|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सबै दल खुशी: संविधान सभा र व्यवस्थापिकाका समितिका
सभापतिहरुको बाँडिचुडि काठमाण्डौं, January 12, 2009- संविधान सभा र व्यवस्थापिका संसद अन्तर्गतका समितिका सभापति कुन कुन पार्टीको हुने भन्ने विषयमा प्रमुख चार दलवीच सहमती भएको छ । एमाले संविधान सभा दलको कार्यालयमा पुस २८ गते बसेको माओवादी, काँग्रेस, एमाले र फोरमको वैठकले यस्तो सहमती गरेको हो । सहमती अनुसार माओवादीले ७, काँग्रेस र एमालेले ५/५, फोरमले ३, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ जना सभापति पाउनेछन् । वैठकपछि माओवादी नेता देव गुरुङ्गले दिएको जानकारी अनुसार माओवादीले राज्य पुनरसंरचना तथा शक्तिको बाँडफाँड समिति, राष्ट्रिय हितको संरक्षण समिति, प्राकृतिक स्रोत र आर्थिक अधिकार र राजश्व बाँडफाँड समिति, न्याय प्रणाली सम्बन्धी समिति, विकास समिति र संसदीय सुनुवाई विशेष समितिको सभापति लिने सहमती भएको छ । यसैगरी नेपाली काँग्रेसले राज्यको शासकीय स्वरुपको निर्धारण समिति, नागरिक सम्बन्ध समिति, व्यवस्थापकिय अंगको स्वरुप निर्धारण समिति, सार्वजनिक लेखा समिति तथा अर्थ र श्रम सम्बन्ध समिति पाउने भएको छ । नेकपा एमालेले संवैधानिक समिति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, राज्य व्यवस्था समिति र प्राकृतिक श्रोत साधन समिति लिने भएको छ । मधेशी जनअधिकार फोरमले क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति, जनमत संकलन तथा समन्वय समिति र महिला, वालवालिका तथा समाजकल्याण समिति लिने भएको छ । अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति, विधान समिति, संवैधानिका निकायको संरचना निर्धारण समिति, सांस्कृति र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति मध्येका सभापति तराई मधेश लोकतान्त्रि पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादीले पाउने भएको छ । सुरक्षा विशेष समितिमा भने सभामुख नै पदेन सभापति रहने व्यवस्था छ । सभापतिको लागि उम्मेदवारी दिने समय पुस २८ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||