Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाल्पा पुगेर माओवादी र कांग्रेसका नेता गर्जे



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Nepali Congress rally in Tansen, Palapa. Photos: Hari

पाल्पा, January 2, 2009-  नेकपा माओवादीका बरिष्ठ नेता मोहन बैघ 'किरण'ले नेपाली कांग्रेसले ९ बदें मागको बखेडा झिकेर शान्ती प्रकियालाइ धरापमा पारेको बताउनु भएको छ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले माओवादीले गरेको आक्रमण व्यक्ति माथि नभई विचार र नेपाली कांग्रेस माथि भएको बताउनु भएको छ ।

उहाँले प्रधानमन्त्रीले मागका बारेमा सम्बोधन गर्दा पनि कांग्रेसले सदन बहिस्कार गर्नुलॆ नियोजित तरिकाले काग्रेस शान्ती प्रकृयालाइ अवरुद्ध गर्न र लोकतान्त्रिक गणतन्त्रलाइ ध्वंस पार्न लागिरहेको बताउनु भयो ।


Maoists leader Mohan Baidhya 'Kiran'
 
अखिल कान्तीकारी पत्रकार संघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता किरणले पुरानो ध्वंस गरेर नयाँ संरचना निर्माण गर्ने बेलामा केही अप्ठारो आएको भएता पनि माओवदी यसबाट पछाडि नहट्ने बताउनु भएको छ ।

देशमा प्रजातन्त्रीक मोर्चा र अग्रगामी मोर्चा बिच विभाजन देखिएको बताउदै दलबिच देखिएको संर्घषले नयाँ उर्जा पैदा गर्ने भएकाले जनताको पक्षमा संविधान निर्माणमा सहयोग पुग्ने बताउनु भयो । उहाँले बैदेशिक चलखेल बढिरहेको र दलबिच देखिएको असमझदारीले देशको राष्ट्रिय स्वाधिनताको संकटमा परेकाले यसको रक्षा गर्ने बिषय गम्भीर बनेको बताउनु भयो । नेकपा माओवादीले राष्ट्रिय जागरण र विकास अभियानलाइ संग संगै सडक सदन र मोर्चाबाट अगाडि बढाउन लागी परेकाले यसलाइ रोक्ने प्रयास यथास्थितबादी दलहरु लागी रहेको बताउनु भयो । नेता किरणले माओवादीले कब्जा गरेका सम्पत्ती केही फिर्ता भएको र कतिपय जग्गा केहि मोहि र मालिक बिच कुरा नमिल्र्दा रोकिएकाले यसको दोष माओवादी माथी थुप्रन नमिल्ने बताउनु भयो ।


यसै वीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले माओवादीले गरेको आक्रमण व्यक्ति माथि नभई विचार र नेपाली कांग्रेस माथि भएको बताउनु भएको छ ।

उहांले पाल्पाका काग्रेसका सभपाति राज पन्त लागायतका कार्यकर्ताहरु माथि आक्रमण भएको त्यससैको उदाहरण हो भन्दै माओवादीले आफ्नो व्यवहार र आचरण नसुधारे सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । उहाले स्थानिय संघ संगठनहरु तरुण दल, नेपाल विद्यार्थी संघ लगायतलाई संघर्षको मैदानमा उत्रन तयार भई बस्न आग्रह समेत गर्नुभयो । नेपाली कांग्रेस पाल्पाले पाल्पाको तानसेनमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै केन्दिय सदस्य केसीले योङ्ग कम्युनिष्ट िलंग अर्ध सैन्य संरचना, व्यक्तिगत घर जग्गा फिर्ता लगायतका नौं बुंदे सहमति कार्यान्वयन नभए सम्म कांग्रेसले सदन चल्न नदिने चेतावनी समेत दिनुभयो ।

त्यसैगरि अर्का कांग्रेसका संसदिय दलका नेता शोभाकर पराजुलीले हतियारले राजनीति गर्ने होईन राजनीतिले हतियार परिचालन गर्ने बताउदै माओवादीले हतियारको राजनीति त्याग्नु पर्ने बताउनुभयो ।
 

Nepali Congress rally in Palpa.  Photos: Hari

नेता पराजुलीले स्वतन्त्र मिडिया माथि आक्रमण गरेर माओवादीले आफ्नो चरित्र उदाङ्ग पारेको भन्दै नेपाली जनता माथि लोकतन्त्र र कांगे्रस माथिको आक्रमण प्रधानमन्त्रि प्रचण्डको आदेशमा भएको ठुकुवा गर्नुभयो । उहांले भन्नुभयो माओवदीले जनविरोधी काम नरोकेमा त्यसको चुनौतीको सामना गर्न कांग्रेस तयार छ ।

त्यस्तै तरुणदलका केन्द्रिय सभापति महेन्द्र यादवले माओवदीले िहंसात्मक भन्दा अिहंसात्मक आन्दोलनले मुलुकमा शान्ति स्थापना हुन्छ भन्ने कुरालाई मनन गरेर िहंसात्मक गतिविधि, चन्दा असुल्ने, कुटपिट, अपहरण जस्ता कार्यलाई त्याग्नु पर्ने बताउनुभयो । उहांले भन्नुभयो राजा ज्ञानेन्द्रले देखाएको बन्दुकको धम्की त जनताले ठेगान लाग्यो माओबादीको त्यस्तो धम्की पनि ठेगान नलाग्ने त कुरै हुदैन ।

नेपाली कांग्रेसका जिल्ला सभापति राजन प्रसाद पन्तको सभापतित्वमा चलेको उक्त कार्यक्रममा नेपाली कांग्रेस स्याङ्गजाका नेता मोहन पाण्डे, पुर्व सांसद भागवत ज्ञावली, नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रदिप पौडेल, पाल्पा क्षेत्र नं-१ का ज्ञान बहादुर गाहा, नेपाली कांग्रस पाल्पाका उपसभापति प्रेमनाथ बस्याल, पाल्पाका स्ववियू सभापति मोतीलाल भण्डारी लगायतले मुलुकमा दिगो शान्ति कायम गर्न र लोकन्त्रलाई संस्थागत गर्न माओवादीले आफ्नो िहंसात्मक गतिविधि र व्यवहारलाई सुधार्नु पर्ने धारणा राखेका थिए।

-Haribahadur Saru in Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®