेपछि दुवै प्रतिवेदनका सम्बन्धमा निर्णय गर्न माओवादीले यही कार्तिक २५ देखि तीन दिने राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । सो राष्ट्रिय कार्यकर्ताले भेलामा आफ्नो पक्षलाई बलिलो बनाउने र पार्टी नेतृत्वको दावी गर्ने उद्धेश्यका साथ बरिष्ठ नेता किरणले संविधान सभा सदस्यबाट राजिनामा दिएका हुन् । किरण पक्षधरले पार्टीभित्र 'एक व्यक्ति एक पद' नीतिको पक्षपोषण गर्दै आएका छन् । यो नीति लागू भएमा माओवादी अध्यक्ष प्रचण्डलेपनि कि पार्टी अध्यक्षबाट कि प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने हुन्छ ।


-Sitaram Baral in Kathmandu

मोहन वैद्य किरणको फरक मत

Read this report in PDF file

वर्तमान सन्दर्भमा पार्टी र क्रान्तिको कार्यभार

'हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयां जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरु चलाउंदै मानव जातिकै स्वर्णीम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने प्रतिकृयावादलाई दवाव दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपूजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहने छ ।'
-जनयुद्धको ऐतिहासिक पहलका लागि ऐतिहासिक प्रतिवद्धताहरुबाट

उपयुक्त भनाइहरु महान् जनयुद्धको प्रारम्भ गर्नुभन्दा अघि २०५२ असारमा सम्पन्न केन्द्रीय समितिको पूर्ण वैठकमा पारित ऐतिहासिक जनयुद्धको पहिलो योजना शिर्षक दस्तावेजबाट लिइएका हुन् । महान् जनयुद्धको थालनी गर्ने बेला नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा थियो र अहिले पनि यही अवस्थामा नै छ । हाम्रो पार्टी शान्ति प्रकृयाका बीचबाट अहिले सरकारमा गएको छ तर सत्तामा भने होइन । त्यो बेला जाहेर गरिएको उक्त प्रतिवद्धता वर्तमान सन्दर्भमा विशेष स्मरणीय छ ।
१. राजनीतिक दल र हाम्रो पार्टीका बीचमा भएको बाह्र बुँदे सहमतिअनुरुप हामी शान्ति प्रकृयामा अगाडि बढ्दै आयौं । यसै प्रकृयामा अहिले नेपालमा संविधान सभाको निर्वाचन सम्पन्न भैसकेको छ र राजतन्त्रको अन्त भै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भएको छ । साथै हाम्रो पार्टी संविधान सभाको निर्वाचनमा अग्रता हासिल गरी आफ्नो नेतृत्वमा संक्रमणकालिन संयुक्त सरकारमा समेत सम्मिलित भैसकेको छ । यो स्थितिमा नया जनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक लक्ष्य प्राप्तिको लागि पार्टीले अवलम्बन गर्दै आएको संविधान सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्यनीति पूरा भैसकेको छ । त्यस प्रकारको रणनीतिक लक्ष्य प्राप्तिका लागि नया कार्यनीतिको विकास र विन्यास गर्न अनिवार्य रुपमा आवश्यक भएको छ । पछाडि परेको कार्यनीतिबाट क्रान्तिकारी रणनीतिको सेवा हुनसक्दैन ।

लोकतान्त्रिक गणतन्त्रको राजनैतिक कार्यनीति मुख्यतः राजा र जनताको बीचमा रहेको प्रधान अन्तरविरोध हल गर्न अगाडि सारिएको तत्कालिन कार्यनीति थियो । यसले राजतन्त्र विरोधी सवै शक्तिलाई गोलबन्द गर्ने साधनको तत्कालिन भूमिका पूरा गर्यो । देशमा गणतन्त्रको स्थापना भएको वर्तमान स्थितिमा राजतन्त्रसितको नेपाली जनताको प्रधान राजनीतिक अन्तरविरोध समाप्त भएको छ । त्यो ठाउमा अब सामन्त, दलाल र नोकरशाह पूजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकासितको राजनीतिक अन्तरविरोध प्रधान वन्न गएको छ । समग्र रुपमा भन्नुपर्दा नेपाली जनताका सामन्तवाद र साम्राज्यवादसितका आधारभूत अन्तरविरोधहरु यथावतै रहेपनि र अमेरिकी साम्राज्यवादको चलखेल तिव्ररुपमा बढ्दै गएपनि अहिले भारतीय विस्तारवादसितको अन्तरविरोधले प्रभावकारी स्थान ओगट्दै गैरहेको छ र त्यसले प्रधान अन्तरविरोधको रुप लिनसक्ने स्थिति प्रबल बन्दै गएको छ ।

