Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीले आठ शहरमा आमसभा गर्ने

काठमाण्डौं, 18 Mar, 09- सत्तारुढ एकिकृत नेकपा माओवादीले आगामी चैत २४ गते मुलुकका विभिन्न आठ शहरमा आमसभा गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चैत ४ गते बसेको एनेकपा माओवादी केन्द्रीय सचिवालय वैठकले यस्तो निर्णय गरेको हो ।

चैत्र २८ गते हुने संविधान सभाका ६ वटा निर्वाचन क्षेत्रमा पार्टीलाई विजय बनाउकालागि माओवादीले चुनाव प्रचार संयोजकको जिम्मा ६ जना बरिष्ठ नेताहरुलाई दिएको छ । सो पार्टीले आगामी चैत्र २४ गतेको दिनलाई जनआन्दोलन तथा बलिदान दिवसको रुपमा मनाउने निर्णय गर्दै त्यस अवसरमा राजधानी काठमाडौं लगायत विभिन्न ८ ठूला शहरहरुमा सभा गर्ने निर्णयसमेत गरेको छ । मंगलबार बसेको माओवादी सचिवालयको बैठकले यो निर्णय गरेको हो । २०४६ को जनआन्दोलनमा लाखौं जनसागर राजदरवार घेर्न गएको र सोही कारण राजाले पञ्चयती व्यवस्था खारेज गरी बहुदलीय व्यवस्थाको घोषणा गर्न बाध्य भएको उपलक्ष्यमा माओवादीले त्यसयता सोही दिनलाई जनआन्दोलन र बलिदान दिवसको रुपमा मनाउँदै आएको छ ।

काठमाडौं उपत्यकामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, विराटनगरमा रक्षामन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा बादलले, जनकपुरमा लिलामणि पोखरेलले, पोखरा अर्थ मन्त्री बाबुराम भट्टराईले, बुटवल नारायणकाजी श्रेष्ठ प्रकाशले, दाङ्गमा सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले, नेपालगंज न्याय कानुन तथा संविधानसभा मन्त्री देव गुरुङले र कचनपुरमा नेत्र विक्रम चन्द विप्लवले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकले संविधान सभा उपनिर्वाचनमा केन्द्रीय स्तरका नेताहरुलाई जनपरिचालनको जिम्मा समेत दिएको छ । जस अनुसार मोरङमा हरिबोल गजुरेल, शितलकुमार, रोल्पामा वर्षमान पुन अनन्त, धनुषा लिलामणि पोखरेल, कास्की अनिल र कचनपुरमा विप्लवलाई जिम्मेवारी दिएको छ । उप निर्वाचनमा परिचालनकालागि बरिष्ठ नेताहरु खटाएर माओवादीले ती निर्वाचन क्षेत्रहरु आफ्नो पोल्टामा पार्ने योजना बनाएको छ ।

जनयुद्धका क्रममा बलिदानी भावका साथ लडेका कार्यकर्ताहरु खुला परिस्थितिमा धमाधम निस्कृय हुन थालेपछि माओवादीले उनीहरुलाई पार्टीमै सकृय राखिरहनकालागि विशेष योजना समेत बनाउने भएको छ । यसकालागि मंगलबारको सचिवालय बैठकले 'पूर्णकालीन कार्यकर्ता व्यवस्थापन- परिचालन कार्यदल' को गठनसमेत गरेको छ । कार्यदलको संयोजक संगठन विभाग प्रमुख तथा पार्टीका बरिष्ठ नेता मोहन बैद्य किरण तोकिएका छन् । कार्यदलको सदस्यमा पार्टी सचिवालयका सदस्यहरु बर्षमान पुन अनन्त, नेत्रबिक्रम चन्द -बिप्लव र लीलामणि पोखरेललाई राखिएको छ । कार्यदलले पूर्णकालीन कार्यकर्ताहरुको जीविकोपार्जनको व्यवस्था गरी कसरी उनीहरुलाई पार्टी राजनीतिमै सकॄय गराइराख्ने भन्ने योजना तर्जुमा गर्ने बताइएको छ ।

-Sitaram Baral & Santa Bagam in Kathmandu
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®