Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल












































































News from Nepal: नेपाली खबरहरु

माओवादीले चुनाव हुनु एक साता अघी भनेको कुरो सुन्ने हो?
यतिका बोले पछि फेरी जङ्‍गल पस्न सुहाउदैन है नि!


Maoist public rally in Kathmandu. Some supporter women dancing in Kulla Manch on April 2, 2008. Photo: Sitaram Baral

काठमाडौं, April 5, 2008-नेकपा माओवादी ले गत बुधबार चार दिन अघि खुल्लामन्‍चमै एमालेले आयोजना गरेको चुनावी सभामा एमालेले जति मानिस उतारेको थियो माओवादीले त्यो भन्दा दोब्बर बढि आफ्ना समर्थकहरु उतारेपछि काठमाडौं उपत्यकामा रहेको एमालेको गढमा खतराको घण्टी बजाइदिएको छ । तर के माओवादीले भोट पनि जित्लान्‌ त?

बुधबार माओवादीको नेवा राज्य समितिले आयोजना गरेको हजारौं उपस्थित सभामा बोल्दै नेवा राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका माओवादी केन्द्रीय सदस्य हितमान शाक्य सुमन ले भने- 'जनयुद्ध सुरु हुनुअघि हामीले यहीं अन्तिम सभा गरेर सशस्त्र संघर्ष सुरुवात गरेका थियौं । आज हामी संविधान सभामार्फत राज्यसत्ता कब्जाको अन्तिम तैयारीमा छौं । यो सभाले देखाएको छ परिवर्तनकामी नेपाली जनता अव राज्यसत्ता कब्जा गर्न सक्षम भैसकेका छन् ।'

यो त्यही मन्‍च थियो जहाँ ४ दिन अघिको सभामा नेकपा एमाले का महासचिव माधवकुमार नेपालका कम्युनिष्टहरुले सत्ता कब्जा गर्न नसक्ने बताएका थिए । मतदानकालागि काठमाडौंमा रहेका मानिसहरु आ-आफ्नो जिल्लातर्फ लाग्ने क्रम शुरु हुँदा एमालेले चैत्र १६ गते सभाको आयोजना गरेको थियो । माओवादीले चैत्र २० गते सभा शुरु गर्दा अधिकांस मानिसहरु बाहिरिइसकेका थिए । तर सबैलाई छक्क पार्दै माओवादीले खुल्ला माचमा आयोजना गरेको सभामा एमालेभन्दा करिव दोब्बरको उपस्थिति देखियो । राजनीतिमात्र होइन हरेक खाले परिवर्तनको केन्द्र मानिने काठमाडौं उपत्यकाका मतदाताहरुले पुरानो कम्युनिष्ट पार्टीको सट्टा नयाँ कम्युनिष्ट पार्टीको चाहना राखेका हुन् कि भन्ने कुराको संकेत बुधवारको माओवादीले सभाले गरेको छ । माओवादी सभामा उल्लेख्यमात्रामा हिजो माले-एमालेमा रहेका कार्यकर्ताहरुको उपस्थिति देखिन्थ्यो ।

०५६ को निर्वाचनमा काठमाडौं- २ बाट नेकपा माले को उम्मेदवार भै ९ हजार मत पाएका नेपालजित लामादेखि एमालेको नौ महिने शासनकालमा जापानकालागि राजदूत नियुक्त विष्णुहरि नेपालसम्म माओवादीले निकालेको जुलुशमा माओवादीको पक्षमा नारावाजी गर्दै सभामा भाग लिन पुगेका थिए । विशाल उपस्थितिकाबीच काठमाडौं- ६ का माओवादी उम्मेदवार शाक्यले भने- 'आफूलाई उपत्यकामा ठूलो दावी गर्नेहरुको हविगत एक हप्तापछिको निर्वाचनमा देखिनेछ ।' भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले यस्तै उद्घोष गरिन् । 'अव काठमाडौं एमालेको होइन नेकपा माओवादी को गढमा परिणत भएको छु उनले भनिन्- 'काठमाडौंका जनताले राता रंग खुइलिएको एमालेको झण्डा उखेलेर माओवादीको गाढा रातो झण्डा गाड्ने तैयारी गरिरहेका छन् । चैत्र २८ गते काठमाडौंमा बिधिवत रुपले रातो झण्डा गाडिनेछ ।' मन्त्री यमी काठमाडौं- ७ मा पार्टीको तर्फबाट उम्मेदवार छिन् ।