अहिले नेपाली क्रान्तिका सामु महान् सम्भावना र गम्भीर चुनौतिहरु देखा परेका छन् । संविधान सभाको निर्वाचनमा पार्टीले अग्रता हासिल गरेको पार्टीको नेतृत्वमा सरकार पनि बनेको, पार्टीप्रतिको जनआकर्षण बढ्दै गएको र वर्गदुश्मन दिन प्रतिदिन संकटग्रस्त हुन थालेको स्थितिमा देशमा जनविद्रोहका लागि परिस्थिति परिपक्व बन्दै गैरहेको देखिन्छ । यो महान् संभावना हो ।
परन्तु अर्कोतिर हाम्रा सामु गम्भीर चुनौतिहरु पनि देखापर्दै गैरहेका छन् । त्यसप्रकारका चुनौतिहरुलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ :

पहिलो: राष्ट्रिय स्वाधिनतामाथिको चुनौति ।
देशमा राजतन्त्रको अन्त र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्थितिमा यहाका दलाल तत्वहरुलाई आफ्ना प्रभावमा लिई भारतीय विस्तारवादबाट नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठाडो हस्तक्षेप गरिने खतरा प्रवल बन्दै गैरहेको छ ।

दोश्रो: संसदवादी तथा सुधारवादी भासमा फस्ने चुनौति ।
जनवादी क्रान्तिको उपचरणको कार्यनीतिका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थिर नाराका रुपमा लिई त्यसैमा अडिइरहन चाहने, परिवर्तित स्थितिमा नया कार्यनीतिको विकास एवं विन्यास गर्नेतर्फ आवश्यक ध्यान नदिने र सम्झौतावादी ढंगले नयां संविधानको निर्माण गर्ने कामलाई सवै थोक ठान्दैजाने स्थितिमा पार्टी संसदवादी एवं सुधारवादी भासमा फस्न सक्ने खतरा प्रवल देखिन्छ ।

तेस्रो: निर्मम दमनको चुनौति ।
वर्ग दुश्मनको राज्य सत्ता त्यतिकै छोड्न चाहदैन । क्रान्तिकारीहरु सत्ता प्राप्तिको सन्निकट रहेको वा सरकारमै बसेको स्थितिमासमेत निर्मम दमन गरिएका नकारात्मक उदाहरणहरु विश्व कम्युनिष्ट आन्दोलनमा प्रशस्तै छन् ।

यसप्रकारका संभावना र चुनौतिहरुमा संभावना नै प्रमुख पक्ष हो । तर पनि यी चुनौतिहरुवारे हामी विशेष सतर्क र गम्भीर बन्नु पर्दछ । यस प्रकारका चुनौति वा खतराहरुको सामना गर्न हामीले आफूलाई तम्तयार अवस्थामा राख्नुपर्छ र यो अवस्थामा क्रान्तिको ठोस कार्यदिशा तथा कार्यनीतिवारे गम्भीरता पूर्वक सोच्न आवश्यक छ ।

