![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
तीन ठुला दल मध्ये पहिलो घोषणा-पत्र जारी माओवादीको नयाँ नेपालको खाका कोर्ने प्रयास के साकार होला? १३ संघीय गणराज्यहरुको स्थापना गरिने 'नयाँ नेपालको खाका यसमा छ त्यसैले तपाईंहरुले यसलाई सकरात्मक रुपले जनताकाबीचमा लगिदिनुहोस् ।' -प्रचण्ड, अध्यक्ष, नेकपा माओवादी नेकपा माओवादीको घोषणा-पत्र Sitaram Baral in Kathmandu काठमाडौं, March 8, 2008-नेकपा माओवादी ले 'नयाँ नेपालनिम्ति नयाँ विचार र नयाँ नेतृत्व' भन्ने मूल नारासहितको चुनावी घोषणा पत्र शुक्रबार सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको यो चुनावी घोषणा पत्रलाई उसले प्रतिबद्धता पत्रको रुपमा व्याख्या गरेको छ । 'जनयुद्धको सुरुवात र १० वर्षे प्रतिरोध युद्धका क्रममा नेपाली जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्ने' बाचा गर्दै माओवादीले यसलाई प्रतिबद्धता पत्रको रुपमा व्याख्या गरेको हो । उपस्थित संचारकर्मीहरुसँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले भने- 'नयाँ नेपालको खाका यसमा छ त्यसैले तपाईंहरुले यसलाई सकारात्मक रुपले जनताकाबीचमा लगिदिनुहोस् ।' राणाकालीन 'सेतो दरवार' को रुपमा चिनिने 'होटल याक एण्ड यति' मा शुक्रवार आयोजित घोषणा पत्र सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने- 'जनयुद्ध सुरु गर्दा हामीले नेपाली जनतासमक्ष केही प्रतिबद्धता व्यक्त गरेका थियौं । अहिले ती प्रतिबद्धता संविधान सभाको चुनावमार्फत् कार्यान्वयन गर्नेबेला आएको छ । त्यसैले हामीले यसलाई चुनाव घोषणा पत्रको साटो प्रतिबद्धता पत्रको रुपमा व्याख्या गरेका हौं ।' Maoist Manifesto front cover. सात दलीय गठबन्धनका ठूला तीन घटकमध्ये नेकपा माओवादी चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी भएको छ । ३९ पेजको माओवादी घोषणा पत्रमा प्रमुख रुपमा चार भाग छन् । संघीय शासन व्यवस्थाको वकालत गर्दै माओवादीले घोषणा पत्रमा संघीय राज्यहरुलाई आत्मनिर्णयको अधिकारको रुपमा जातीय र क्षँेत्रीय स्वायत्तता दिने बताएको छ । माओवादीले दुई महिनाअघि शीर्ष नेता डा. बाबुराम भटराईको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी बनाएको थियो । कमिटीमा मोहन बैद्य 'किरण', रामबहादुर थापा मगर 'बादल' लगायतका शीर्ष नेताहरुपनि सामेल थिए । मस्यौदा कमिटीका संयोजक डा. भटराईका अनुसार १ हजार भन्दा बढि संघसंस्था र व्यक्तित्वको सुझाव लिएर घोषणा पत्र तैयार पारिएको हो । उनले सो कार्यक्रममा भने- 'यसलाई जनताले बुझ्ने गरी सरल र स्पष्ट बनाउन हामीले अधिकतम प्रयत्न गरेका छौं ।' Prachanda releasing Maoist Manefesto. शान्ति सम्झौतापछि सात पार्टीसँग सम्झौता गरी जानुपर्ने भएकाले माओवादीले गर्न खोजेका कतिपय काम गर्न नसकेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले संविधान सभाको चुनावपछि गर्न खोजेका कुराहरु घोषणा पत्रमा समेटिएको बताए । अर्का शीर्ष नेता डा. भटराईले आफ्नो पार्टीका अधिकांस उम्मेदवारहरु संविधान सभामा विजयी भएर पार्टीले चाहे अनुसारको नयाँ संविधान बनेमा १० वर्षभित्रै साँच्चिकै नयाँ नेपाल बन्ने दावी गरे । उपस्थित साचारकर्मीहरुसँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले भने- 'नयाँ नेपालको खाका यसमा छ त्यसैले तपाईंहरुले यसलाई सकरात्मक रुपले जनताकाबीचमा लगिदिनुहोस् ।' घोषणा पत्रको रुप ३९ पेजमा समेटिएको माओवादीको चुनावी प्रंतिबद्धतापत्रलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा