Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपनिर्वाचनकालागि उम्मेदवारहरु चयन गर्ने तैयारीमा माओवादी अघी

काठमाण्डौ, 11 Mar, 09- आगामी चैत्र २८ गते हुने उपनिर्वाचनकालागि माओवादीले रोल्पाका अलवा अन्य ४ निर्वाचन क्षेत्रमापनि आफ्ना उम्मेदवारहरु तय गरेको छ । अन्य राजनीतिक दलहरुपनि उम्मेदवार चयन गर्ने तैयारीमा लागेका छन् ।

एमालेलेपनि रोल्पा- २ मा आफ्ना उम्मेदवार छनौट गरेको छ । चाँडो उम्मेदवार चयन गर्न सके आफ्नो पक्षमा निर्वाचनको माहौल सिर्जना गर्न सकिने भएकाले माओवादीले अन्य दलभन्दा छिटो उम्मेदवार चयन गरेको हो ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विजय हासिल गरेको मोरङ्ग- ५ मा माओवादीले शिबकुमार मण्डललाई उठाउने भएको छ भने फोरमका बरिष्ठ नेता विजय गच्छेदारले विजय हासिल गरेको मोरङ्ग- ७ मा विजय चौधरी, माओवादी नेता देव गुरुङ्गले विजय हासिल गरेको कास्की- २ मा कृष्ण गुरुङ्गलाई उठाउने निर्णय गरेको छ । मंगलबार बसेको माओवादीको केन्द्रीय सचिवालयको बैठकले यो निर्णय गरेको हो ।

तय गरिएका उम्मेदवारमध्ये मोरङ्ग- ५ मा उम्मेदवार बनेका मण्डल गत निर्वाचनमा मोरङ्ग- ४ मा ४ सय मतको अन्तरलेमात्र पराजित भएका थिए । मधेश बाहुल्य रहेको क्षेत्र भएकाले र फोरममा मानसिक विभाजन भएकाले सो क्षेत्र हात पार्ने दाउमा माओवादी छ । उता मोरङ्ग- ७ मा थारुहरुको जनसंख्या बढि भएकाले थारु उम्मेदवारलाई नै उठाएको बताइएको छ ।

यसैगरी गुरुङ्गहरुको अत्याधिक जनसंख्या रहेको कास्की- २ मापनि गुरुङ्ग समुदायबाटै उम्मेदवार चयन गरेर माओवादीले आफूले यसअघि जितेको सो क्षेत्र फेरिपनि सुरक्षित गर्न खोजेको छ । मगर बहुल रोल्पा- २ बाटपनि मगराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सन्तोष बुढा मगरलाई उम्मेदवार बनाएर माओवादीले आफ्नो विजयलाई निश्चित पारेको छ । रोल्पा- २ मा एमालेले जिल्ला कमिटीका उपसचिव हरि घर्ति मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

माओवादीले उपनिर्वाचन जित्ने सम्भावना रहेको कन्‍चनपुरमा यसपटकपनि हरिष ठगुल्लालाई नै उम्मेदवारी दिने निश्चित प्राय रहेको श्रोतले बताएको छ । उनी गत संविधान सभा निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवाबाट करिव १ हजार मतलेमात्र पराजित भएका थिए । उता धनुषा- ५ मा कसलाई उठाउने भन्ने माओवादीले तय गर्न सकेको छैन । सो क्षेत्रमा कांग्रेस उम्मेदवार डा. रामबरण यादवले विजय हासिल गर्नुभएको थियो । उहाँ राष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्र खालि भएको हो ।

-Sitaram Baral in Kathmandu




   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®