|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सत्तारुढ माओवादी र नेपाली सेनाबीच वाकयुद्ध सुरु काठमाण्डौं, January 5, 2009- सत्तारुढ माओवादी र माओवादीविरुद्ध प्रयोग भएको सैन्य शक्ति नेपाली सेनाबीच वाकयुद्ध सुरु भएको छ । सरकार अन्तर्गत सेना रहने भएपनि सेना सरकारको भनाईको प्रतिवाद गर्न अग्रसर हुनुले सेनाको सरकारप्रतिको बफादारिताप्रति शंका उठ्न थालेको छ । सेना राजनीतिक संस्था नभएपनि प्रधानसेनापतिबाट राजनीतिक अभिव्यक्ति दिने क्रम जारी छ । प्रधानसेनापति रुक्माङ्गद कटवालले नुवाकोट पुगेर माओवादीले सेनालाई राजनीतिकरण गरेको आरोप अप्रत्यक्ष रुपले लगाएका छन् । 'सेना राजनीति भन्दा माथि छ' त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा सम्बोधन गर्दै प्रधानसेनापति कटवालले आइतबार भनेका छन्- 'तर यहाँ सेनालाई जुधाउने, फुटाउने र विवादमा तान्ने काम सुरु भएको छ ।' रिक्त रहेका दरबन्दीमा सेनाले भर्ना प्रकृया सुरु गरेपछि माओवादी र राष्ट्रसंघीय मिसन 'अनमिन' ले आपत्ति जनाएका थिए । त्यसपछि रक्षा मन्त्रालयले भर्ना प्रकृया रोक्न सेनालाई पत्र पठाएको थियो । तर भर्ना प्रकृया रोक्न नमिल्ने जवाफ सेनाले मन्त्रालयलाई दिएको छ । यस्तो जवाफ दिएपछि सेना र सरकारबीचको सम्बन्ध चिसिएकोमात्र छैन सेना विवादमापनि तानिएको छ । शनिवार सम्पन्न जनमुक्ति सेनाको जनरल स्टाफको बैठकले सेनाले भर्ना प्रकृया रोक्नुपर्ने नरोकिए जनमुक्ति सेनालेपनि रिक्त पदमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । जनमुक्ति सेनाका कमाण्डरहरुले सरकारको आदेश नमाने प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउनुपर्ने मागपनि प्रधानमन्त्री प्रचण्डसँग गरेका थिए । यससम्बन्धी समाचार सार्वजनिक भएपछि प्रधानसेनापति अरु क्रुद्ध भएको बुझिएको छ । 'सेना भर्ना प्रकृया सेनाको नियमति कार्य हो तर केही राजनीतिक दलले यसबारेमा अनर्गल प्रचार गरिरहेका छन्' माओवादीप्रति लक्ष्यित गर्दै कटवालले भनेका छन्- 'जे भएपनि सेना कसैबाट आत्तिने मात्तिने स्थितिमा छैन ।' राजनीतिक विश्लेषकहरुले कटवालको पछिल्लो भनाईलाई माओवादी नेतृत्वको सरकारप्रति चुनौतिको रुपमा लिएका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||