संविधान सभाको ऐतिहासिक पक्षको बारेमा व्याख्या गर्दै सातसालदेखि हुन नसकेको संविधान सभाको चुनाव माओवादी जनयुद्धपछिमात्र हुन सकेको बारेमा व्याख्या गरिएको छ । माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धले जनताको शक्तिलाई बलियो बनाएको उल्लेख गर्दै संविधान सभामापनि जनताको शक्ति नै विजयी बन्ने उल्लेख गरे । संविधान सभालाई सम्भव बनाउन माओवादीले भूमिका खेलेको दावी गर्दै संविधान सभालाई साँच्चिकै सार्थक बनाउनपनि माओवादीको विजय आवस्यक रहेको माओवादीले घोषणापत्र मार्फत् बताएको छ । Nepal Map showing 13 federal republic states proposed by Maoist. यसैगरी पहिलो भागमा स्वाधिनता र भौगोलिक अखण्डताको रक्ष, संघीय शासन प्रणाली, गणतन्त्रात्मक शासन व्यवस्था, जनमुखी लोकतान्त्रिक पद्दति, मानवअधिकार, नागरिक स्वतन्त्रता र मौलिक हककॊ प्रत्याभूति गरिने कुरा उल्लेख छ । धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता, सबै नेपालीलाई सहज ढंगले नागरिकता प्रदान गरिने र गैर नेपालीले नागरिकता पाएको भेटिएमा खारेज हुने व्यवस्था गरिएको छ भने सुरक्ष, न्याय क्षेत्र, संवैधानिक निकाय र प्रशासन यन्त्रको पुनस्रंरचना गरी जनमुखी बनाइने कुरापनि यो भागमा उल्लेख गरिएको छ । देशमा नेपाली सेना र जनमुक्ति सेना गरी दुईवटा सशस्त्र शक्ति रहेको उल्लेख गर्दै नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको व्यवसायिकरण गरी उचित ढंगले समायोजन गर्ने कुरापनि त्यसमा उल्लेख गरिएको छ । 'हाल देशमा विधिवत विद्यमान दुई वटा सशस्त्र सेना नेपाली सेना र जनमुक्ति सेनामध्ये नेपाली सेनाको समग्र लोकतान्त्रिकरण र जनुमुक्ति सेनाको व्यवसायिकरण गरेर दुवैको उचित ढंगले समायोजन गरिनेछ र नयाँ राष्ट्रिय सेना निर्माण गरिनेछ' त्यसमा भनिएको छ- 'नयाँ लोकतान्त्रिक परिपाटी अनुरुप र राज्यको संघात्मक ढाँचामा पुनसंरचनामा मेल खाने गरी सेना प्रहरी सशस्त्र प्रहरी र अनुसन्धान विभागसमेत समग्र सुरक्षु क्षँेत्रको पुनसर्ंरचना गरिनेछ ।' घोषणा पत्रको दोश्रो भागमा संविधान सभापछि बन्ने 'नयाँ संविधानको अन्तरवस्तु स्वाधिन र जनमुखी संघीय लोकतान्त्रिक गणतन्त्र' हुने उल्लेख गरिएको छ । अन्य पार्टीले स्वाधिन र जनमुखी गणतन्त्रको कुरा नगरेको उल्लेख गर्दै माओवादीले आफूले चाहेको गणतन्त्रभित्र राष्ट्रियता मजवुत हुने बताएको छ । 'हामीले चाहेको गणतन्त्र अन्य शक्ति र पार्टीले चाहेको भन्दा यस अर्थले फरक छ' डा. भटराईले दावी गरे- 'हामीले राष्ट्रियता र गणतन्त्रको मुद्दालाई समान रुपले उठाएका छौं । हामीले चाहेको गणतन्त्र राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानसहितको गणतन्त्र हो । अरुले यस्तो गणतन्त्रको कुरा गरेका छैनन् ।' माओवादीले स्थापना गर्ने गणतन्त्रको देश पराधिन नहुने कुरापनि उनले उल्लेख गरे । माओवादी घोषणा पत्रको तेश्रो भागले 'नयाँ नेपालु को परिकल्पना गरेको छ । त्यसमा संघीय गणतन्त्र र आर्थिक सामाजिक रुपान्तरणमा पनि जोड दिइएको छ । त्यसमा संविधान सभापछिको नयाँ नेपालको नक्सापनि प्रस्तुत गरेको छ जहाँ ११ वटा स्वायत्त राज्य र त्यसभित्र २ वटा उपराज्यको प्रारुप छन् । नयाँ नेपालको आर्थिक नीति संक्रमणकालीन अर्थ नीति हुनेपनि माओवादीले बताएको छ । 