Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

संचारमाथि माओवादीको घाँटी निमोठ्‍ने प्रयास?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हिमाल मिडियामा माओवादी मजदुर संघद्वारा आक्रमण


UML leader Madhavkumar Nepal with Nepali Times Editor Kunda Dixit at Himal Media office. Nepali Times is published by Himal Media. Photos: Santa

Updated on December 22, 2008
काठमाडौं, December 21, 2008-
नयाँ नेपालमा बन्दुक छोडेर सत्तामा पुगेका माओवादी नेत्रित्वको प्रजातन्त्रप्रतिको प्रतिबद्दतालाई धोती लगाउदै माओवादी पार्टीका भातृ संगठनहरुले प्रजातन्त्र र स्वतन्त्रतामाथि नै धाबा बोल्न थालेको पछिल्लो उदाहरण माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा आएको करिब ५० जनाको जत्थाले आज दिन दहाडै नेपालको चर्चित र प्रतिष्ठित हिमाल मिडियाका संचारकर्मिहरुमाथि गरेको सांघातिक आक्रमणले पुष्‍टी गरेको छ।

यस घटनाकाबारेमा हिमाल मिडियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ: "स्वतन्त्र प्रेसमाथि श्रृंखलाबद्ध हमलाको क्रममा हिमाल मिडियामा ६ पुषमा फेरि आक्रमण भएको छ । माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा दिउँसो १२ बजे आएको करिब ५० जनाको जत्थाले हिमाल मिडियाको व्यवस्थापन बैठक भइरहेको ललितपुर हात्तिवनस्थित कार्यालयको मिटिङ हलमा प्रवेश गरेर यो आक्रमण गरेको थियो ।

माओवादी संचार तथा छापाखाना मजदूर युनियनका ललितपुर प्रमुख रमेश केसीले बैठकस्थलमा रहेका हिमाल मिडियाका प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई चिनाउनासाथ उक्त जत्थाले तिवारीमाथि अन्धाधुन्ध आक्रमण गर्यो ।
 
त्यसबीच सो जत्थाले नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दीक्षित, हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल, वरिष्ठ सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ, शम्भु गुरागाईं, विन्दिरा शाक्य, सुरेन्द्र शर्मा, सुभाषकुमार दास, कर्म लामा, वीरबहादुर तामाङ्गसहित १२ जनाभन्दा बढी पत्रकार तथा कर्मचारीहरुमाथि अन्धाधुन्द आक्रमण गर्यो । आक्रमणकारी जत्थाले हिमाल मिडियाको कार्यालयमा पनि तोडफोड गर्यो । करिब १५ मिनेट गुण्डागर्दी मच्चाएपछि आक्रमणकारी जत्था हिँड्यो ।


United Nations Mission in Nepal (UNMIN) chief Ian Martin at the Himal Media office. Photos: Santa

हिमालखबर पत्रिका को १-१५ पुष अंकमा माओवादीसम्बद्ध मजदुर संगठनका उद्योग व्यवसाय क्षेत्रमाथि भएका यस्तै अराजक कि्रयाकलापबारे 'मजदुर नाम बदनाम' शीर्षकमा आवरण रिपोर्ट र विश्लेषण छापिएको थियो । आक्रमणको क्रममा त्यो हिस्रक जत्थाका केहीले 'हाम्रोबारे समाचार लेख्ने?' भनेका थिए।

यसको केही समयअघि पनि माओवादीले हिमालमा छापिएका सामग्रीलाई लिएर हिमाल मिडियाको वितरण कार्यालयमा तोडफोड गर्नुका साथै पत्रिकाका प्रति जलाएका र कर्मचारीको ज्यान लिने धम्की दिएका थिए ।"


Himal Media office meeting table was Vandalized by Maoists trade union outfit.

