Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माघीको महिमा: दुई ठाउँमा थारु राष्ट्रिय माघी महोत्सव शुरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जनक्रान्तिलाई सफल बनाउन थारु समुदायको महत्वपूर्ण योगदान- प्रधानमन्त्री
माघी पर्वको अवसर पारेर दाङलाई कम्लहरी मुक्त जिल्ला घोषणा


Photos: Santa

काठमाण्डौं,
January 14, 2009-
राजधानीमा रहेका थारु समुदायले माघी पर्व धुमधाम पूर्वक मनाएका छन् । त्यसैगरी बर्दियामा थारु राष्ट्रिय माघी महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले उदघाटन गर्नु भएको छ ।

राज्यले थारु तथा मगर समुदायको राष्ट्रिय पर्वको रुपमा मान्यतादिएपछि माघीको महत्व अझै बढेको थारु अधिकारकर्मी फूलमती चौधरीले युएसनेपाल अनलाईनलाई बताइन्‌ ।

थारुहरुले माघीमा आफ्नो अगुवा चुन्ने तथा नयाँ निर्णय गर्ने गर्छन्‌ । थारुहरुले आफ्नो अगुवालाई बडघर भलमन्सार भन्ने गर्छन्‌ । स्थानीय टोल समुदायमै निर्णय गर्ने थारुहरुको पुरानो प्रचलन नेपालमा संस्थागत हुन लागेको संघीय राज्य संरचनासँग दुरुस्तै मिल्ने जानकारहरु बताउँछन् ।

नेपालमा रहेका आदिवासी जनजातिहरुमा मगरपछि थारुहरुको जनसंख्या सबैभन्दा बढी रहेको छ । बाँके, बर्दिया, दाङ, नवलपरासी जस्ता थारु वाहुल्य क्षेत्रमा पनि माघी मनाएको समाचार प्राप्त भएको छ ।
  -Santa Bagam in Kathmandu



बर्दियामा दुई छुट्टा-छुट्टै ठाउँमा थारु राष्ट्रिय माघी महोत्सव शुरु

बर्दिया, January 14, 2009- माघी पर्बको अवसर पारेर आज बर्दियाका दुई छुट्टा-छुट्टै ठाउँमा थारु राष्ट्रिय माघी महोत्सव शुरु भएका छन्‌ ।

'थारु राष्ट्रिय माघी महोत्सव तथा पर्यटन मेलाको आव्हान, थारु भाषा, संस्कृति तथा गण प्रथाको पहिचान' भन्ने नाराका साथ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आयोजित महोत्सव ७ गतेसम्म चल्ने बताइएको छ ।

माओबादी सम्बद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको महोत्सवको उदघाटन दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नु भएको छ ।

महोत्सवमा २२ जिल्लाका थारु समुदायका परम्परागत साँस्कृतिक झाँकी, ऐतिहासिक वस्तु, सीप, कला तथा खानाका विविध परिकार प्रदर्शन गरिएका छन्‌ ।

यस्तै निकुञ्जका वन्यजन्तुको अवलोकन, हात्ती सफारी, विज्ञान सामग्री प्रदर्शनी र रमाइलो मेला महोत्सवको आकर्षणका रुपमा रहेको आयोजकले बताएका छन्‌ ।


Photos: Santa


Tharus celebrating Maghi in Kathmandu. Photos: Santa

यसैगरी भौराटप्पा सेवा समन्यव समितिले राजापुरमा आयोजना गरेको ५ दिने महोत्सवको उदघाटन स्थानीय विकास मन्त्री रामचन्द्र झाले गर्नुभएको छ ।

यसअघि राजापुर महोत्सवको उदघाटन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले गर्ने भनिएपनि उहाँ उपचारका लागि अस्पताल भर्ना भएपछि स्थानीय विकास मन्त्री झाले उदघाटन गर्नुभएको हो ।

थारु समुदायको धार्मिक पर्व माघीका अवसरमा आयोजित दुबै महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

सर्वहारालाई मुलुकको वास्तविक मालिक बनाउने प्रधानमन्त्रीको घोषणा


Photos: Santa

बर्दिया, January 14, 2009- प्रधानमन्त्री पुष्पकमल दाहालले अब बन्ने नयाँ संविधानले मजदुर र सर्वहारालाई मुलुकको वास्तविक मालिक बनाउने बताउनु भएको छ ।

बर्दियाको ठाकुरद्वारामा थारु राष्ट्रिय माघी महोत्सवको आज उदघाटन गर्दै उहाँले नयाँ संविधान मजदुर र सर्वहाराको पक्षमा बन्ने भन्दै यस्तो बताउनु भएको हो ।

आदिबासी, जनजातिलगायत सबै पिछडिएका वर्गको हक, अधिकारका लागि सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्रीले १ हप्ताभित्र सुकुम्बासी आयोग गठन गरिने जानकारी पनि दिनुभएको छ ।

उहाँले थारु समुदायमा व्याप्त कमलहरी प्रथा अन्त्यका लागि छिट्टै बैकल्पिक ब्यवस्थासहित कमलहरी मुक्त घोषणा गर्ने वचन पनि दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले तराईमा मुक्त कमैयाहरुको जग्गा बेदखल भैरहेको भन्दै मुक्त कमैयाहरुलाई पुनर्स्थापना गरी जमिनको मालिक नबनाएसम्म समस्या समाधान नहुने पनि उल्लेख गर्नुभएको छ ।

१० वर्षे जनक्रान्तिलाई सफल बनाउन थारु समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले त्यो योगदान खेर जान नदिने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

नेपालको शान्तिप्रक्रिया संसारकै लागि नमूना भएको बताउँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई भाँड्न अहिले पनि हलो अड्काएर गोरु चुट्ने काम भैरहेको टिप्पणी गर्नुभएको छ ।

अहिलेको राजनीतिक पुस्ताले सानो मात्रै गल्ति गरेपनि त्यसको सजाए भावी पुस्ताले व्यहोर्नुपर्ने उल्लेख गर्दै उहाँले अहिलेको नेतृत्व असफल भए मुलुकको अस्तित्व पनि संकटमा पर्ने औल्याउनु भएको छ ।

माघी पर्वको अवसरमा माओबादी सम्बद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको महोत्सवमा करिब २ सय स्टल रहेका छन्‌ भने महोत्सव ७ गतेसम्म चल्ने बताइएको छ ।

माघी पर्वको अवसर पारेर दाङलाई कम्लहरी मुक्त जिल्ला घोषणा

दाङ, January 14, 2009- थारु समुदायको प्रमुख पर्व माघीको अवसर पारेर दाङलाई कम्लहरी मुक्त जिल्ला घोषणा गरिएकोछ।

घोराहीमा आज गरिएको सभामा जिल्ला बाल कल्याण समितिले स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको पहलमा कम्लरी मुक्त नमूना जिल्ला घोषणा गरेको हो।

बालकल्याण समितिले कम्लरी बसेकाहरुको उद्धारका लागि कार्यदल र समितिकै नेतृत्वमा अनुगमन समिति पनि गठन गरिने भएको छ।

समितिका सचिव एवं महिला बिकास अधिकृत प्रभा श्रेष्ठले घोषणापत्र सार्वजनिक गर्दै अब पनि कसैले कम्लरी राखे कानूनी कारबाही गरिने चेतावनी दिनुभएको छ ।

कार्यक्रममा सभाषद शान्ता चौधरीले कमलरीहरुले अब आफ्नोअधिकारका लागि संगठित हुनुपर्नेमा जोड दिनुभएको छ ।

-Geban Mijhar in Surkhet
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®