'यसलाई कार्यान्वयन गर्न सक्यौं भने अहिले गरिवीको रेखामुनि रहेका हामी सबै नेपालीहरु १० वर्षपछि मध्यम वर्गीय आर्थिक हैसियतका हुनेछौ' घोषणा पत्रको विशेषता उल्लेख गर्दै भटराईले भने- 'एवं रितले आगामी ४० वर्षभित्र नेपाललाई हामी विश्वकै सम्पन्नतम् राष्ट्रको रुपमा उभ्याउन सक्षम हुनेछौं ।' आर्थिक सम्पन्नताकालागि नेपालले 'चार जुलाई सही उपयोग गर्नुपर्नेपनि उनले बताए । उनकाअनुसार ती 'चार जु भनेका जल जंगल जनशक्ति र जमिन हुन् । नेपालका छिमेकी देशसँग भएका असमान सन्धि-सम्झौताहरु खारेज गरिनुपर्ने गोर्खा भर्ति केन्द्रको अन्त्यगरी नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनु पर्ने भारत र चीनसँगको सम्बन्धलाई पञ्चशीलको सन्धिको आधारमा अरु मजवुत पारिने गरिव नेपाली युवायुवतीलाई आयआर्जनका लागि विदेश जानुपर्ने बाध्यकारी स्थितिको अन्त्य गरिने लगायत गैर-आवासीय नेपालीहरुलाई दोहोरो नागरिकता प्रदान गरी उनीहरुको सीप र पूँजीलाई नेपालमै उपयोग गरिने लगायतका कुरा यसमा समेटिएका छन् । Featuring Prachanda as the first President of new Nepal in the back cover of the manifesto. Photos: Sitaram Baral घोषणा पत्रको चौंथो भागमा 'नेकपा माओवादी र प्रचण्ड नै किन' भन्ने अंश राखिएको छ । आफ्नो पार्टीले देशमा आमूल परिवर्तन गर्न चाहेको र त्यसको नेतृत्व पार्टी अध्यक्ष प्रचण्डले गरेको बताउँदै माओवादीले नयाँ नेपालको सपना देख्ने माओवादी र त्यसका नेता प्रचण्डलाई गणतान्त्रिक नेपालको भावी राष्ट्रपति बनाएमा नै नयाँ नेपालको नारा सार्थक हुनसक्ने दावी गरेको छ । सो घोषणा पत्रको अन्तिम पातोमा प्रचण्डलाई गणतान्त्रिक नेपालको प्रस्तावित प्रथम राष्ट्रपतिको रुपमा पेश समेत गरिएको छ । मधेश र माओवादी माओवादी अध्यक्ष प्रचण्डले सो कार्यक्रममा एक साता अघिसम्म आन्दोलनरत मधेशी पार्टीहरुसँग पनि चुनावी एकता हुनसक्ने बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना ६ सूत्रीय मागमा आत्मनिर्णयको अधिकारसहितको मागसमेत राखेको थियो । माओवादीले भन्ने गरेको संघीय राज्यहरुले पाउने आत्मनिर्णयको अधिकारको व्याख्या एवं आसय र मधेशी मोर्चाको व्याख्या र आसयमा कुनै फरक छ भन्ने जिज्ञाशा संचारकर्मीहरुले राखेका थिए । प्रश्नको जवाफ िदंदै प्रचण्डले मधेशी मोर्चासँगसम्बद्ध पार्टीका नेताहरुलेसमेत आत्मनिर्णयको अधिकारको वकालत गर्ने पार्टी नेकपा माओवादी भएको र माओवादीबाटै प्रेरणा पाएर आफूहरुले पनि यो माग राखेको स्वीकार गरेको बताए । उनको भनाई थियो- 'मधेशी मोर्चासँगको वार्ताको क्रममा मैले आत्मनिर्णयको अधिकारसहितको संघीय राज्यको धारणा प्रंस्तुत गर्ने पहिलो पार्टी नेकपा माओवादी हो भन्ने कुरा भनेको थिएँ । हाम्रो आत्मनिर्णयको अधिकार राष्ट्र विखण्डन गर्ने होइन राष्ट्रियतालाई अझ मजबुत पार्ने अधिकार हो । त्यसैले तपाईंहरु पनि यस्तै चाहनुहुन्छ भने तपाईंहरुले हाम्रो खुल्ला ढंगले समर्थन र प्रसंशा गर्नुपर्छ । उहाँहरुले यो माओवादीले नै उठाएको माग हो भन्नुभयो र हामीलाई धन्यवादपनि दिनुभयो । यदि उहाँहरुलेपनि राष्ट्रलाई अरु मजबुत पार्ने हिसावले आत्मनिर्णयको अधिकारको माग गर्नुभएको हो भने चुनावमा नेकपा माओवादी र उहाँहरु सँगै जाने स्थिति बन्न सक्छ ।' माओवादीले संविधान सभा चुनावलाई अघिल्ला संसदीय चुनावको रुपमा नलिन आग्रह गर्दै यसलाई युग बदल्ने कॊशेढुङ्गाको रुपमा लिन आग्रह गरेको छ । यसका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै शक्ति र पार्टीहरु एक भएर संविधान सभामा जानुपर्ने कुरामा पनि उसले उत्तिकै जोड दिएको छ । उसले हार्दिकतापूर्ण प्रतिस्पर्धाका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई आग्रह गरेको छ । -सीताराम बराल |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®