|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
माघे सँक्रान्तिको अबसरमा मगर समुदायबाट ७ बुँदै संयुक्त घोषणापत्र सार्वजनिक |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Magar cultural performers in Kathmandu street on the occasion of Maghe Sankranti. This festival is declared recently as national festival by Nepal Government. Photo: Smita काठमाण्डौं, January 14, 2009- नेपाल सरकारले मगरहरुको मुख्य चाड मध्ये एक मानिने माघे सँक्रान्तिको मुखैमा उक्त चाडलाई राष्ट्रिय चाडको रुपमा मान्यता दिएको अबसरमा नेपाल मगर सँघ तथा विभिन्न राजनीतिक दलसम्बद्ध मगर सँघहरुले ७ बुँदै संयुक्त घोषणापत्र सार्वजनिक गरेको छ । माघ एक गते राजधानीको खुल्ला मन्चमा आयोजित भव्य समारोहमा सार्वजिनक घोषणा पत्रमा भनिएको छ- 'मगर जातिमाथि राज्यले अहिलेसम्म कायम गरेको जातीय, भाषीक, धार्मिक, सांस्कृतिक, लैंगिक, सामाजिक, आर्थिक, राजनीतिक विभेदहरुको अन्त्य गर्दै मगरहरुको हकहित र अधिकारलाई सुनिश्चित गर्न नयाँ संविधानमा आत्मनिर्णयको अधिकार र जातीय, क्षेत्रीय स्वशासनका आधारमा मगराँत स्वायक्त प्रदेश तथा उप स्वायत्त पद्रेशको माग सुनिश्चितताको माग गर्दछ ।' घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको हरेक अंगमा मगर जातिको जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिधित्वको माग गरेको छ । यसैगरी मगरात स्वायत्त तथा उपस्वायत्त प्रदेश स्थापना गर्दा उत्पीडित जाति, भाषा, धर्म, क्षेत्र, िलंग र वर्गका समुदायसँग वृहत मंच निर्माण तथा सहकार्य गरिने उल्लेख छ । |
|
![]() Magars taking part at the rally celebrating Maghe Sankranti in Kathmandu. Photo: Smita विभिन्न राजनीतिक पार्टीका ५ भातृ संगठन तथा मगरहरुको छाता संगठन नेपाल मगर संघका प्रमुखहरुको हस्ताक्षर रहेको सो घोषणापत्रमा आफूहरुको माग पुरा गराउन शान्ति पूर्ण आन्दोलन, दवाव र जनमत सिर्जनाका कार्यक्रमहरु केन्द्रदेखि स्थानीय तहसम्म निरन्तर प्रभावकारी ढंगले संचालन गरिने बताइएको छ । ![]() A moment of silence is observed to pay tribute to martyrs. Photo: Santa माघे संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वको मान्यता प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै चण्डी पूर्णिमा, भूम्या पुजा र रुङ पर्वलाई पनि मगर जातिको राष्ट्रिय पर्व घोषणा गर्न माग गरिएको छ । माथि उल्लेखित अधिकार प्राप्त गर्न मगर जातिलाई उच्चस्तरको संघर्ष गर्न अधिकार सुरक्षित रहेकोसमेत सो घोषणापत्रमा उल्लेख गरिएको छ । ![]() Magar leaders representing 4 political parties (Nepali Congress, UML, Maoists, CPN-Unified, & Rashtriya Jana Mukti Party) and Magar Association signing on the 7 points declaration which demands Magar Autonomous State and equal rights. Photo: Santa संयुक्त मगर मञ्चको तर्फबाट घोषित सो घोषणापत्रमा नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापा मगर, एकिकृत नेकपा माओवादी सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सन्तोष बुढा मगर, नेपाली काँग्रेससम्बद्ध नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष गणेशबहादुर थापा मगर, नेकपा एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष दलबहादुर राना मगर, नेकपा एकिकृत सम्बद्ध नेपाल मगर स्वशासित संघ एकिकृतका अध्यक्ष लीलबहादुर थापा मगर तथा राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध मगर हाङ परिषदका अध्यक्ष कर्णबहादुर सुनारी मगरले हस्ताक्षर गरेका छन् । ![]() Defense Minister Rambahadur Thapa Magar "Badal" speaking at the festival in Khula Manch, Kathmandu. Photo: Smita यसैवीच काठमाडौंको खुल्लामा मञ्चमा आयोजित कार्यक्रममा बोल्दै रक्षा मन्त्री रामबहादुर थापा मगर 'बादल'ले नया संविधान निर्माण तथा राज्यपुनरसंरचनामा विगतमा जस्तै मगरहरुले अग्रणी भूमिका निभाउनु पर्ने धारणा राखे । ![]() Leader of Magar community at the festival: L to R: CA Member Parbati (Urmila) Rana Magar, Defense Minister Rambahadur Thapa Magar 'Badal', CA Member MS Thapa Magar, Maoist leader and Minister of Peace & Reconstruction Janardan Sharma "Prabhkar" and Nepal Magar Association Chairman Jhakbahadur Thapa Magar. Photo: Santa सोही कार्यक्रममा बोल्दै शान्ति तथा पुनरनिर्माण मन्त्री जर्नादन शर्मा 'प्रभाकर'ले राजनीतिक दलहरुले एकताको पाठ मगरहरुबाट सिक्नु पर्ने धारणा राखे । मन्त्री शर्माले दलहरुवीच भएको १२ बुँदै समझदारीको सट्टा ३ बुँदै समझदारी गर्नु पर्ने र्अौल्याए । उनले संविधान निर्माणको लागि समानुपाति र समावेशी सिद्धान्तको ग्यारेन्टी, राज्यको स्वरुपको बारेमा स्पष्ट दृष्टिकोण तथा प्राकृतिक साधन स्रोतमा जनताको स्वामित्व स्थपना गर्नु पर्ने समझदारी गर्न आवश्यक भएको बताए । