Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी भेलाद्वारा 'जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र' पारित

काठमाण्डौं, November 27, 2008- नेपाल कम्युनिष्ट पार्टी माओवादीको राष्ट्रिय कायृकर्ता भेलाले नयाँ कार्यनीति 'जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र' पारित गरेको छ ।

मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा सन्‍चालन भएको सो राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र संगठन विभाग प्रमुख मोहन वैद्य 'किरण'को राजनीति प्रश्तावलाई सहमतीमा पारित गरेको हो ।

दुबै राजनीतिक प्रश्ताव केन्द्रीय समितिका तर्फबाट अध्यक्ष प्रचण्ड र नेता किरणले प्रस्तुत गरेका थिए । नयाँ कार्यनीतिसँगै पार्टी भित्रको विवादले निकास पाएको एक केन्द्रिय सदस्यले बताए ।

भेलावारे जानकारी दिदै पार्टी प्रवत्ता कृष्णवहादुर महराले भेलाले दुवै प्रस्तावको राम्रा पक्षहरुलाई समायोजन गरी एकै वनाएर ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको उल्लेख गरे ।

नयाँ प्रस्ताव प्रचण्डले आउदो केन्द्रीय समितिको वैठकमा पेश गर्नु हुने छ ।

भेलामा कार्यकर्ताहरुले पार्टीको क्रान्तिकारिता र एकतामा जोड दिएपछि मंगलबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणका फरक फरक दस्तावेजलाई समायोजन गर्न केन्द्रीय नेताहरु सहमत भएका थिए ।

एकीकृत दस्तावेजमा स्वायत्तता र विशेष अधिकार सहितको संघीय एवं जनताको लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रसम्म पुग्नका लागि शान्तिपूर्ण बाटो नै अवलम्बन गरिने तर सेना समायोजन राष्ट्रिय स्वाभिमान लगायत विषयमा अवरोध भए बाध्यात्मक परिस्थितिमा विद्रोहात्मक मार्ग अवलम्बन गर्ने सुनिश्चितता गरिएको छ ।

यसैगरी राष्ट्रिय भेलाले जनयुद्धको मूल्यांकन र विचारधारात्मक संश्लेषणको बहसलाई भने पार्टीको आगामी महाधिवेशनसम्म लैजाने समेत निर्णय गरेको छ ।

माओवादीका ११ राज्य समिति र ३ वटा उपराज्य समितिका १२ सय कार्यकर्ता सम्मिलित राष्ट्रिय भेलाले केन्द्रीय सदस्यहरुको कार्यशैली सुधार गर्न विधि विधान तयार गर्ने समेत निर्णय गरेको छ ।

भेलामा एकीकृत दस्तावेजको प्रस्तुति पछि सम्बोधन गर्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जनवादी शैलीबाट पार्टीले नयाँ कार्यनीतितय गरेको बताउँदै यो कम्युनिष्ट आन्दोलनमा नयाँ विजय भएको धारणा राखेका थिए । नयाँ आधारमा नयाँ एकता सम्पन्न गर्दै पार्टी एक ढिक्का र अझ मजबुत भएको प्रचण्डको भनाई थियो ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®