Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Malayasia

मलेसियामा नेपालीहरुको चहल पहल



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

मलेसियामा पहिलोपटक हवाईपत्रिका दीपान्‍जलीको प्रकाशन


Organizers and guests during the release of Deepalnjali magazine. Photo: Devendra

मलेसिया, December 14, 2008- मलेसियामा पहिलोपटक हवाईपत्रिकाको प्रकाशन भई आइतबार चर्चित साहित्यकार तथा काटुनिष्ट मनि राई 'गोठाले'ले रेष्टुरेन्ट जीरेखुरसा्नीमा एक समारोहको बीच विमोचन गर्नुभएको छ ।

प्रवासमा पहिलोपटक गजलप्रधान पत्रिका प्रकाशन गरिएको दावी गरिएको दीपान्‍जलीको संरक्षकमा टंक चन्द रहेका छन् भने सम्पादकमा रुद्र मिश्र रहेका छन् । अनाममण्डलीद्धारा प्रकाशित दीपान्‍जली हवाई पत्रिका विमोचन समारोहमा अनेसासका पूर्व अध्यक्ष जीवन देवान गाउँले, अध्यक्ष टंक चन्द, उपाध्यक्ष इन्द्र जिजीविषा, पूर्व सदस्य दिलदुःखी जन्तरे, सन्‍जय राई छुच्चा, द पृष्ठभूमि साप्ताहिकका सुन्दर आले आदिको उपस्थिति रहेको थियो । सो कार्यक्रमसँगसँगै मलेसियामा आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका अनाममण्डलीका अध्यक्ष श्रीजनश्रीलाई विदाईसमेत गरिएको थियो ।

कार्यक्रम अनाममण्डलीका अध्यक्ष श्रीजनश्रीको सभापतित्व र सचिव हरि रानाभाटको सन्‍चालनमा सम्पन्न भएको थियो ।

युनिक एक्स्चेन्जद्धारा ४ जना नेपालीलाई इन्स्यूरेन्स प्रदान

मलेसिया, December 14, 2008- मलेसियाबाट सहुलित ढंगले नेपाल पैसा पठाइरहेको संस्था युनिक एक्सचेन्जले चार जना नेपालीलाई इन्स्यूरेन्स प्रदान गरेको छ । इन्स्यूरेन्स पाउनेहरुमा ववुवा-९ गोर्खाका राजुप्रसाद भट्टराई, धनुषा जनकपूरका जीतेन्द्रप्रसाद शाह, विरगन्‍जका विजुप्रसाद कुर्मी रहेका छन् । युनिक एक्सचेन्जबाट पैसा पठाएको ६० दिनभित्र केही भएमा वीमा दिने व्यवस्था गरेअनुसार सो इन्स्यूरेन्स प्राप्त गरेका हुन् ।
 
घाइतेहरुको सामान्य औला काटिएको र हात भाच्चिएको कारण आरएम ४०० (नेपाली ८ हजार) बराबरको इन्स्यूरेन्स प्रदान गरिएको थियो । करिब ९ हजार जति नियमित रुपमा युनिक एक्सचेन्जबाट पैसा पठाउनेहरुको लागि इन्स्यूरेन्स कम्पनीमा दर्ता गराइएको तर हालसम्म १२ जना जतिको मात्र निवेदन पर्न आएको र इन्स्यूरेन्स कम्पनीबाट २ जनालाई दिन भनेर आएता पनि युनिक एक्सचेन्जले थप २ जना थपेर ४ जनालाई दिएको कुरा प्रवन्धक भीम शेरचनले बताउनुभयो ।

मलेसियाका तामाङहरुको 'मुग्लाना काअी' को प्रकाशन


Karma Gurung releasing Muglani Kai. Photo: Devendra

मलेसिया, December 14, 2008- क्वालालम्पुर प्रवासी तामाङ एकता समाज मलेसियाद्धारा प्रकाशित मुखपत्र 'मुग्लाना काअी'को शनिबार नेपाल विजनेश सोसाइटी अफ मलेसियाका अध्यक्ष कर्मा गुरुङले विमोचन गर्नुभएको छ ।

तामाङहरुको राज्य अवधारणा, कलाकार, वेवसाइट, संस्कार, लिपि, भाषा, सामान्य गणित, थरहरुको सम्पूर्ण जानकारीसहित प्रकाशित भएको मुग्लाना काअीको विमोचन समारोहमा किरात राई यायोख्खाका सन्‍जय राई छुच्चा, प्रवासी तनहुँ समाजका नेत्र पौडेल, प्रवासी मगर संघका सुन्दर आले, द पृष्ठभूमि साप्ताहिकका सुनिल चालिसे र नेपाल मलायाखबर डटकमका रुसाहाङ चेम्जोङले शुभकामना दिनुभएको थियो ।

कुमार लामाद्धारा सम्पादित मुग्लाना काअीमा अमृत योन्‍जन, खोजराज गोले, विष्णु लामा, नरवीर लामाको खोजपूर्ण र अनुसन्धानात्मक लेखहरु रहेका छन् । त्यस्तै जापानको लागि नेपाली राजदुत डा. गणेश योन्‍जनको अन्तर्वार्ता, पहिलो तामाङ गायकको जीवनी मुग्लानाकाअीको महत्वपूर्ण अंश बनेको छ । प्रवासी तामाङ एकता समाजको अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा रहेको कार्यक्रमलाई यम मोक्तानले सन्‍चालन गरेका थिए ।

ताप्लेजुङ पाथीभरा प्रवास समितिको अधिवेशन

मलेसिया, December 14, 2008- ताप्लेजुङ पाथीभरा प्रवास समितिको प्रथम अधिवेशन आइतबार कोतारायामा सम्पन्न भएको छ । सो अधिवेशनले विनु ओझाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ ।

जसको उपाध्यक्षमा राधिका गुरुङ, सचिव भरत केदेम, सहसचिव डिल्ली डिकी, कोषाध्यक्ष नरबहादुर कटुवाल, सहकोषाध्यक्ष तारा थलङ लिम्बू र सदस्यहरुमा कविर साम्बा, पेम्बा शेर्पा, राजकुमार लिम्बू, हंशवीर लिम्बू, खड्क लिम्बू, निमडिकी शेर्पा, दिनेश लामा, रामकुमार विक, दुर्गा पालुङ्वा, इन्द्र कटुवाल, तीलबहादुर विष्ट, दावा शेर्पा, देवी वराइली रहेका छन् । त्यसैगरी सल्लाहकारमा सुवास अग्रवाल, जीतमान लिम्बू, विश्व राई, संरक्षक पर्शुराम चोङबाङ र संयोजक मोहन थेवे रहेका छन् ।

किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष पर्शुराम चोङबाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको विधान पनि सार्वजानिक गरिएको थियो ।

-Devendra Surkeli in Malayasia
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®