|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बिशेष रिपोर्ट: चोरी गर्ने माओवादीलाई यसरी मारियो मतियारहरुबाट काठमाडौं, May 17, 2008-माओवादीलाई
निकै अप्ठेरोमा पार्ने गरी 'जनमुक्ति सेना' भित्र चोरी काण्ड भएको छ । चोरी
काण्ड छानविनकै क्रममा आफूहरुले गरेको चोरीको गोप्यता 'लिक' गरेको भन्दै एक
माओवादी कार्यकर्तालाई जनमुक्ति सेनाका दुई सदस्यले हत्या गरेका छन् ।मारिने माओवादी कार्यकर्ता रामहरि श्रेष्ठ हुन् । हत्याको छानविनकालागि प्रहरीलाई सघाउन भन्दै जनमुक्ति सेनाका एक ब्रिगेड कमाण्डर प्रहरी कार्यालय गएका छन् । हिंसा जारी राखेको आरोप माओवादीमाथि अन्य पार्टीले लगाएका बेला माओवादी नेतृत्व यो घटनापछि थप अप्ठेरोमा परेको छ । Late Ramhari Shrestha and and Commander Govinda Batala 'Jibit'. Photo contributed: Sirab जानकारी अनुसार चितवनको जुटपानीमा कार्यालय रहेको जनमुक्ति सेनाको तेश्रो डिभिजनको सम्पर्क कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको मृतक श्रेष्ठको घरमा थियो । उनी माओवादीको काठमाडौ-रामेछाप गणतान्त्रिक मन्चका पूर्व अध्यक्षपनि थिए । गत चैत्र १४ गते श्रेष्ठको घरमा बसेका बेला तेश्रो डिभिजन कमाण्डर कालीबहादुर खाम 'बिबिध' को साथमा रहेको डिभिजन कार्यालयको १७ लाख रुपैयाँ र एक माउजर पिस्तोल अकस्मात चोरी भएको थियो । खोजीका क्रममा सो रकम र पिस्तोल जनमुक्ति सेनाकै सदस्य गंगाराम श्रेष्ठको कपडामा पोको पारेर लुकाइएको अवस्थामा फेला पर्यो । हराएको पैसा र हतियार पारेर ट्वाइलेट नजिक फेला परेको बताइएको छ । घटनाकाबारेमा माओवादीले चुनाव सकिएलगत्तै छानविन थालेको थियो । पैसा पोको पार्न गंगारामको कपडा प्रयोग गरिएकाले गंगाराम 'एटम' का अलवा शंकाको घेरामा आफ्नै कार्यकर्तासमेत रहेका श्रेष्ठ र जनमुक्ति सेनाकै सदस्य केशव अधिकारी 'रघु' माथि माओवादीले आन्तरिक अनुसन्धान थालेको थियो । ब्रिगेड कमाण्डर गोबिन्द बटाला 'जीवित' को संयोजकत्वमा गठित छानविन समितिले छानविन गर्दा शंकाको घेरामा परेका तीनै जनाले रकम आफूहरुले चोरेको स्वीकार गरेको डिभिजन कमाण्डर बिबिधको भनाई छ । उनका अनुसार कुनैपनि हालतमा रकम आफूहरुले चोरेको स्वीकार नगर्ने उनीहरुबीच सहमति थियो । तर छुट्टाछुट्टै राखेर बयान िलंदा पैसा तीनजना मिलेर चोरेको रहस्योद्घाटन श्रेष्ठले गरेका थिए । रकम आफूहरुले चॊरेको गोप्यता श्रेष्ठले लिक गरेपछि गंगाराम र केशव स्वीकार्न बाध्य भएका थिए । चोरीको घटनामा दोषी देखिएपछि तेश्रो डिभिजनले उनीहरुलाई जुटपानीमा रहेको डिभिजनको अस्थायी शिविरको एउटै कोठामा राखेको थियो । यसरी सँगै राखिएका तीनजनामध्ये जनमुक्ति सेनाका सेना सदस्य रहेका गंगाराम र केशवले सहमति विपरित चोरीबारे गोप्यता खोलेको भन्दै बैशाख ३१ गते राति रामहरि श्रेष्ठलाई निर्घात कुटपिट गरेका थिए । मरणासन्न अवस्थामा भेटिएका श्रेष्ठसहित गंगाराम र केशवलाई गाडीमा हाली तेश्रो डिभिजनका ब्रिगेड कमाण्डर जीवितको टोलीले त्यसै राति काठमाडौं ल्याएको थियो। तर मुगलिननिर आइपुग्दा बीचैमा घाइते श्रेष्ठको मृत्यु भएको र मृतक श्रेष्ठलाई त्रिशुलीमा फालिएको ब्रिगेड कमाण्डरले बताएका छन् । उता छानविन गर्न श्रेष्ठलाई लगिएपछि उनकी श्रीमति रमिला श्रेष्ठ लगायत परिवारका सदस्यले उनलाई मुक्त गरिदिन माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेतासँग अनुरोध गरेका थिए । तर मृतकका दाजु श्यामकाजी श्रेष्ठ केही नातेदारका साथ तेश्रो डिभिजन कार्यालय पुगेका थिए । त्यहाँ पुगेका उनीहरुलाई डिभिजन कमाण्डर 'बिबिध' ले आफ्ना कार्यकर्ताको कमजोरीका कारण मृत्यु भएको स्वीकार गरेका थिए । श्रेष्ठको मृत्यु भएको घटना सार्वजनिक भएपछि शुक्रबार कोटेश्वर क्षेत्र तनाबग्रस्त बन्न पुग्यो । मृतकका आफन्तहरुले कोटेश्वरस्थित तेश्रो डिभिजनको सम्पर्क कार्यालय तथा मृतकको घर घेराउ गर्न खोज्दा प्रहरीसँग भीडन्तसमेत भएको थियो । मृतकका आफन्तहरुले प्रदर्शनका क्रममा माओवादी अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीता, बरिष्ठ माओवादी नेताहरु डा. बाबुराम भटराई र रामबहादुर थापा 'बादल' श्रेष्ठको घरमा बसी सँगै खाना खाएको तस्वीरपनि प्रदर्शन गरेका थिए । यो घटनापछि छानविन टोलीका संयोजक तथा बेथान स्मृति ब्रिगेडका कमाण्डर गोबिन्द बटाला शुक्रबार दिउसो चितवनस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । छानविनकालागि प्रहरीलाई सहयोग गर्न भनी उनी आफै त्यहाँ पुगेका हुन् । उनी शुक्रबार राति त्यहीं रहे । कमाण्डर बिबिधले घटनाका सम्बन्धमा प्रहरीलाई आफूहरुको पूर्ण सहयोग हुने बताएका छन् । उनले भने- 'त्यही सहयोगकालागि हामीले कमाण्डर जीवितलाई प्रहरी कार्यालय पठाएका हौं ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®