Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


























News from Nepal: नेपाली खबरहरु


अब सबैको ध्यान समानुपातिकको ३३५ सिटमा को कस्लाई चुनिएला?

६०१ जनाको संबिधान सभामा माओवादीको २३०, कांग्रेसको ११०, एमालेको १०३

काठमाडौं, April 26, 2008-संविधान सभा निर्वाचन मत गणनाको समाप्तिसँगै निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्न पाउने सिट संख्यापनि सार्वजनिक गरेको छ ।

संविधान सभा निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु, देशी-विदेशी पर्यवेक्षण संस्थाहरु र सन्‍चारकर्मीलाईसमेत सँगै राखी आयोगले शुक्रबार समानुपातिकबाट राजनीतिक दलहरुले संख्या सार्वजनिक गरेको हो । मत प्रतिसतका आधारमा आयोगले सिट संख्या विभाजन गरिएको बताएको छ ।

आयोगले संवन्धित राजनीतिक दलहरुलाई पत्रमार्फत् यसबारे औपचारिक जानकारी गराएर प्राप्त परिणाम अनुसार आफ्‍‍नो पार्टीबाट प्रतिनिधित्व गर्ने संविधान सभा सदस्यको नाम निर्वाचन आयोगलाई बुझाउन भनेको छ । आयोगले उनीहरुको नाम पेश गर्न एक हप्ताको समयावधि दिएको छ । संविधान सभा निर्वाचन ऐनमा व्यवस्था भएबमोजिम राजनीतिक दलहरुले मधेशी, दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रबाट समानुपातिक प्रतिनिधित्व हुनेगरी समानुपातिकबाट छनौट हुनेहरुको नाम पठाउनु पर्नेछ ।

राजनीतिक दलहरुले समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्न पाउने कोटामध्येबाट महिला ५०, जनजाति ३५, मधेशी ३१, दलित १३, पिछडिएको क्षेत्र ४ प्रतिसतलाई छनौट गरी संविधान सभामा पठाउनु पर्नेछ । 'संविधान सभा निर्वाचन ऐनमा व्यवस्था भए अनुसार यो प्रावधान राखिएको हो' निर्वाचन आयोगले भनेको छ- 'दलहरुले पठाएको सूची यस अनुसार भएन भने सूची सच्याउन थप ३ दिन समय दिइएको छ ।'

यसरी १० भित्रपनि दलहरुले ऐनमा निर्धारण भएबमोजिमको सूची नपठाए आयोग आफैले समानुपातिकबाट संविधान सभामा जाने सदस्यहरुको नाम छनौट गर्नेछ । स्मरणीय छ राजनीतिक दलहरुले समानुपातिकबाट निर्वाचित हुनेहरुको बन्दसूचि यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन् । दलहरुले तिनै सूचिमा भएका नाममध्येबाट समानुपातिकबाट निर्वाचित हुनेहरुको नाम आयोगमा बुझाउनु पर्नेछ ।

राजनीतिक दलहरुले प्राप्त गरेको मत प्रतिसत अनुसार कुन राजनीतिक दलले समानुपातिकबाट संविधान सभामा कति सदस्य पठाउने अवसर प्राप्त गर्लान् भन्ने अनुमान भैरहेकाबेला आयोगले २५ राजनीतिक दलले समानुपातिक प्रणालीबाट संविधान सभामा प्रतिनिधित्व गर्न पाउने बताएको छ । प्रत्यक्षतर्फबाट भने ९ वटा राजनीतिक दलले संविधानसभामामा विजय हासिल गरेका छन् ।