प्रचण्डको प्रचण्ड आक्रोस
सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले संविधान सभाप्रति सम्पूर्ण विश्वको चासो रहेको बताए । 'तर अमेरिका माओवादीले उठाएको संविधान सभाको मुद्दालाई भुत्ते पार्न खोज्दैछ' उनले भने- 'संविधान सभा कसैको दया-मायाले आएको होइन नेपाली जनताले रगत बगाएर संविधान सभा ल्याएकाले जीत नेकपा माओवादी कै हुनेछ ।' संविधान सभामा माओवादीले हासिल गर्ने जीत नेपाली कांग्रेस र एमालेको हार होइन भारत अमेरिकाको हार हुने दावीपनि उनले गरे । प्रत्येक पार्टीकालागि संविधान सभा अग्निपरीक्षा भएको बताउँदै उनले पार्टीभन्दापनि जनताकालागि संविधान सभा सबैभन्दा ठूलो अग्नि परीक्षाको रुपमा खडा भएको बताए । उनको भनाई थियो- 'विगत १६-१७ वर्षमा सांसदको किनबेच गर्ने भ्रष्टाचार गर्नेहरुलाई नै जनताले विजयी बनाएर पठाए भने त्यो अग्निपरीक्षामा जनता फेल हुनेछन् । र हाम्रो पछिल्लो पुस्ताले हामीलाई धिक्कार्नेछ । त्यसैले संविधान सभाको उद्देश्य पुरा गर्न जनताले नेकपा माओवादी लाई विजयी बनाउनुपर्छ ।'

संविधान सभाकालागि आफ्नो पार्टीले १३ हजारको बलिदान दिएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले संविधान सभाकालागि संघर्ष गर्दा कंाग्रेस र एमाले मिलेर संकटकाल लगाएको आरोप लगाए । 'संविधान सभाकालागि हामी रोल्पा-रुकुमका गाउँहरुमा बैठक बसिरहेका हुन्थ्यौं । त्यो बेला सत्तामा रहेका कांग्रेस एमाले भने सेना लगाएर हामी बैठक बसिरहेका घरमाथि हेलिकोप्टर उडाउँथे र हामीमाथि बम खसाल्थे' प्रचण्डले भने- 'संविधान सभा र गणतन्त्रको विरुद्ध यसरी खनिनेहरु अहिले आफूलाई संविधान सभा र गणतन्त्रको पक्षधर देखाउन खोजिरहेका छन् । र जनताको आँखामा छारो हाल्न खोजिरहेका छन् ।' माओवादीको सम्भावित विजयबाट अत्तालिएकाहरुले आफू भूमिगत जाने हल्ला चलाएको आरोपपनि लगाए । आक्रोसित मुद्रामा उनले भने- 'कतिपय पत्रिकाले प्रचण्ड डराएर भूमिगत जान लाग्यो भनेर लेखेका छन् तर प्रचण्ड डराएर भूमिगत जाने होइन आवस्यक पर्यो भने गणतन्त्रकालागि प्रचण्ड जनताको विशाल सागर लिएर अब नारायणहिटी घेर्न जानेछ ।'

देशव्यापी रुपमा माओवादीको पक्षमा लहर आएको बताउँदै प्रचण्डले यो कुरा पत्याउन कांग्रेस एमालेलाई गार् हो परिरहेको बताए । 'प्रतिकृयावादीहरु सत्य कुरा ढिलोगरी पत्याउँछन् राजा ज्ञानेन्द्रलेपनि आफू सिकंदैछु भन्ने कुरा निकै ढिलो गरी पत्याएका थिए' उनको भनाई थियो- 'माओवादीको पक्षमा आएको जनलहरले उनीहरुलाई समाप्त पार्नेछ चैत्र २८ गतेपछिमात्र आफूहरु सकिन लागेको कुरा कांग्रेस एमालेले थाहा पाउनेछन् ।' उनले नेपाली सेनापनि माओवादीको पक्षमा उभिएको दावी गरे । उनको भनाई थियो- 'सेना प्रहरीकालाई माओवादी भनेका राक्षस हुन् भनेर सिकाइएको थियो जव हामी वार्तामा आयौं उनीहरुले हामी वास्तवमा उनीहरुकै परिवारकालागि लडेका रहेछौं भन्ने कुरा उनीहरुले बुझिसकेका छन् । अव उनीहरुलेपनि नेकपा माओवादी लाई भोट हाल्नेछन् ।' उनले राजाको पक्षमा दाम राख्ने एमाले कांग्रेसका नेताहरु जनताको पंक्तिबाट तिरस्कृत भैसकेकोपनि बताए ।

