|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेसको राष्ट्रपतिको दाबी कायमै माओवादीले राजनीतिक गतिरोधको दोष कांग्रेसमाथि थोपर्यो काठमाडौं, July 13, 2008- सहमतिबाटै राष्ट्रपति, उपराष्ट्रपतिको चयन गर्ने तर कांग्रेसले फेरिपनि राष्ट्रपतिको दावी गरेमा राष्ट्रपतिका विषयमा नेपाली कांग्रेससँग सामान्य छलफलसमेत नगर्ने निर्णय माओवादीले गरेको छ । काभ्रेको धुलिखेलस्थित मिरावल होटलमा शनिवार बसेको माओवादी सचिवालयको बैठकले यो निर्णय गरेको हो । मधेशवादी दलहरुको सदन अवरोध सकिएलगत्तै नयाँ सरकार निर्माण गर्न तैयारीकालागि माओवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको थियो । सो बैठकमार्फत् माओवादी कांग्रेसप्रति अरु बढि आक्रामक भएको छ । उसले राजनीतिक प्रकृया अवरोध गर्न नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको निष्कर्षसमेत निकालेको छ । नयाँ सरकार गठन हुन नदिन कांग्रेसले अहिलेपनि सकृय रहेको ठहर गर्दै माओवादीले कांग्रेसको यस्तै भूमिका जारी रहे सरकार निर्माणको प्रकृयाबाट बाहिरिने चेतावनीसमेत दिएको छ । आगामी दिनमा एमालेसँगको सहकार्य मजबुत पार्ने निर्णयपनि माओवादीले गरेको छ । बैठकमा माओवादी अध्यक्षका अलवा सचिलालय सदस्यहरु मोहन बैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, चन्द्रप्रकाश गजुरेल, पोष्टबहादुर बोगोटी, कृष्णबहादुर महरा, देब गुरुङ्ग, बर्षमान पुन, नेत्रबिक्रम चन्द र टोपबहादुर रायमाझी उपस्थित थिए । स्मरणीय छ, माओवादीको केन्द्रीय सचिवालयले केन्द्रीय समिति नबसेका बेला महत्वपूर्ण निर्णय गर्न सक्छ । उता नेपाली कांग्रेसको आज सिंहदरवारस्थित कार्यालयमा बसेको बैठकमा सभासद्हरुले सहमतिकै आधारमा कांग्रेसले राष्ट्रपति पाउनुपर्ने दावी गर्नुपर्ने र सहमति नभएको खण्डमापनि कांग्रेसले राष्ट्रपतिकालागि प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिएका छन् । बैठकले आज हुने संविधान सभाको बैठकमा संविधान संसोधनको पक्षमा व्हीप जारी गर्ने निर्णयपनि गरेको छ । -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||