२. केही सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरु

क. विश्लेषण र संश्लेषणको प्रश्न
क्रान्तिकारीहरुले विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक एकत्वमाथि विशेष ध्यान दिनु आवश्यक हुन्छ । विश्लेषण भनेको ठोस परिस्थितिको ठोस अध्ययन गर्नु क्रान्तिका लागि वर्ग विश्लेषण गर्ने कुरामा आवश्यक ध्यान दिनु आफ्नो एवं वर्ग दुश्मनको वास्तविक स्थितिको सही आँकलन गर्नु र समाजमा विद्यमान अन्तरविरोधहरुलाई ठीक ढंगले पत्ता लगाउनु हो । संश्लेषण भनेको विश्लेषण पश्चात् कुनै ठोस निश्कर्षमा पुग्नु, समस्या या अन्तरविरोधहरुको समाधान गर्नु र कुनै एक वर्गमाथि अर्को वर्गले विजय हासिल गुर्न हो । जनआन्दोलन वर्ग संघर्ष वा युद्धको प्रकृयामा संश्लेषणको वास्तविक अर्थ एक वर्ग वा पक्षले अर्को वर्ग वा पक्षको अस्थित्वलाई समाप्त पार्नु हो । या त वर्ग दुश्मनले क्रान्तिकारीहरुलाई सिध्याउँछ या क्रान्तिकारीहरुले वर्ग दुश्मनलाई सिध्याउँछन् । क्रान्तिको बाटो बांगोिटंगो हुन्छ र क्रान्तिको प्रकृयामा सम्झौता पनि गर्न सकिन्छ । परन्तु क्रान्तिमा लामो समयसम्म वीचको बाटो अवलम्बन गर्न कदापि सकिँदैन । विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक सम्बन्धमाथि विचार गर्दा मुख्यतः संश्लेषण अर्थात् रुपान्तरणमा विशेष ध्यान दिनु पर्दछ । नेपाली क्रान्तिको प्रकृयामा पनि विश्लेषण र संश्लेषणको द्वन्द्ववादलाई यसरी नै राम्रोसँग आत्मसात् गर्न जरुरी छ । यो एकको दुईमा विभाजन वा दुईको एकमा संयोजनको प्रश्न पनि हो । भीषण वर्गयुद्ध वा क्रान्तिको प्रकृयामा हामीले दुईको एकमा संयोजन अर्थात् समन्वयवाद होइन एकको दुईमा विभाजन अर्थात् वर्ग संघर्षको मान्यतालाई गम्भीरतापूर्वक अवलम्वन गर्नु अनिवार्यरुपमा आवश्यक हुन्छ ।

ख. सशस्त्र संघर्षको प्रश्न:
पुरानो राज्य सत्ताको ध्वंश र नया जनवादी राज्य सत्ताको स्थापनाका लागि सशस्त्र संघर्ष अनिवार्यरुपमा आवश्यक हुन्छ । माक्स्रवादी मान्यताअनुसार सशस्त्र संघर्ष क्रान्तिको सार्वभौम नियम हो । हामीले यो नियमलाई अंगीकार गर्दै आएका छौं । एउटा विशिष्ट स्थितिमा हामीले वृहद् शान्ति सम्झौता गरी २०५२ सालदेखि चल्दै आएको सशस्त्र द्वन्द्वलाई अन्तगरी शान्तिपूर्ण सहकार्यको नया अध्याय प्रारम्भ भएको घोषणा गरेका छौं । यो बेला हामीले एकातिर क्रान्तिको शान्तिपूर्ण विकास र अर्कोतिर रणनीतिक प्रत्याक्रमणको कुरा पनि गरिरहेका छौं । यी दुई परस्पर विरोधी मान्यताका बीच के कस्तो तारतम्य छ, लक्ष प्राप्तिको दिशामा अगाडि बढ्दा एउटा विशिष्ठ स्थितिमा कार्यनीतिक रुपमा सम्झौता गर्न सकिन्छ र गर्नु पनि पर्दछ । अथवा कुनै अल्प अवधि वा विशिष्ट स्थितिमा क्रान्तिको शान्तिपूर्ण विकासको विरल सम्भावना पनि हुन सक्दछ र त्यो कुरालाई क्रान्तिकारीहरुले अंगीकार गर्नैपर्ने हुन्छ । परन्तु त्यो निरपेक्ष प्रकि्रया भने कदापि हुन सक्दैन ।