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले फरक फरक विचार र सिद्धान्त भएपनि सम्पूर्ण मगरहरुले आफ्नो हक, अधिकारको सुनिश्चितताको लागि साझा मञ्च खडा गरेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखेका थिए । ![]() Young Magar girl smiles after receiving NISRO - worshipping sisters with best foods by brothers. Photo: Smita नेपालको पूर्व-पश्चिम उत्तर-दक्षिण सबै भाग र पचहत्तरै जिल्लामा रहेका मगरहरुले माघे संक्रान्ति पर्व मनाउने गर्दछन् । तरुल खाने, दिदीबहिनीलाई सगुन दिने, नातागोतालाई बोलाउने मेला लगाउने, खिचडी खाने, छेलो फाल्ने, धनुषकाण हान्ने, मनोराजन गर्ने लगायतका कार्य गरी मगरहरुले माघे संक्रान्ति मनाउँदै आएका छन् । -Santa Bagam in Kathmandu |
||
![]() Read press release from Langhali Association USA ![]() ![]() Magar artist performing Maruni dance. Photo: Smita ![]() Magar leaders at the festival. Photo: Smita ![]() Magar artists performing DHANU DANCE. Photo: Smita ![]() Maruni dance. Photo: Smita ![]() Youth jhaki. Photo: Smita ![]() Famous folk singer Khadga Garbuja Pun Magar. Photo: Smita ![]() Magar artist performing Sarange dance. Photo: Smita ![]() Young Magar girl with her mother at the program. Photo: Smita ![]() Magar leaders at the festivals. Photo: Santa ![]() Magar cultural performers at Khula Manch. Photo: Santa ![]() Traditional Magar Dandi dance. Photo: Santa ![]() Magar girls participating Maghe Sankranti. Photo: Santa ![]() Chhelo Phalne game. Photo: Santa Read our related news: प्रधामन्त्रीले मगर समुदायको माघे संक्रान्ति खुलामन्चमा उद्घाटन गर्ने मगराँत राज्य समितिले ३ महिने राष्ट्रिय जागरण तथा विकास अभियान संचालन गर्ने (1 Photo) “Autonomous State with Right to Self-determination is the Right Answer for Freedom of Ethnic Communities"-Defense Minister Thapa (4 Photos) Magar Community Pressing for the Establishment of Magarant Special feature: A Day of Great Loss for Nepali Music Lovers-Smita Magar A Tribute to Musician & Singer Ram Thapa (7 Photos) "थामेर किन छोड्यौ हातहरु..." लोक गीतका प्रिय गायक तथा संगीतकार राम थापा अब रहेनन् (3 photos) Exclusive feature news story: Once Ford Motor’s Dream Project Earns Livelihood in Nepal: Hemp & Allo fibers: Source of Income for Rural Indigenous Nepalese Women (10 Photos) अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व (6 Photos) २१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्ने नेपाली (7 Photos) विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित मगरातको लागि मगर मोर्चा बन्यो (1 Photos) स्वायत्त मगराँत क्षेत्रको स्थापना गराउन मगर युवाहरु जुटे पाल्पाली क्याम्पस उत्कृष्ठ भए कर्ण सारु मगर, १५० जना विद्यार्थीहरु सम्मानित मगरहरु लागे अब सङ्युक्त मोर्चा निर्माणतिर 'उत्पीडितहरुका लागि लोकतन्त्र भनेकै उनीहरुको स्वायत्तता हो' (3 photos)-रक्षा मन्त्री रामबहादुर थापामगर 'बादल' Magar Leaders agreed to form a Coalition for Magarant Autonomous State कांग्रेसलाई अब मगर चाहियो क्यानाडामा मगर संघ गठन BBC’s 10 Best Songs of the World- “Rhituharuma Timi..”by Arun Thapa Magar Remembering Him and the Music Award that established in His Name Destroyed Statue of Nepal’s First Martyr Lakhan Thapa to Be Restored Magars Celebrating “Bhumya” Festival with Prachanda 28 Magar CA Members were Honoured २८ जना मगर जातिका सभासदहरु सम्मानित Proportional Representation Demand at Magar Day Celebration नेपालका प्रथम सहिदको शालिक ठडियो प्रथम शहीद लखन थापा मगर को हुन्? One evening with VC Tulbahadur Pun Magar in Pokhara, Nepal मगर विद्यार्थीहरुद्वारा मगरात राज्यको माग Magar Students Demand Magar Homeland |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||