Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीले मधेशलाई सबैभन्दा बढि रणनीतिक महत्व दिने

काठमाण्डौ, 30 Jan, 09- मधेशलाई सबैभन्दा बढि रणनीतिक महत्वको इलाकाको रुपमा लिदै एकिकृत नेकपा माओवादीले मधेशलाई आफ्नो पक्षमा पार्ने अभियान सुरु गरेको छ ।

अभियानको सुरुवात माओवादीले एक बृहत् राजनीतिक गोष्ठीमार्फत् गरेको छ । विहीबार भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको प्रशिक्षण केन्द्रमा 'मधेशका समस्या चुनौति र समाधानका उपाय' नामक विचार गोष्ठीमा बोल्दै माओवादीका अध्यक्ष प्रचण्डले मधेश अब आफ्ना पार्टीकालागि निर्णायक महत्वको स्थल भएको घोषणा गरे ।

'मधेशलाई साम्रज्यवादीहरुले आफ्नो स्वार्थ पुरा गर्ने स्थलको रुपमा विकास गर्न खोजेका छन् यसकालागि हामीले मधेशका समस्या पुरा गर्नुपर्छ' कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने- 'मधेशमा विस्तारवादी र साम्रज्यवादी तत्वहरुले जातीय र साम्प्रदायिक भावना भड्काउन खोजिरहेका छन् यो स्थितिमा मधेश सर्वाहाराहरुको केन्द्र नभएर साम्रज्यवादी हिस्सापनि हुन सक्छ यो हुन नदिन समयमै सचेत हुनुपर्छ ।'

मधेश सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको निर्णायक स्थल भएको बताउँदै प्रचण्डले मधेशका समस्या समाधान गर्न सके मधेशले नेपालकालागिमात्र होइन दक्षिण एसियाकै सामन्तवाद र साम्रज्यवाद विरोधी आन्दोलनको रुपसमेत लिनसक्ने आशा प्रकट गरे । तर माओवादीको नेतृत्वमा सुरु भएको सर्वाहारा आन्दोलनलाई रोक्न विदेशीहरुले मधेशलाई प्रयोग गरेको उनको कथन थियो । यसका विरुद्धमा समयमै सचेत नभए साम्प्रदायिक तत्वहरुले खेल्न सक्नेमा उनले सचेत गराए ।

'उनीहरु भावनत्मक रुपले मधेशी जनतालाई गलत बाटोमा लैजान खोजिरहेका छन्' प्रचण्डले भने- 'भावनात्मकतामा यथार्थताको कमी हुन्छ त्यसैले त्यसले साम्प्रदायिक विखण्डनतिर डोर्याउन खोज्छ यसप्रति हामी सचेत भएर मधेशी जनतालाई गलत तत्वको पछाडि लाग्नबाट रोक्नुपर्छ ।' उनले माओवादीले दिएको स्वशासन र आत्मनिर्णयको नाराकै कारण मधेशी जनता शक्तिशाली तर अन्य समूहले माओवादीको नारालाई अहिले अन्य समूहले दुरुपयोगगरेको बताए ।

सो कार्यक्रममा प्रचण्ड, मोहन बैद्य 'किरण', नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल' लगायत माओवादीका मधेशमा कार्यक्षेत्र भएका नेताहरु, पार्टीका मधेशी केन्द्रीय सदस्यहरु, सभासद्हरु, राज्यसमितिका सदस्यहरुको उपस्थिति छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु रामरिझन यादव, प्रभु शाह र कृष्णदेबिसंह दनुवारले कार्यपत्र पेश गरेको बताइएको छ । विहीवार सुरु भएको कार्यक्रम शुक्रबार समाप्त हुनेछ ।

भक्तपुरको खरिपाटीमा रहेको सोही स्थलमै माओवादीले दुई महिना अघि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको थियो । माओवादीसँग एकता हुनुअघि 'एकता केन्द्र- मसाल' लेपनि त्यहीं आफ्नो राष्ट्रिय भेला आयोजना गरेको थियो । यी दुई महत्वपूर्ण कार्यक्रमपछि दुई पार्टीका बीच एकता भएको थियो । पार्टी एकतापछि भएको यो महत्वपूर्ण मधेशी भेला त्यही भवनमा आयोजना गरेर माओवादीले मधेशलाई कति महत्वका साथ हेरेको रहेछ भन्ने सन्देश दिन खोजेको छ ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®