|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीको चुनावी अग्रता बढ्दो काठमाडौं, April 13, 2008-चुनावी मत गणनाको परिणामहरुमा माओवादीले अरु बढि अग्रता हासिल गरेको छ । उसले प्रत्यक्षतर्फको परिणाममा स्पष्ट बहुमत ल्याउने देखिएको छ भने प्रत्यक्षतर्फभन्दा समानुपातिक तर्फ अझ बढि मत ल्याउने देखिएको छ । नयाँ वर्षको प्रारम्भ माओवादीकालागि सुखद देखिएको छ । नयाँ वर्ष २०६४ विहानसम्म घोषित ७७ स्थानका परिणामध्ये माओवादीका उम्मेदवारहरुले ४४ स्थानमा विजय हासिल गरेका छन् । माओवादीका कुनैपनि शीर्ष नेताले चुनाव हार्नुपरेको छैन । विजयी शीर्ष नेताहरुपनि अत्याधिक मतले जितेका छन् । माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं १ र रोल्पा २ दुवै स्थानमा विजयी बन्नु भएको छ । दुई स्थानमा चुनाव लडेका अर्का माओवादी नेता देव गुरुङ्गपनि मनाङ्गका अलवा कास्की- १ एमाले केन्द्रीय सदस्य खगराज अधिकारीलाई हराउदै विजयको ताज पहिरिनु भएको छ । एमाले गढ कास्कीका ३ क्षेत्रमा माओवादीले विजय हासिल गरेको छ । कास्की ३ मा भने एमालेका लोकपि्रय नेता रवीन्द्र अधिकारी विजय हुनु भएको छ । घोषित परिणाममध्ये १४ स्थानमा विजय हासिल गरी एमाले दोश्रो स्थानमा छ भने नेपाली कांग्रेसले १२ स्थानमा विजय हासिल गरेको छ । मधेश जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रम पुत्री सुजाता कोइरालालाई तेश्रो स्थानमा छोड्दै सुनसरी ५ बाट विजय हासिल गरेका छन् । अर्का नेता विजय गच्छेदार मोरङ्ग ७ बाट विजय भएका छन् । उनीबाट कांग्रेसका डा। शेखर कोइराला पराजित भएका छन् । फोरमले अहिलेसम्म ५ स्थानमा विजय हासिल गरेको छ भने तराई मधेश लोकतान्त्रिक पार्टीले एक स्थानमा जितेको छ । मजदुर किसान पार्टीले भक्तपुरका दुई स्थानमा विजय हासिल गरेको छ । अव उसले जित्नसक्ने स्थानहरु बाँकी छैनन् । कांग्रेस-एमालेको किल्ला मानिएको मोरङ्गका ९ मध्ये ४ स्थानमा माओवादी अगाडि देखिएको छ । झापा- ६ मा एमालेका दीपक कार्कीले विजय हासिल गरेपनि गृहमन्त्री कृष्णप्रसाद सिटौला एमाले नेता केपी शर्मा ओली कांग्रेस नेता चक्र बास्तोलाजस्ता हस्तीहरुलाई पछाडि पार्दै माओवादी उम्मेदवारहरु अग्रस्थानमा छन् । माओवादी उम्मेदवार अघि भएपनि तीब्र प्रतिस्पर्धाको स्थिति देखिएको छ । सुनसरी- २ मा माओवादी उम्मेदवार बनेका 'शाही नेपाली सेना' का पूर्व जर्नेल कुमार फुदोङ्ग अग्रस्थानमा छन् । 'लाहुरेहरुको शहर' भनेर चिनिने धरान रहेको सुनसरी- १ मा माओवादी उम्मेदवार एबं जनमुक्ति सेनाका पूर्व बि्रगेड कमाण्डर किरण राईले धरानका पूर्व मेयर एमाले उम्मेदवार मनोज मेयाङ्गोलाई ५ हजार मतले पछाडि छोड्दै विजयको निकट पुगेका छन् । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®