|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका काठमाण्डौं, October 9, 2008- धेरै नेपालीहरु आज दशैंको टिकामा रमाईरहेको बेला नेकपा माओवादीका मन्त्रीहरुले भने टिका जमराको कुनै कार्यक्रम राखेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित माओवादीका अरु मन्त्रीहरु रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, हिसिला यमी, जनार्दन शर्मा, गोपाल किराँती लगायतलॆ कसैलाई पनि टिका लगाईदिनु भएको छैन । आफन्तहरु भने उहाँहरुकोमा टिका थाप्न नभई भेटघाटको लागि आउने जाने गरिरहेको बताइएको छ । टिका नलगाए पनि मिठो मसिनो खाने र भेटघाट गर्ने गरेर माओवादी नेताहरुले दशैंलाई उपयोग गरिरहेका छन् । आफुहरुले कसैलाई टिका नलगाईदिएको तर बृद्ध बुवा आमाको मन राख्न भन्दै केहीले टिका ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहालले बुवा मुक्तिराम र सामान्य प्रशासन मन्त्री पम्फा भुसालले आमाको हातबाट टिका लगाउनु भएको छ । शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्मा 'प्रभाकर' भने विरामी परेर निवासमै उपचार गाराईरहनु भएको छ । जनयुद्धको शुरुवातदेखि नै माओवादी नेताहरुले दशैंको टिका नलगाउने गरेको माओवादी केन्द्रीय सदस्य हेमन्त प्रकाश वली 'सुदर्शन'ले जानकारी दिनु भयो । सैद्धान्तिक हिसावले दशैंलाइ खासै महत्व नदिने गरेको नेकपा माओवादीले सरकारको नेतृत्व गरे लगत्तै शुभकामनाको लागि सरकारी कोशबाट रकम खर्च नगर्ने निर्णय भएको थियो । तर त्यसको उलंघन भने प्रधानमन्त्री कार्यालयबाटै शुरु भएको थियो । प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा रहेको बेला प्रधानमन्त्रीको कार्यालयले बडा दशैंको शुभकामना कार्ड छापेर वितरण गरेको थियो । यस बारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका स्वकीय सचिव कुशल प्रधानले भने आफुहरुसँग सल्लाहा नगरी कर्मचारीहरुले कार्ड छापेको प्रतिकृया दिनु भयो। -Sachin Roka Magar in Kathmandu |
|
|
Read our related news and photo feature: » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||