
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादीको श्रम कैदमा रहेकाहरु धमाधम मुक्त गरिदै
सुर्खेत, January 11, 2009- सशस्त्र द्वन्द्वका बेला माओवादीले ४ वर्षदेखि
श्रम कैदमा राखेका जाजरकोटकी एक महिलालाई मुक्त गरिएको छ ।
आफ्नै श्रीमानको हत्याको अभियोगमा माओवादीको तत्कालीन न्याय परिषदले १०
वर्ष लामो श्रम सजाए सुनाएका खलंगा-९ का कलावती रावतलाई २ दिनअघि मुक्त
गरिएको हो ।
श्रमकैदमा रहँदा लहँ गाउँ विकास समिति-८ सिर्केस्थित माओवादीको बाल संरक्षण
केन्द्रमा दाउरा, खाद्यान्न बोक्ने र खाना बनाउने काम गर्नुपरेको उहाँले
बताउनु भएको छ।
द्वन्द्वका बेला विभिन्न अभियोगमा श्रमबन्दी बनाईएका अरु २ जनालाई पनि
यसअघि नै मुक्त गरिएको माओवादी जिल्ला इन्चार्ज गणेश सिहंले बताउनु भएको छ
।
माओवादीको श्रमकैदबाट अघिल्लो महिना मच्कोटका कर्णबहादुर बस्नेत र जुम्ला
घरभएका आफ्नै पार्टी कार्यकर्ता हिमालीलाई रिहा गरिएको उहाँले जानकारी
दिनुभएको छ।
जनयुद्धका बेला बन्दी बनाइएकाहरूलाई स्थानीय सुरक्षा निकायसमक्ष हस्तान्तरण
गर्न खोज्दा सुरक्षा निकायले बुझ्न नमानेपछि क्रमीकरुपमा मुक्त गरिएको
माओवादीका पूर्व न्याय परिषद प्रमुख मनबहादुर रावलले बताउनु भएको छ ।
-Geban Mijhar in Surkhet
|
|