Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादीको सबैभन्दा आलोचक सबैभन्दा निकट

काठमाडौँ, September 21, 2008- कुनै समय माओवादी नेताहरुको टाउकाको मूल्य तोक्ने नेताहरुको पंक्तिमा रहेका मधेशी जनअधिकार फोरमका सहसंयोजक एबं कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ता 'आनन्द' ले माओवादीसहितको समिकरण गरेर अगाडि बढ्दा संविधान निर्माणमा ठूलो सहयोग पुग्न जाने भएकाले आफूहरुको दल मधेशी जन अधिकार फोरमले नेपाल सरकारमा गएको बताएका छन् ।

२०५८ मा देउवा सरकारमा बरिष्ठ मन्त्री रहेका गुप्ता त्यसबेला माओवादीका सबैभन्दा बढि आलोचक थिए।

बीरगन्‍जमा आयोजित सन्‍चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा मन्त्री गुप्ताले गणतान्त्रिक नेपालको पहिलो बजेटमा नयां अवधारणा आएको दावी गर्दै बन्द रहेको वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना संचालन गर्ने, वीरगंजमा नेपाल अधिराज्यकै ठूलो कृषि बजार केन्द्र स्थापना गर्ने, सुविधा सम्पन्न बिउ भण्डार स्थापना गर्ने, वीरगंजलाई केन्द्रविन्दू बनाएर पूर्व-पश्चिम रेलवे सेवा संचालन गर्ने, संघीय राज्यको महत्व पूर्ण केन्द्र वीरगंजलाई बनाउने नीति र कार्यक्रम रहनु सकरात्मक भएको दावीपनि गरेका छन् ।

मन्त्री गुप्ताले सहमति पालनाको क्रममा भूमि सुधार तथा व्यवस्था मन्त्री मातृका यादवलाई कारबाही गरेर माओवादी पार्टीले प्रतिबद्धता जनाएकोपनि बताए । मन्तव्यका क्रममा उनले तराईमा संघर्षरत विभिन्न समूहहरुकोपनि चर्का आलोचना गरेका छन् । 'निरपराध निहत्या जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको तराईकै सशस्त्र समूहले हत्या गरेर अत्यन्तै निन्दनीय कार्य गरेका छन्' मन्त्री गुप्ताले भने- 'स्पष्ट र मूख्य राजनीति माग लिएर शान्ति वार्तामा आएमा सरकार उनीहरुको कुरा सुन्न तैयार छ ।'

कुनै समय माओवादीको उग्र आलोचक भएपनि मन्त्री गुप्ता केही समय यता माओवादीसँग सबैभन्दा निकटमा रहेका फोरमका नेता मानिन्छन् । माओवादीद्धारा प्रस्तावित राष्ट्रपतिका उम्मेदवार रामराजाप्रसाद सिंहको पक्षमा उभिएका उनले माओवादी नेतृत्वको सरकार निर्माणमापनि निकै ठूलो भूमिका खेलेका थिए । फोरमको तर्फबाट सूचना तथा सन्‍चारमन्त्री बनाइने चर्चा चलेपनि सोही मन्त्रालयको जिम्मेवारी नदिइएपछि उनी माओवादीसँग असन्तुष्ट रहेको चर्चा चलेको थियो । यद्यपी आजको उनको कथनले उनी माओवादीप्रति असन्तुष्ट नरहेको स्पष्ट भएको छ ।

-Sitaram Baral in Kathmandu







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®