![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीका २ उम्मेदवारहरुलाई
ज्यानमुद्धा बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 13, 2008-संविधान सभा निर्वाचनमा माओवादीको तर्फबाट उम्मेदवार रहेका पार्टीका दुई जना केन्द्रीय नेताहरु विरुद्ध सर्बोच्च अदालतमा परेको मुद्धामा अदालतले हत्या अभियोगमा कार्वाही चलाउन आदेश दिएपछि माओवादी अप्ठ्यारोमा परेको छ । आफ्नो पार्टीको जीत निश्चित भएको क्षेत्रका उम्मेदवारविरुद्ध मुद्धा परेको बताउँदै माओवादीले यसलाई षडयन्त्रको रुपमा व्याख्या गरेको छ । कार्वाहीको आदेश दिइएका माओवादी उम्मेदवारमा काभ्रे-१ का सूर्यमान दोङ्ग लालध्वज र सिन्धु-२ का अग्नि सापकोटा हुन् । दोङ्ग माओवादी सम्बद्ध तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष हुन् भने सापकोटा माओवादीको ताम्सालिङ्ग राज्यसमिति इाचार्जका साथै पार्टीको केन्द्रीय सदस्य हुन्। । दुवै क्षेत्र माओवादी पकड रहेको क्षेत्रमा चिनिन्छ । यी क्षेत्रमा माओवादीको प्रतिस्पर्धा मुख्यत नेकपा एमाले सँग हुने बताइन्छ । काभ्रेकी पूर्णमाया लामाले आफ्ना पति अर्जुनबहादुर लामालाई अपहरणगरी हत्या गरेको आरोप लगाउँदै सर्बोच्च अदालतमा दिएको मुद्धामा न्यायाधिसद्धय रामप्रसाद शर्मा र दामोदरप्रसाद शर्माको इजलासले यस्तो आदेश दिएको हो । इजलासले काभ्रे जिल्ला प्रशासनलाई यस्तो आदेश दिएका हुन् । निर्वाचनको मुखैमा दायर गरिएको मुद्धालाई माओवादीले षडयन्त्रको रुपमा व्याख्या गरको छ । दुई उम्मेदवार लगायत अन्य माओवादी कार्यकर्ताहरु यादव पौडेल भोला अर्याल कर्णाखर गौतम नोर्बु मोक्तानमाथिपनि मुद्धा लगाइएको छ । यूएस नेपाल अनलाइन डटकमसँग कुरा गर्दै माओवादी नेता सापकोटाले भने- 'विगतमा भएका सबै मुद्धाहरु खारेज गर्ने निर्णय सरकारले गरिसकेको छ ।' उनको थप भनाई छ- 'अन्तरिम संविधानमापनि यो कुरा उल्लेख गरिएको छ । मुद्धा नै लगाउने हो भने अरु पार्टीका उम्मेदवारमाथि पनि लगाउन सकिन्छ । हामी माथिको सबै मुद्धा सरकारले खारेज गरिसकेपछि त्यो मुद्धालाई निरन्तरता दिइनु र निर्वाचनको मुखैमा यस्तो फैसला गर्नुले हामीविरुद्ध षडयन्त्र हुन थालेको पुष्टि हुन्छ । सरकारले खारेज गरिसकेको र ब्युँताउन नमिल्ने मुद्धालाई ब्युँताउनुबाट हामीलाइ पुन युद्धमा फर्काउन खोज्ने षडयन्त्रकारीहरु सकृय भएको देखिएको छ ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®