ग. कार्यदिशाको प्रश्न:
नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवाद तर्फ अगाडि बढ्नु पार्टीको मूल कार्यदिशा हो । यो प्रकृयामा हामी महान् जनयुद्धको रणनीतिक प्रत्याक्रमणको चरणमा छौं । अहिले यस प्रकारको कार्यदिशा अनुरुप अगाडि बढ्ने वारे गम्भीरतापूर्वक सोच्न र त्यसलाई मूर्त रुप दिन जरुरी छ ।
माओले भन्नु भएको थियो- विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । हामीले माओको यो मान्यतालाई गम्भीरतापूर्वक आत्मसात गर्दै आएका छौं र यसलाई अझै दह्रोसंग पकड्न जरुरी छ । विद्युतीय प्रविधि, सूचना एवं सन्‍चारको क्षेत्रमा अपूर्व विकास भएको र आर्थिक, राजनीतिक, सामरिक तथा सांस्कृतिक रुपमा साम्राज्यवादी भूमण्डलीकरणको प्रकृया तिव्र बन्दै आएको वर्तमान सन्दर्भसँग नेपाल पनि जोडिएको छ । भारतीय विस्तारवादको हैकम, हस्तक्षेप र प्रभुत्व तिव्र गतिमा बढ्दै गैरहेको, विश्वभर मुख्यतः दक्षिणपन्थी संशोधनवादले विभिन्न रुपमा आफ्नो हैकम जमाएको, सुधारवादी एवं व्यवहारवादी कोणबाट सच्चा माक्स्रवाद तथा माक्स्रवादीहरुमाथि जडसूत्रवाद, यान्त्रिकवाद आदि आरोप लगाउदै आउने काम भएको, वर्तमान नेपाली नया जनवादी क्रान्तिको विशिष्ट सन्दर्भमा हाम्रा सामु व्यवहारवाद, सुधारवाद र दक्षिणपन्थी विसर्जनवादको खतरा प्रवल बन्दै गैरहेको देखिन्छ ।

साथै यो प्रकृयामा सारसंग्रहवाद र मध्यमार्गी कमजोरीबाट बच्न पनि नितान्त आवश्यक छ । किनभने त्यो दक्षिणपन्थी अवसरवादतर्फ नै उन्मुख हुने गर्दछ । कुनै पनि विषयलाई मूर्त रुपमाप्रस्तुत नगर्नु विपरित पहलुहरुबीचको संघर्षमा प्रधान र गौण पक्षलाई समानान्तर रुपमा प्रस्तुत गर्नु विभिन्न अनमेल विचार र नीतिलाई एउटै ठाउँमा घुलमेल पारेर पेश गर्नु र क्रान्तिको एउटा विशिष्ट चरणमालागू हुने नियमलाई अर्को विशिष्ट चरणमा थोपर्न खोज्नु सारसंग्रहवादका विशेषता हुन् । यसले मध्यमार्गी अवसरवादलाई सघाउँछ र दक्षिणपन्थी अवसरवादमा प्रवेश गर्नका लागि ढोका खोलिदिन्छ । यद्यपि निश्चित रुपमा जडसूत्रवाद तथा 'वाम' संकीर्णतावादबाट क्रान्तिलाई हानी हुन सक्दछ र तिनका विरुद्ध पनि वैचारिक संघर्ष चलाउन अनिवार्यरुपमा आवश्यक हुन्छ । परन्तु यो बेला व्यवहारवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्धको वैचारिक संघर्षलाई नैप्रधानता दिनु पर्दछ । त्यसपछि सारसंग्रहवाद तथा मध्यपन्थी अवसरवाद र तेस्रो तहमा जडसूत्रवाद तथा 'वाम' अवसरवादका विरुद्धको संघर्षलाई स्थान दिनु पर्दछ । चिन्तनको क्षेत्रमा जडसूत्रवाद र व्यवहारवादका तुलनामा सारसंग्रहवादलाई ठम्याउन निकै गाह्रो हुने भएकाले त्यसप्रति विशेष सतर्क रहन जरुरी छ ।