प्रत्यक्ष निर्वाचनबाट संविधान सभामा प्रतिनिधित्व गर्न नसकेका थप १६ दललेपनि संविधान सभामा प्रतिनिधित्व गर्न पाउने देखिएको छ । निर्वाचनमा भाग लिएका २९ राजनीतिक दलहरुले संविधान सभामा प्रतिनिधित्व गर्न नसक्ने अब पक्का भएको छ । समानुपातिक प्रणालीबाटमात्रै संविधान सभामा प्रतिनिधित्व गर्न पाउने दलमा राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल रहेका छन् ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकिकृत, नेकपा माले, नेकपा संयुक्त, दलित जनजाति पार्टी, नेपाल सद्भावना पार्टी आनन्दीदेवी, नेपाली जनता दल, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍च, नेपाल लोकतान्त्रिक समाजवादी दल, नेपाः राष्ट्रिय पार्टी र चुरेभावर राष्ट्रिय एकता पार्टीले पनि समानुपातिक तर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्न पाउने भएका छन् । समानुपातिक निर्वाचन प्रणालीले अधिक भन्दा अधिक पार्टी र समूहको प्रतिनिधित्व गराउन सक्दो रहेछ भन्ने यसबाट देखिएको छ ।

आयोगका अनुसार कूल मतमध्ये २९.२८ प्रतिसत मत प्राप्त गरेको नेकपा माओवादी ले समानुपातिक प्रणालीबाट सबैभन्दा बढि १०० जनालाई संविधान सभामा पठाउने भएको छ । २१.१४ प्रतिसत मत पाएको नेपाली कांग्रेसले ७३ जना, २०.३३ प्रतिसत मत पाएको एमालेले ७० जना. ६.३२ प्रतिसत मत प्राप्त गरेको मधेशी जनअधिकार फोरमले २२ सिट र ३.१६ मत प्रतिसत ल्याएको तराई मधेश लोकतान्त्रिक पार्टीले ११ सदस्यहरु पठाउन सक्नेछ ।

२.४५ प्रतिसत मत पाएको राप्रपाले ८, २.२७ मत पाएको नेकपा माले ले ८, १.५३ मत पाएको जनमोर्चा नेपालले ५, ०.६९ प्रतिसत मत पाएको नेमकिपाले २, ०.९५ मत पाएको राष्ट्रिय जनशक्ति पार्टीले ३ जना सदस्य संविधान सभामा पठाउने भएको छ । यसैगरी १.५६ प्रतिसत मत पाएको नेपाल सद्भावना पार्टीले ५, नेपाली जनता दलले ०.४६ प्रतिसत मतका साथ २ जना पठाउन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार समाजवादी प्रजातान्त्रिक पार्टी ०.३३ मतका साथ १, राजमो ०.९९ प्रतिसत मतका साथ ३, ०.५० प्रतिसत मत पाएको राष्ट्रिय जनमुक्ति पार्टीले २, राप्रपा नेपालले १.०३ प्रतिसत मतका साथ ४, नेकपा एकिकृत ले ०.४५ प्रतिसत मतका साथ २, नेकपा संयुक्त ले १.४४ प्रंतिसत मतका साथ ५ र दलित जनजाति पार्टीले ०.३८ प्रतिसत मतका साथ १ जना संविधान सभा सदस्य पठाउन पाउनेछ ।

समानुपातिकतर्फ प्राप्त मत परिणामका आधारमा ०.५२ प्रतिसत मत पाएको नेसपा आनन्दीदेवी ले २, ०.२२ प्रतिसत मत पाएको नेपाल परिवार दलले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चले ०.६७ प्रतिसत मतकासाथ २, नेपाः राष्ट्रिय पार्टीले ०.३५ मतकासाथ १, नेपाल लोकतान्त्रिक समाजवादी दलले ०.२३ प्रतिसत मतकासाथ १ र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले ०.२७ प्रतिसत मत पाएकाले १ जना सदस्य पठाउन पाउने भएको छ।

