![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादी र मसाल-जनमोर्चाबिच
१६ क्षेत्रमा चुनावी तालमेल संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
March 26, 2008-कांग्रेस
र एमाले एक्ला एक्लै चुनाव लड्ने तयारी गरिरहेको बेला माओवादी र जन मोर्चा
बिच भएको चुनावी तालमेलले यि दुई ठुला दलहरुलाई अप्ठ्यारो पार्ने निस्चित
भएको छ।जसअनुसार नेकपा माओवादी ले एकता केन्द्र-मसालको चुनावी मोर्चा जनमोर्चा नेपालका झापा- ७ का उम्मेदवार युक्त भेटवाललाई सघाउने भएको छ । सो क्षेत्रमा नेकपा एमाले का शीर्ष नेता केपी ओली उठेका छन् । ०५६ को निर्वाचनमा एमालेका उम्मेदवार रहेका भेटवाल जम्मा २६ मतले कांग्रेसका चक्र बास्तोलाबाट पराजित भएका थिए । नेकपा
माओवादी र नेकपा एकता केन्द्र-मसाल पार्टी एकता गर्ने टुङ्गोमा पुगेका छन्
। चुनावपछि पार्टी एकता हुने बताएका उनीहरुले देशव्यापी रुपमा चुनावी
तालमेलपनि सुरु गरेका छन् । माओवादी र जनमोर्चाबीचको एकता एमालेका ओलीको
चुनावी अभियानकालागि खतराको संकेत बनेको छ ।जनमोर्चाले झापा- ४ मा माओवादीलाई समर्थन गरेको छ । त्यहाँपनि जनमोर्चाकै भेटवालले उम्मेदवारी दिएका छन् । तर उनको समर्थन अब माओवादीकी धर्मशीला चापागाईंले पाउने भएकी छन् । त्यस क्षेत्रमा कांग्रेसका चक्र बास्तोला र एमालेका देबेन्द्र दाहाल उम्मेदवार छन् । झापा- ४ माओवादीको सबैभन्दा बलियो क्षेत्र मानिएको छ । माओवादी र जनमोर्चाबीचको एकतापछि झापाको चुनाव साँच्चिकै प्रतिस्पर्धात्मक बनेको छ । जनमोर्चाले माओवादीकालागि सिन्धुली- १ र सिन्धुली- २ छाडिदिएको छ । त्यहाँ माओवादीका क्रमशः शान्तिमान कार्की ०५६ मा त्यही क्षेत्रबाट एमाले उम्मेदवार र सीपी गजुरेल उम्मेदवार छन् । माओवादीले जनमोर्चालाई सिन्धुली- ३ खालि गरिदिएको छ जहाँ जनमोर्चाका उपाध्यक्ष लीलामणि पोखरेल उठेका छन् । पोखरेलले ०५८ मा त्यही क्षेत्रबाट बिजय हासिल गरेका थिए । माओवादी एमाले र जनमोर्चाको समान जनाधार रहेको सिन्धुलीमा यी दुई पार्टीको चुनावी एकतापछि एमाले अप्ठेरोमा परेको छ । महोत्तरी- १ मा माओवादीले जनमोर्चालाई सघाउने भएको छ त्यहाँ जनमोर्चाबाट स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार छन् । महोत्तरी- २ मा भने माओवादीलाई छोडिएको छ जहाँ माओवादीबाट रामकुमार राय यादव प्रतिस्पर्धा गर्दैछन् । सर्लाही- १ र सर्लाही- २ मापनि चुनावी तालमेल भएको छ । अब सर्लाही- १ मा जनमोर्चाले माओवादीका लुमडी धिताल र सर्लाही- २ मा माओवादीले जनमोर्चाका प्रल्हाद बुढाथोकीलाई सघाउनेछन् । चितवन- २ मा माओवादी शीर्षस्थ नेता रामबहादुर थापा बादल लाई जनमोर्चाले समर्थन गरेको छ भने जनमोर्चा अध्यक्ष अमिक शेरचन उठेको चितवन- ५ मा माओवादीले सघाउने भएको छ । चितवन- ४ मापनि चुनावी तालमेल भएको छ जहाँ जनमोर्चाले माओवादीका चित्रबहादुर श्रेष्ठलाई सघाउनेछ । यसैगरी सिरहा- ४ मा जनमोर्चा उम्मेदवार बनेका रामरिझन यादवलाई माओवादीले सघाउने भएको छ भने सिरहा-२ मा माओवादीका विष्णुदेब यादवलाई जनमोर्चाले सघाउने भएको छ । जनमोर्चाले माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएको काठमाडौं- १० र रोल्पा- २ मापनि माओवादीलाई सघाउनेछ । चुनावी एकतासँगै दुवै पार्टीले पार्टी एकताकालागिपनि अन्तिम तैयारी गरेका छन् । यसकालागि एकता संयोजन समितिको निर्माण भैसेकेको छ । सो समितिमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकता केन्द्र-मसाल का महासचिव प्रकाश नारायणकाजी श्रेष्ठ छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®