यसै बिच नेपालका मानब अधिकारकर्मीहरुले "सत्ता फाँसीबादको बिरोध गरौं" भन्दै "यस घृणित कार्यप्रति घोर भ्रत्सना गर्दै यसलाई सत्ताको आडमा राजिनितिक फाँसीबादको बर्बर रुपको सङ्ग्या दिन चाहन्छौ" भनेको छ। कृष्ण पहाडी, सुसिल प्याकुर्याल, गोपाल शिवकोटी, कपिल श्रेष्ठ लगायतका १७ जना मानब अधिकारकर्मीहरुले सङ्युक्त रुपमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ:


"यस आक्रमणलाई दण्‍डहिनताको पराकाष्‍ठा मान्दै प्रेस जगतमाथि आक्रमण गर्ने अपराधीलाई तुरुन्त कानुनी कारबाही गर्न सरकार समक्ष्य जोडदार माग गर्दछौं। अपराधीलाई बारम्बार दिने गरिएको छुट र माफिका कारण एक पछि अर्को गर्दै लोकतन्त्र, मानब अधिकार र प्रेस स्वतन्त्रतामाथि आक्रमण बढीरहेको हाम्रो निस्कर्स रहेको छ। अपराधीलाई कानुनी दायरामा ल्याइ लोकतन्त्र कायम रहेको परिचय दिन सरकारलाई पुन: चुनौती दिन्छौं।"


Himal Media Senior Reporter Dambarkrishna Shrestha after the physical assault by Maoists.

यसै बिच एमाले नेता माधवकुमार नेपाल, एमाले र नेपाली काङ्ग्रेसका सभासदहरु तथा नेपालका लागि राष्ट्र संघ मिसन (United Nations Mission in Nepal-UNMIN) का प्रमुख इयान मर्टिनले हिमाल मिडियाको कार्यालय ललितपुर, हात्तिवन गई उक्त मिडियाका संचारकर्मी, कर्मचारीहरु र प्रकाशकहरुलाई भेट गरेका छन्‌।


UML and Nepali Congress CA Members at the Himal Media office. Photos: Santa

हिमालखबर डट कम (HimalKhabar.Com) ले आफ्नो समाचार "एकतावद्धता प्रकट गर्नेक्रम जारी" मा भनेको छ:

"राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरुबाट हिमाल मिडियाले जारी राखेको प्रेस स्वतन्त्रताको लडाईप्रति एकतावद्धता प्रकट गर्ने क्रम जारी छ ।

माओवादी कार्यकर्ताबाट पुष ६ गते हिमाल मिडियामा भएको आक्रमणको क्षति अवलोकन गर्न तथा हिमाल मिडियाको हौशला बढाउन उपप्रधानमन्त्री, नेपाली कांग्रेसका नेता तथा अधिकारकर्मीहरु हात्तिवनस्थित हिमाल मिडियाको कार्यलय आउने क्रम जारी छ । पुष ७ गते बिहान हिमाल मिडियामा आईपुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले आक्रमणको घटनाको अनुसन्धान गर्ने तथा दोषीहरुलाई कारवाही गर्ने वचन दिए । त्यसलगत्तै हिमाल मिडिया कार्यलय आईपुगेका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले प्रेस स्वतन्त्रताको लडाईमा हिमाल मिडियासँगै आफ्नो पार्टी पनि सँगै रहेको उल्लेख गरे । आजै हिमाल मिडियाको कार्यलयमा माओवादी कार्यकर्ताहरुको आक्रमणबाट भएको क्षतिको अवलोकन गर्न नेपाल वार एसोसियशनका अध्यक्ष बिश्वकान्त मैनालीसहितको टोली पनि आएको थियो ।"


युएस नेपाल अनलाइन पत्रकारिता स्वतन्त्रताको पक्षमा आफुलाई उभ्याउँदै हिमाल मिडियाका संचारकर्मी, कर्मचारीहरुमाथि भएको यो अप्रजातान्त्रिक र साङ्घातिक हमलाको कडा बिरोध गर्दै संचारकर्मीहरुको पूर्ण न्याय र सुरक्षा र दोसी उपर कडा कार्यबाहीका लागिका नेपाल सरकारसँग माग गर्दै हिमाल मिडियाका संचारकर्मीहरुसँग एक्यबद्धता जाहेर गर्दछ।

Read press release by Nepalese Human Rights Activists

-Lichchhabi Magar in Kathmandu
 
Broken pieces of glass window at the Himal Media office.


Editor Kunda Dixit with UML leader Madhavkumar Nepal, Federation of Nepali Journalists President Dharmendra Jha and others at the Himal Media office.


Photos: Santa
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®