माओवादीलाई महासागरको अनुभव
सभालाई माओवादीका बौद्धिक नेता डा. बाबुराम भटराईलेपनि सम्बोधन गरेका थिए । माओवादीलाई चुनावी अनुभव नभएकोले उसले चुनाव हार्छ भन्ने गलत प्रचारमा कांग्रेस-एमाले लागेको बताउँदै उनले यस्तो प्रचारको प्रतिवाद गरेका थिए । उनको भनाई थियो- 'कांग्रेस, एमालेसँग भएको अनुभव भनेको फोहोर आहालमा पौडँदा प्राप्त अनुभव हो तर संविधान सभा संसदको चुनावजस्तो फोहोरी आहाल होइन बरु संविधान सभा भनेको परिवर्तनकामी जनताको विशाल महासागर हो ।' जनताको महासागर कसरी पौडेर तर्न सकिन्छ भन्ने कुरा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन अनुभव गरेर आएको हाम्रो पार्टीलाई उनले राजतन्त्र आर्यघाटमा पुगेको बताउँदै चैत्र २८ गतॆ विजय हासिल गरेपछि आर्यघाटमा गएर माओवादीले राजतन्त्रलाई दागबत्ती दिनेपनि बताए ।

पछिल्ला दिनसम्म आइपुग्दा कांग्रेस र एमालेको चुनावी हिसाव किताव बिग्रेको तर्कपनि उनले गरे । 'हामीले ०५४ को स्थानीय निर्वाचन बहिस्कार गरेका थियौं ०५६ को निर्वाचनमापनि भाग लिएनौं कांग्रेस-एमाले हामीले भागै नलिएको चुनावमा माओवादीले एकसिटपनि जितेका थिएनन् त्यसैले अवको चुनावमापनि माओवादीले जित्दैनन् भन्ने हाँसोउठ्दो प्रचारमा लागेका छन्' उनले भने- 'उनीहरुको हिसाव किताव अहिले बिगि्रएको छ उनीहरु अब नयाँ हिसाव किताव गर्नकालागि तैयार भएर बस्नु जरुरी छ । नयाँ हिसाव कितावकालागि तैयार भएनन् भने त्यो बेला घाटा उनीहरुलाई नै हुन्छ ।' नेपाली कांग्रेस र एमाले अझै राजा राख्ने योजनामा रहेको बताउँदै त्यसैकालागि कार्यकारीअधिकारसहितको प्रधानमन्त्रीको वकालत उनीहरुले गरेको आरोपपनि उनले लगाए । 'गणतन्त्रमा जाने योजना भएको भए उनीहरुले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिने भन्ने थिएनन्' उनको भनाई थियो- 'गणतन्त्रात्मक भावी नेपालको कार्यकारी अधिकार राष्ट्रपतिमा रहने उल्लेख गरेर हामीले गणतन्त्रको ग्यारेन्टी गरेका छौं ।'

माओवादीलाई मत दिन आग्रह
माओवादी सभामा नागरिक समाजका स्वतन्त्र व्यक्तित्वहरुलेपनि सम्बोधन गरेका थिए । यी मध्ये एक थिए- चर्चित लेखक खगेन्द्र संग्रौला । 'म स्वतन्त्र मानिस हुँ तर स्वतन्त्र हुँ भन्दैमा इतिहासको यस्तो निर्णायक घडीमा कोहीपनि तटस्थ बस्न सक्दैन' उनले भने- 'हामी यतिबेला इतिहासको निकै महत्वपूर्ण घडीमा छौं ठूलो परिवर्तनको यो क्षणमा हामी तटस्थ बन्दा खराव पक्षको जीत भयो भने इतिहासले हामीलाई धिक्कार्नेछ ।' उनले माओवादीको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले राजा ज्ञानेन्द्रको िसंहासन हल्लिएपनि राजतन्त्र ढलिनसकेको बताउँदै माओवादीकेा विजयलेमात्र गणतान्त्रिक नेपाल सम्भव हुने बताए । 'त्यसैले म तपाईंहरुका सामुन्ने माओवादीको पक्षमा भोट माग्न आएको हुँ' उनले भने- 'माओवादीका केही गल्ती कमजोरी छन् भने सुधार्न भनौंला तर यो क्षण भनेको हजारौं शहीदहरुको सपना पुरा गर्न माओवादीलाई विजय गराएर संघीय गणतन्त्रको स्थापना गर्ने बेला हो ।' उनले नेपाली कांग्रेसकै उम्मेदवार भएपनि नरहरि आचार्यजस्ता गणतन्त्रवादी उम्मेदवार काठमाडौं-५ मा जिताउन नेकपा माओवादी लेपनि भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए।

