|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
चेअरम्यान प्रचन्डको यो 'कसम' लाई "सेभ" गरी हेरौं -UNO बिशेष सम्बाददाता काठमाडौं, August 6, 2008- सरकार र माओवादी बिच भएका अनगिन्ती सम्झौताहरुको हेक्का राखेर साध्य लाग्ने कुरो भएन। कसले आफ्नो बाचा पुरा गरे या गरेनन् त्यो पनि बिबाद को घेरामा पर्छ राजनीतिक धोखा घडी को यो बेला। तर कमरेड प्रचन्ड को यो अपिल भने सबैभन्दा पछिल्लो र नयाँ सरकार बन्नै लागेको हुँदा "सेभ" गरेर राख्दा बेशै होला। कस्को भर- भोली कसैबाट घात पो होला कि? संसारका मजदुरहरु एक होऔं ! माक्स्रवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ -जिन्दावाद !! नेपाल कम्युनिष्ट पार्टी माओवादी Communist Party of Nepal (Maoist) केन्द्रीय समिति Central Committee प्रेस-वक्तव्य १२-वुँदे समझदारी देखि अहिलेसम्म राज्यको तर्फवाट एवं हाम्रो पार्टीका तर्फवाट कार्यान्वयन गर्नु पर्ने धेरै सम्झौता र सहमतिहरु गरिएका छन् । संविधान-सभाको निर्वाचन पछि पनि ७-वुँदे सहमतिका रुपमा नयाँ समझदारी कायम भएको छ । तर सहमति र सम्झौताहरुको व्यवहारिक कार्यान्वयनको पक्ष हेर्दा त्यो अत्यन्त कमजोर रहने गरेको छ । यसको परिणाम राज्य र राजनैतिक दल एवं राजनैतिक दलहरुकै आपसि सम्वन्धमा विश्वासको आधार वलियो हुन सकेको छैन । द्वन्द पीडित मुख्यत जनयुद्धका शहीदका परिवारलाई राहत वेपत्ता आयोग क्यान्टोनमेण्टको व्यवस्थापन विस्थापितहरुको स्थापना घर-जग्गाको समस्या वाई.सी.एल्. को वसाई र अर्ध-सैनिक गतिविधि आदिबारे भएका सहमतीहरु प्रभावकारी रुपमा कार्यान्वयन नहुनुले आपसी विश्वास अझ कमजोर हुँदै गएको छ । यो स्थितिमा परिवर्तनका लागि मुख्यतः राज्यको तर्फबाट प्रभावकारी पहल हुन हामी विशेष रुपले आवश्यक ठान्दछौं । हालै शान्ति मन्त्रालयका तर्फवाट क्यान्टोनमेण्ट राहत लगायतका विषयमा सहमती कार्यान्वयनका लागि ठोस पहल भइरहेको सकारात्मक जानकारी पाइएको छ । राज्यको तर्फवाट सहमती कार्यान्वयन सँगै हाम्रो पार्टीको तर्फवाट लागु गर्नु पर्ने सहमती पनि उत्तिकै तदारुकताकासाथ पूरा गरिने छ । विगतका सहमतिहरु मुख्यतः पछिल्लो ७-वुँदे सहमती कार्यान्वयनका लागि अझ प्रभावकारी पहल गर्न राज्यसँग जोडदार माग गर्दै आफ्नो हिस्साको सहमति जसमा मुख्यत वुँदा नं. ३ को वाइ.सि.एल. को अर्ध-फौजी कार्यशैली र कि्रयाक्लाप नियन्त्रण गर्ने तथा वुँदा नं. ४ को द्वन्दका सन्दर्भमा नियन्त्रण गरिएका नीजि वा सरकारी घर जग्गा फिर्ता सम्बन्धी सहमति कार्यान्वयन गर्न िसंगो पार्टी पंक्ति वाइ.सि.एल. पंक्ति, जवस, मोर्चा, विभाग सवैलाई पार्टी केन्द्र यस वक्तव्य मार्फत् निर्देशित गर्नुका साथै सहयोगका लागि आम जनसमुदायसँग हार्दिक अपिल गर्दछ । मिति:- २२ श्रावण २०६५ |
|
|
प्रचण्ड अध्यक्ष ने.क.पा. माओवादी प्रेस-वक्तवको हुबहु रुप पि.डि.एफ. (pdf) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||