हामी एक्काइसौं शताव्दीमा जनवाद सहित िसंगो माक्स्रवादको विकासको कुरा गरिरहेका छौं । ठीक यहीनेर एक्काइसौं शताव्दीको शंशोधनवादलाई पनि ठीकसँग ठम्याउन जरुरी छ । माक्स्रवाद स्थिर रुपमा रहन सक्दैन भने संशोधनवाद पनि स्थिर रुपमा रहन सक्दैन । यो कुरालाई राम्रोसँग आत्मसात गर्नु पर्दछ । यसरी मात्र हामीले सिद्धान्तका साथै विचारधारात्मक तथा राजनैतिक कार्यदिशाको विकास गर्न सक्दछौं । सामन्तवाद र साम्राज्यवाद विशेषतः नेपाली सन्दर्भमा भारतीय विस्तारवादका विरुद्ध नया जनवादी गणतन्त्र स्थापना गर्नु हाम्रो रणनीति हो र यो रणनीतिको सेवा सुधारवादी कार्यनीतिद्वारा हुन सक्दैन । त्यसका लागि क्रान्तिकारी कार्यनीतिको निर्धारण गर्न जरुरी छ ।

तसर्थ यो बेला उपर्युक्त प्रकारका खतराका विरुद्ध क्रान्तिकारी कार्यदिशाको अवलम्बन निर्धारण विकास तथा कार्यान्वयनको प्रश्नले विशेष महत्व राख्दछ । यसका लागि सही ढंगले रणनीति र कार्यनीतिको विन्यास गर्नु आवश्यक हुन्छ ।

घ. राजनीतिक क्षेत्रका मूल समस्या:
केही समययता पार्टीको कार्यदिशा, रणनीति, कार्यनीति र संघर्ष तथा संगठनको स्वरुपवारे अस्पष्टता रहदै आएको छ । सैद्धान्तिक तथा राजनैतिक महत्वका कामहरुलाई गौण र दैनिक एवं भैपरिआउने व्यावहारिक कामहरुलाई प्राथमिक स्थानमा राख्ने चिन्तन हावी वन्दै गएको छ । जनताको नया राज्यसत्ताको निर्माण, संघर्षको स्वरुप, निर्धारण र तयारी गर्ने काममा अमूर्तता र स्पष्टताको अभाव खड्कने विषय बन्दै आएको छ । आवश्यक र सम्भव हुदा हुदै तराई लगायतका स्थानमा वर्गसंघर्षलाई पुरै छोडिदिने काम भएको छ।

वर्तमान नेपाली क्रान्तिका सन्दर्भमा जनवाद र राष्ट्रियताका सवालहरु अभिन्न रुपमा गासिएका छन् । शान्ति प्रकृयामा आए यता हामीले लोकतान्त्रिक गणतन्त्रको प्रश्नमा त ध्यान दिदै आएका छौं । परन्तु राष्ट्रियताको सवाललाई उठाउने काममा भने धेरै नै पछाडि परेका छौं । साथै लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रका वीचको सम्बन्धवारे पनि स्पष्टताको अभाव देखिदै आएको छ । यो िसंगो अवधिमा राष्ट्रियताको प्रश्नमा संघर्षको संचालन गर्ने काममा ध्यान दिइएको छैन र संघर्षलाईभन्दा सम्झौता तथा वार्तामा बढी जोड दिइएको छ । नेपालको राजनैतिक तथा आर्थिक मामिलामा भारतीय विस्तारवादी शासक वर्गद्वारा बारम्बार गरिने अनधिकृत एवं अस्वभाविक निर्देशन र हस्तक्षेपकारी भनाई, टिप्पणी तथा गतिविधिप्रति संघर्ष गर्नुको सट्टा मौन रहने काम हुँदै आएको छ ।

पार्टीको मूल कार्यदिशा र रणनीति सही भएर मात्र हुँदैन तिनलाई प्राप्त गर्ने कार्यनीति पनि सही हुन आवश्यक हुन्छ । अहिले प्रस्तुत गरिएको कार्यनीति अपूर्ण, अस्पष्ट र सुधारवाद उन्मुख रहेको छ । यसले मूल कार्यदिशा र रणनीतिको सेवा गर्न सक्दैन । साथै यो िसंगो अवधिमा पार्टी दैनिक काममा बढी अल्झनु पर्ने स्थिति पैदा हुँदै आएको पार्टीमा विद्यमान सांगठनिक समस्याहरुको समाधान गर्दै अगाडि बढ्नेतर्फ आवश्यक ध्यान नगएको, सामूहिक नेतृत्वको विकास तथा स्थापना गर्ने काम सही ढंगले हुन नसकेको र पार्टीमा क्रान्तिकारी ओज तथा जुझारुपनामा क्रमशः ह्रास आउन थालेको देखिन्छ ।

