|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
फेरी हुने भो संबिधानको संशोधन माओवादी राजी साधारण बहुमतद्धारा सरकार बनाउने र हटाउनेमा काठमाडौं, June 8, 2008- माओवादी नेतृत्वमा बन्ने सरकारलाई दुई बर्षसम्म हटाउने प्रयत्न नगर्ने प्रतिबद्धता संसदबादी दलहरु कांग्रेस र एमालेले जनाएपछि माओवादीपनि साधारण बहुमतद्धारा सरकार बनाउने र हटाउने प्रावधान अन्तरिम संविधानमा राख्न सहमत भएको छ । तीनै दलका शीर्ष नेताहरुको सोमबारको बैठकमा उपरोक्त आपसी सहमति भएको हो । साधारण बहुमतद्धारा सरकार बनाउने र हटाउने प्रावधानसम्बन्धी बिबादकाकारण संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीको नेतृत्वमा अझै नयाँ सरकार बन्न सकेको छैन । माओवादीले अन्तरिम संविधानमा रहेको दुई तिहाईसम्बन्धी प्रावधान कायम राख्नुपर्ने अडान राख्दै आएको थियो भने कांग्रेस, एमाले, फोरम लगायतका दलहरु यो प्रावधान हटाउने पक्षमा थिए । साधारण बहुमतले सरकार बनाउने र फाल्ने प्रावधान राख्दा सभासद् किनबेचको खेलमा कांग्रेस-एमाले लाग्ने र राजनीतिक अस्थिरता बढ्ने दावी माओवादीले गर्दै आएको थियो । अन्य दलले भने साधारण बहुमतको प्रावधान नराख्दा माओवादी निरंकुश हुने आशंका गर्दै आएका छन् । आपसी अविश्वासका काराण राजनीतिक गतिरोध सिर्जना भएको थियो । तर आइतबार बिहान बसेको तीन दलको बैठकमा अब बन्ने सरकारलाई संविधान सभाले नयाँ संविधान निर्माण नगरुन्जेसम्म ढाल्ने खेलमा नलाग्ने प्रतिबद्धता कांग्रेस र एमालेले जनाएका छन् । उपरोक्त शर्तमा संविधान संसोधन गरी साधारण बहुमतको प्रावधान राख्न सहमति जनाएको छ । बैठक माओवादी अध्यक्ष प्रचण्डको नयाँ बजारस्थित निवासमा बसेको थियो । तीनै दलका शीर्ष नेताहरुको बैठकपछि यससम्बन्धी सहमतिको मस्यौदा तैयार पार्न ६ सदस्यीय कार्यदलको गठन गरिएको छ । कार्यदलमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र खिमलाल देबकोटा, नेकाको तर्फबाट डा. प्रकाशशरण महत र राधेश्याम अधिकारी, एमालेको तर्फबाट भीम रावल र अग्नि खरेललाई राखिएको छ । कार्यदललाई प्रतिवेदन पेश गर्न दुई दिनको समय दिइएको छ । संविधान सभाको तेश्रो बैठक जेठ २९ गते बस्दैछ । प्रमुख राजनीतिक दलहरुबीच भएको यो सहमति र कार्यदलले सहमतिका बुँदा तैयार पारेर शीर्ष नेताहरुले त्यसलाई अनुमोदन गरेपछि सम्भवत संविधान सभामा प्रतिनिधित्व गर्ने २५ वटै दलको बैठकद्धारा त्यसलाई अनुमोदन गराइनेछ । र संविधान सभाको तेश्रो बैठकद्धारा संविधान संसोधन गरिनेछ । उता यो सहमति लगत्तै माओवादी केन्द्रीय समितिको बैठकपनि काठमाडौंको नयाँ बजारस्थित होटल गार्डेनमा सुरु भएको छ । बैठकले सरकारमा जाने बारे नेताहरुको चयन लगायत अन्य विषयमा महत्वपूर्ण निर्णय गर्नेछ । आजै नेपाली कांग्रेसले खुल्लामन्चमा माओवादी समक्ष राखेका आफ्ना सात बुँदे शर्तकाबारेमा स्पष्ट पार्न आमसभाको आयोजना गरेको छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®