|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादी कमाण्डर
उम्मेदवारलाई चार बाम उम्मेदवारहरुले सघाउने Barshaman Pun Magar 'Anant' बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 29, 2008-काठमाडौं उपत्यकाको ललितपुर- १ मा माओवादीको तर्फबाट उम्मेदवार जनमुक्ति सेनाका डेपुटी कमाण्डर बर्षमान पुनमगर 'अनन्त' लाई चार वटा बाम पार्टीका उम्मेदवारहरुले आ-आफ्नो उम्मेदारी निस्कृय पारेर चुनावमा सघाउने भएका छन् । बीचमा माओवादीको तर्फबाट ललितपुर- १ का उम्मेदवार वर्षमान पुन 'अनन्त' र दायाँ ठक्कर शर्मा, वायाँ क्रमशः सन्तमान तामाङ्ग र आकाश लामा Barshaman Pun Magar 'Anant' (center), Thakkar Sharma (left), Santaman Tamang and Akash Lama (right). Photos: Siarb शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माले का त्यस क्षेत्रका उम्मेदवार सन्तमान तामाङ्ग, संघीय लोकतान्त्रिक संघीय मन्चका उम्मेदवार रत्न लामाले आफ्नो उम्मेदवारी रद्द गरेर 'अनन्त' लाई सघाउने बताए । उनीहरुले सोही अवसरमा नेकपा माओवादी मा प्रबेश गरेको घोषणापनि गरे । यसैगरी, समानुपातिक प्रणाली तर्फबाट नेकपा एकिकृत का उम्मेदवार ठक्कर शर्मापनि उम्मेदवारी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । पत्रकार सम्मेलनमा उपस्थित जनमोर्चा नेपालका उम्मेदवार आकाश लामालेपनि गणतन्त्र सुनिश्चितताकालागि माओवादीको जीत आवस्यक भएको बताउँदै आफ्नो उम्मेदवारी त्याग गरी माओवादी प्रवेशको घोषणा गरे । उनीहरु दुवै जनाले आफूहरु 'अनन्त' को चुनाव प्रचारमा खटिएको जानकारीपनि दिए । ललितपुर- १ मा जनमोर्चा नेपालको पनि राम्रो प्रभाव छ । माओवादी प्रवेश गरेका लामाले वामपन्थी मत बाँढिदा गणतन्त्रवादी शक्तिलाई बेफाइदा हुने बताउँदै आफू उम्मेदवार रद्द गरेर माओवादीलाई सघाउने निर्णयमा पुगेको बताए । शर्माको भनाईपनि उस्तै थियो । साना
बाम र जनजाति उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिई माओवादी नेता
'अनन्त' लाई सघाउने घोषणा गरेपछि उनको स्थिति अरु सुदृढ भएको बताइएको छ ।
रोल्पा माडिचौरका स्थायी बासिन्दा भएपनि 'अनन्त' विगत ३-४ वर्ष माओवादीको
उपत्यकाभित्रको आधार इलाका मानिने ललितपुर- १ को ग्रामिण वस्तीमा रहेर
पार्टी संगठन गरेका थिए ।सो क्षेत्रमा नेकपा एमाले बाट जिल्ला पार्टी सचिव मधुसुदन पौडेल, नेपाली कांग्रेसका उदय शमशेर राणा र जनशक्ति पार्टीका महामन्त्री केशरबहादुर विष्टपनि उम्मेदवार छन् । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®