यसरी समग्ररुपमा हेर्दा पार्टीमा दार्शनिक रुपमा व्यवहारवाद तथा सारसंग्रहवाद, राजनीतिक रुपमा सुधारवाद तथा विस्तारवादप्रतिको झुकाउ र सांगठनिक रुपमा आत्मकेन्द्रित व्यक्तिवाद तथा दक्षिणपन्थी विसर्जनवादमा आधारित कमजोरीहरु प्रवल रुपमा विद्यमान रहेका देखिन्छन् । यसप्रकारका कमजोरीहरुलाइ शुद्धिकरण आन्दोलनमार्फत् समयमै नसच्याउने हो र माक्स्रवाद, लेनिनवाद, माओको वैज्ञानिक विचार तथा योजना अनुरुप रुपान्तरित नहुने हो भने ती कमजोरीहरुले बढ्दै गएर विचलनमा बदलिई क्रान्तिलाई नै गम्भीर हानी पुर्याउने, पार्टी गम्भीर दक्षिणपन्थी विचलनमा फस्ने र पार्टीले रंग बदल्न सक्ने संभावना स्पष्टै देखिन्छ । यो स्थितिमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका मान्यताहरुलाई राम्रोसँग अवलम्बन गर्दै दृढतापूर्वक अगाडि बढ्न जरुरी छ ।

३. कार्यदिशा रणनीति र कार्यनीतिः
-नेपालजस्तो अर्धसामन्ती एवम् अर्ध औपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको महान् लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्नु नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार हो । र वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशा यसै कार्यभारसँग आवद्ध रहेको छ । अहिले हामी यसप्रकारको लक्ष प्राप्तिको दिशामा रणनीतिक प्रत्याक्रमणको चरण र विद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने प्रकृयामा अघि बढिरहेका छौं । यही नै हाम्रो पार्टीको समग्र कार्यदिशाको सार हो ।
-राष्ट्रिय स्वाधीनताको रक्षा, जनगणतन्त्रको स्थापना, जनविद्रोहको तयारी, तदनुरुप संघर्ष तथा संगठनका रुपहरुको निर्धारण, संयुक्त मोर्चा वा कार्यगत एकता आदि कामलाई कार्यनीतिका रुपमा ग्रहण गर्नुपर्दछ । यसै कार्यनीतिमार्फत् रणनीतिक लक्ष हासिल गर्न सकिन्छ ।
-गणतन्त्रवादी देशभक्त र वामपन्थी शक्तिहरु वीचको संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माण गर्न जरुरी छ ।
-अहिले पार्टीद्वारा सरकारको नेतृत्व गरिएको स्थितिमा देश, जनता, क्रान्ति र अग्रगामी परिवर्तनका पक्षमा सामान्यतः माथिवाट सशक्तरुपमा पहलकदमी अगाडि बढाउने र विशेषतः तलबाट कामलाई व्यवस्थित तुल्याउने नीति अवलम्बन गर्नु पर्दछ । माथिबाट पहल अगाडि बढाउन नसकिएको वा सम्भव नभएको स्थितिमा सरकारबाट हट्नु पर्दछ ।
-साम्राज्यवादी एक ध्रुवीय विश्व व्यवस्था, सूचना प्रविधिमा सम्पन्न भएको क्रान्ति साम्राज्यवादद्वारा क्रान्तिकारी कम्युनिष्टहरु तथा सच्चा देशभक्तहरुमाथि हुँदै आएको निगरानी तथा हमलाका सन्दर्भमा चीन र भारतको वीचमा अवस्थित नेपालको विशेष भूराजनीतिक स्थितिमा कुनै एक देशसँग मात्र खास गरी भारतसँगमात्र बन्न गएको असन्तुलित र अपारदर्शी कूटनीतिक तथा राजनीतिक 'विशेष सम्बन्ध' लाई अन्त्य गरी चीन तथा भारत दुवैसँग साथै बाह्य राष्ट्रहरुसँग पनि सन्तुलित कूटनीतिक सम्बन्ध राख्नुपर्दछ । दुई छिमेकी देशहरुवीच समदूरीको सम्बन्ध कायम गरिनुपर्दछ ।
-साम्राज्यवाद विरोधी अन्तरराष्ट्रिय मोर्चा निर्माण गर्ने काममा प्रयत्नशील रहनुपर्दछ ।