यो मत परिणाम अनुसार दुवैतर्फबाट निर्वाचित हुने ५ सय ७५ संविधान सभाका सदस्यमध्ये नेकपा माओवादी का २ सय ३० सदस्य हुनेछन् भने नेपाली कांग्रेसबाट १ सय १०, नेकपा एमाले बाट १ सय ३, मधेश जनअधिकार फोरमबाट ५२, तराई मधेश लोकतान्त्रिक पार्टीबाट २०, नेपाल सद्भावना पार्टीबाट ९, जनमोर्चा नेपालबाट ७, राष्ट्रिय जनमोर्चाबाट ४, नेमकिपाबाट ४ हुनेछन् ।

आयोगले दिएको जानकारी अनुसार समानुपातिक निर्वाचनमा १ करोड ११ लाख ४६ हजार ५ सय ४० मत खसेको थियो । त्यसमध्ये १ करोड ७ लाख ३९ हजार ७८ मत सदर भयो । बदर भएको मतसंख्या ४ लाख ७४ हजार ६२ थियो । कूल खसेको मतमध्ये सदर मतको आधारमा राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले संविधान सभा निर्वाचन ऐनमा व्यवस्था भएबमोजिम सिट संख्या निर्धारण गरिदिएको हो ।

अन्तिम मत गणना सार्वजनिक कार्यक्रममा निर्वाचन आयोगका सबै पदाधिकारीहरु उपस्थित थिए । यसैगरी सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुकोपनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भन्नुभयो- 'निर्वाचन शान्तिपूर्ण रुपले सफलताका साथ सम्पन्न भएको छ । नेपाल शान्ति जनताले शान्ति चाहँदा रहेछन् भन्ने यसबाट देखिएको छ । नेपाली जनताको शान्तिको चाहना अव संविधान सभाले पुरा गर्नुपर्छ ।'

निर्वाचन आयोगको निर्देशन अनुसार अव राजनीति दलले आफूले पाउने सिट संख्या अनुसारका सदस्यहरु छनौट गरी निर्वाचन आयोगलाई बुझाउनु पर्नेछ । संविधान सभामा प्रतिनिधित्व गर्न पाउने पार्टीका केन्द्रीय समितिले गर्ने निर्णयलाई निर्वाचन आयोगले बैधानिकता दिनेछ । प्रमुख निर्वाचन आयुक्त पोखरेलले भन्नुभयो- '३ सय ३५ जना सदस्य को को हुनेछन् भन्ने जान्न अझै केही दिन कुर्नु पर्ने भएको छ ।'

निर्वाचन आयोगले एक हप्ताभित्र समानुपातिकबाट निर्वाचित हुनेहरुको नामावली पेश गर्न निर्देशन दिएपछि निर्वाचनको समीक्षु गर्न आयोजना गरिएका राजनीतिक दलको केन्द्रीय समितिको बैठक अब संविधान सभा सदस्य छनौटकालागि केन्द्रित हुने पक्कापक्की छ । निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसले १२ बैशाखदेखि बैठक सुरु गरिसकेको छ भने नेकपा एमाले ले बैशाख १५ गते बैठकको आयोजना गरेको छ ।

यसैगरी नेकपा माओवादी ले बैशाख १६ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । नयाँ सरकार गठन कसरी होला? कुन पार्टी माओवादी नेतृत्वको सरकारमा जाला र कुन कुन पार्टी नजालान् भनेर सारा देशको ध्यान त्यसैतर्फ तानिएको छ । तर अब समानुपातिकबाट को को संविधान सभामा पुग्लान् भन्नेतर्फ यो हप्ता धेरै नेपालीको ध्यान तानिनेछ । प्रत्यक्ष निर्वाचनमा धेरै भ्रष्ट र राजावादीहरु पाखा लागेका छन् । नेपाली जनताको आशा छ- 'प्रत्यक्ष निर्वाचनको परिणामतर्फ ध्यान िदंदै राजनीतिक दलहरुले भ्रष्ट र राजावादीहरुलाई संविधान सभाकालागि छनौट नगरुन् ।'

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®