संविधान सभा उपाध्यक्षमा माओवादी सभासद
पूर्णाकुमारी सुवेदी निर्वाचित
काठमाण्डौं, November
28, 2008-
संविधान सभा उपाध्यक्षमा नेकपा माओवादी सभासद पूर्णाकुमारी सुवेदी
निर्वाचित भएकी छन् । मंसिर १३ गते भएको निर्वाचनमा उनले ५ सय ५ मध्ये ३ सय
४६ मत प्राप्त गरेकी थिइन् ।
सुवेदीको विपक्षमा ६९ मत परेको थियो भने ९० मत तटस्थ रहेको थियो । बाँके
क्षेत्र नम्बर चारबाट निर्वाचित उपाध्यक्ष सुवेदीले विजय भएपछि
सन्चारकर्मीलाई दिएको संक्षिप्त प्रतिकि्रयामा उत्पीडित महिलाहरुको पक्षमा
संविधान बनाउने प्रतिबद्धता जनाइन् ।
संविधान सभा उपाध्यक्ष पदमा सुवेदी वाहेक पाँच जनाको उम्मेदवारी परेको थियो
। उपाध्यक्ष पदका अर्का प्रत्यासी प्रतिभा राणाको पक्षमा १ सय १४, विपक्षमा
२ सय ६२ तथा १ सय ८३ मत तटस्थ रहेको थियो । यसै गरी अर्का उम्मेदवार खोभारी
रायले जम्मा ८ मत पाए । उनको विपक्षमा २ सय ३१ तथा तटस्थ २ सय ७७ मत रहेको
थियो ।
नेमकिपाकी लिला न्याइच्याईले १ सय १५ मत प्राप्त गरिन् उनको विपक्षमा २ सय
१७ मत परेको थियो । न्याइच्याईलाई मतदान गर्दा १ सय ७५ जना तटस्थ बसे ।
बाँकी दुई उम्मेदवार निलम खड्का र रमणी रामलाई भने मत विभाजन गर्नै परेन ।