४. आगामी कामबारे:
जनविद्रोहलाई केन्द्रविन्दूमा राखी वैचारिक, राजनीतिक, सांगठनिक संघर्षसम्बन्धी र प्राविधिक तयारीका कामहरुलाई निम्नअनुसार प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक छ:

क. वैचारिक काम:
-सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको भण्डाफोर गर्ने ।
-नयाँ जनवादी गणतन्त्र स्थापनाको पक्षमा वैचारिक आधार तयार पार्ने ।
-सबैखाले संशोधनवाद मुख्यतः दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्ने ।
-प्रचार, सन्‍चार र प्रकाशनका कामलाई व्यवस्थित तुल्याउने ।

ख. राजनीतिक काम:
-देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरुवीच नयाँ ढंगको संयुक्त मोर्चा वा कार्यगत एकता बनाउन प्रयत्नशील रहने ।
-राष्ट्रिय स्वाधीनताको रक्षा र जनगणतन्त्रका नाराहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउने ।

ग. सांगठनिक काम:
-शुद्धीकरणलगायतका सांगठनिक कामहरुलाई व्यवस्थित पार्दै छिटै राष्ट्रिय सम्मेलन गर्ने र त्यसपछि महाधिवेशनको प्रकृयामा लाग्ने ।
-क्रान्तिको आवश्यकता अनुरुप पार्टी जवस र मोर्चाहरुको सांगठनिक संरचना विकसित गर्ने ।

घ. संघर्षसम्बन्धी काम:
निम्न मागहरुलाई प्रस्तुत गरी जनपरिचालन र जनसंघर्षका कामहरुलाई अगाडि बढाउनेः
-जनगणतन्त्रको स्थापनाको पक्षमा सशक्त अवाज उठाउनुपर्दछ ।
-वैदेशिक हस्तक्षेपको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा विशेष ध्यान दिनुपर्दछ । भारतीय विस्तारवादद्वारा सुस्तालगायतका भू-भागहरुमा हुँदै आएका सीमा अतिक्रमण रोक्न, भू-भाग फिर्ता गर्न तथा नेपालको राजनीतिमा ठाडै हस्तक्षेप हुने व्यवहार, गतिविधि बन्द गर्न र माथिल्लो कर्णाली, अरुण तेस्रो लगायत जलविद्युत योजनाबारे सरकारद्वारा भारतसित हालै गरिएका असहमतिलाई तत्काल भंग गरिनुपर्दछ ।
-सन् १९५० लगायतका असमान सन्धिहरु खारेज गरिनुपर्दछ ।
-विभिन्न सहमति र सम्झौताहरुमा उल्लेख भई कार्यान्वयन हुन नसकेका, सहिद परिवारहरुलाई राहत प्रदान गर्ने, वेपत्ता पारिएकाहरु, भूमिसुधार आदिबारे, विभिन्न प्रकारका आयोगहरु गठन गर्नेजस्ता कामहरु तत्काल पूरा गरिनुपर्दछ ।
-जनतालाई तत्काल राहत प्रदान गर्न र आर्थिक-सामाजिक रुपान्तरणका कामहरुलाई अगाडि बढाउनुपर्दछ ।
-भ्रष्टाचार नियन्त्रण तथा मूल्यवृद्धि कम गर्ने लगायतका समस्याहरुबारे तत्काल सम्बोधन गरिनुपर्दछ ।

ङ. प्राविधिक काम:
-आर्थिक कामलाई योजनावद्ध र व्यवस्थित रुपमा अगाडि बढाउने
-विभिन्न ढंगका प्राविधिक कामहरु सम्पन्न गर्ने ।
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®