Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको साझा कार्यक्रममा बाधा

काठमाडौं,  August 4, 2008- सरकार सन्‍चालनका लागि नेकपा माओवादीले अघि सारेको न्यूनतम साझा कार्यक्रमको प्रतिकृया एमाले, काँग्रेस र फोरमले संयुक्त रुपमा दिनु पर्ने काँग्रेसको ठहर छ ।

सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले न्यूनतम नीति तथा साझा कार्यक्रम अघि सारेको भोलिपल्ट अर्थात साउन १९ गते मधेशी जनअधिकार फोरमसँगको छलफल पछि काँग्रेस प्रवक्ता अर्जुन नरिसंह केसीले भने 'माओवादीको प्रश्तावको बारेमा नयाँ गठबन्धनमा संयुक्त धारणा बनाउने प्रयास भईरहेको छ ।'
प्रवक्ता केसीले स्पष्ट रुपमा तीन दलीय गठबन्धनलाई निरन्तर दिने बताए ।

संविधान सभामा माओवादीकोभन्दा पचास प्रतिशत थोरै सीट जितेको नेपाली काँग्रेस अझै सरकारको नेतृत्व लिन लालायित देखिएको विश्लेषकहरुको दाबी गरेका छन् ।
यसअघिका वैठकमा २४ दलका नेताहरुले माओवादी नेतृत्वमा सरकार बन्नु पर्ने बताउँदा पनि काँग्रेसको भिन्न मत हुनुले पनि विश्लेषकहरुको सो दाबीको पुष्टी गर्दछ ।
यति मात्रै होइन माओवादीले ल्याएको सरकार सन्‍चालन सम्बन्धी न्यूनतम कार्यक्रममा वाईसिएल गतिविधि, सम्पत्ति फिर्ता जस्ता कुरा नसमेटिएको भन्दै प्रवक्ता केसीले खुलेरै विरोध गरेका छन् ।

काँग्रेससँगको छलफलपछि वाहिरिएका फोरम अध्यक्ष उपेन्द्र यादवले भने माओवादी सहितको राष्ट्रिय सहमतीको सरकार बनाउने गृहकार्य स्वरुप प्रारिम्भक छलफल भएको बताए ।

आजै काँग्रेस र एमालेवीच भएको वार्तामा भने राष्ट्रिय सहमतीको सरकार निर्माणका आधारहरु खोजिने सहमती भएको एमाले नेता भीम रावलले जानकारी दिए । माओवादीले ल्याएको प्रश्तावलाई आफ्नो पार्टीले अन्तिम दस्तावेजको रुपमा नलिएको र आवश्यक परे सबैको सहमतीमा त्यसमा थपघट गर्न सकिने धारणा राखे । 'त्यसैले माओवादीको न्यून साझा कार्यक्रमको आलोचना गर्नुको तुक छैन' वैठक पछि नेता रावलले भने ।
यहि विषयमा छलफल गर्न माओवादी काँग्रेस एमाले र फोरमको संयुक्त वैठक साउन २० गते बस्दैछ ।

उता तराई मधेश लोकतान्त्रिक पार्टीले माओवादीको साझा कार्यक्रम प्रति असन्तुष्टी जनाएको छ । साउन १९ गते पत्रकार सम्मेलनमा वितरीत तमलोपाको विज्ञप्तीमा भनिएको छ 'एउटा पार्टी विशेषको नीति कार्यक्रमभन्दा देशका जनताले अभिव्यक्त गरेका विचार समेटिने गरी न्यूनतम नीति र कार्यक्रम तय गरिनु नै जनादेशको सही पालना हो भन्ने हाम्रो ठहर रहेको छ ।'

तमलोपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको सो विज्ञप्तीमा मधेशका सबै दललाई पदलाई भन्दा अधिकारलाई महत्व दिन आग्रह गरिएको छ ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®