संग्रौलाले संसदवादी पार्टीहरुको १४ वर्षे शासनकालमा अपराधै-अपराध गरेको आरोपपनि लगाए । 'महाकाली सन्धिपनि अपराध थियो सत्ताकालागि सांसदहरुको किनबेच अर्काे अपराध थियो राजा बीरेन्द्रको बंशनाश गर्ने ज्ञानेन्द्रको पाउमा दाम राखेर मान्यता दिनुपनि अपराधै हो'[ उनले भने- 'यस्ता व्यक्तिहरुले संविधानसभामा जितेभने अपराधको रक्षा हुन्छ राजा ज्ञानेन्द्रको जीत हुन्छ ।' भावुक मुद्रामा उनले भने- 'यस्ता व्यक्तिहरुलाई जिताएर भविष्यको पुस्ताले धिक्कार्ने पात्र हामी कोहीपनि नहोऊँ ।' राजधानीका पन्धैजना माओवादी उम्मेदवारहरु ज्यान हत्केलामा राखी जनयुद्ध गरेर आएकाले उनीहरु बिग्रने सम्भावना कम भएको बताए । संग्रौलाको भनाई थियॊ- 'माओवादीका नेता बिग्रन लागे भने खवरदारी गर्ने ठूलो पंक्ति त्यही पार्टीभित्र छ उनीहरुका शहीद र बेपत्ता परिवारले उनीहरुलाई बिग्रन दिने छैनन् ।'

कार्यक्रममा वरिष्ठ जनकलाकारहरु रामेश शम्भु राई लगायतलेपनि बोलेका थिए । आफू विगतका निर्वाचनमा नेकपा एमाले को पक्षमा भोट माग्दै िहंडेपनि सो पार्टीले जनतामाथि घात गरेको बताउँदै रामेशलेपनि संविधान सभामा माओवादीलाई विजयी बनाउनुपर्ने बताए । ३० को दशकदेखि नै एमालेको पक्षमा गाउँदै आएका जनकलाकार शम्भु राईलेपनि एमाले सुरा-सुन्दरी र पजेरोको पछि कुँदेर जनतामाथि घात गरेको आरोप लगाए । एमाले महासचिव माधव नेपालले राजा ज्ञानेन्द्रको पाउमा दाम चढाएको घटनाप्रति लक्ष्यित गर्दै बनाइएको गीतपनि कलाकार शंभु राई र जीतेन राईले गाएका थिए । गीतको बोल थियोः

भविष्य फैसला गर्ने दिन आयो
दुष्ट बैरी बेइमानीको अव दिन गयो
चलखेल गर्नेलाई चलखेल गर्नेलाई
डाँडा कटाऊँ मोहर राखी ढोग गर्नेलाई
ढुक्कसँग भोट दिऊँ माओवादीलाई

त्यसो त सो कार्यक्रममा कतिपय पूर्व एमाले कार्यकर्ताहरु चुनावमा माओवादीलाई सघाउने उद्घोषका साथ एमाले महासचिव माधव नेपालले राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाएको फोटो व्यङ्गीस्वरुप बोकेर आएका थिए । कार्यक्रममा एमालेको ९ महिने शासनकालमा जापानकालागि राजदूत बनाइएका डा. विष्णुहरि नेपाल एमाले त्यागेर माओवादीमा प्रवेश गरेको घोषणापनि गरिएको थियो ।
-सीताराम बराल (Sitaram Baral)

तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®