|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीको किरण समूह तत्काल जनगणतन्त्रमा जानुपर्ने
पक्षमा काठमाण्डौं, October 8, 2008- असोज गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक अचानक स्थगित गरी माओवादीले आगामी कार्तिक २५ गतॆदेखि सुरु हुने गरी राष्ट्रिय कार्यकर्ता भेला प्लेनम बोलाएको छ । माओवादी अध्यक्ष प्रचण्डको प्रतिवेदनका अप्रर्याप्त भएको भन्दै अर्का बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले प्रतिवेदन प्रस्तुत गरेपछि नयाँ कार्यनीति तय गर्न माओवादीले देशभरिका कार्यकर्ताहरुको भेला प्लेनम बोलाएको हो । यो प्रकरणले माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डा. बाबुराम भट्टराइ लगायतले पार्टीभित्रबाट निकै ठूलो दबाव झेल्नुपरेको देखाएको छ । सरकारको नेतृत्व सम्हालिसकेकेको माओवादीको अवको कार्यदिशा के हुने भन्ने सम्बन्धमा निकै ठूलो विवाद छ । प्रचण्ड-बाबुरामसहितको पार्टी हेडक्वार्टर लोकतान्त्रिक गणतन्त्रलाई नै पूर्णता दिएर पार्टीको अभिष्ठ 'जनगणतन्त्र' मा जानुपर्ने पक्षमा छन् । यसका विपरित किरण समूह तत्काल जनगणतन्त्रमा जानुपर्ने पक्षमा छ । श्रोतका अनुसार प्रचण्डले बुँदागत नोटको रुपमा प्रस्तुत गरेको प्रतिवेदन अपूर्ण र अस्पष्ट रहेको आरोपसहित किरणले नयाँ प्रतिवेदन पेश गरेका थिए । किरणले सोमबारको बैठकमा आफ्नो तर्फबाट तत्काल जनगणतन्त्रमा पुग्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन पेश गरेका थिए । कार्तिकको तेश्रो हप्ता तीन दिनकालागि आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेला प्लेनम ले पार्टीको कार्यदिशा के हुने भन्ने सम्बन्धमा निर्णय गर्नेछ । यदि सोही कार्यकर्ता भेलालेपनि कार्यदिशा तय गर्न नसकेामा त्यही भेलाबाट महाधिवेशनको आयोजना गरिनेछ । हरेक ५ बर्षमा राष्ट्रिय महाधिवेशन गर्ने पार्टी विधानमा उल्लेख भएपनि २०४८ यता माओवादीको राष्ट्रिय महाधिवेशन हुन सकेको छैन । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||