Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ संविधानमा मगरात स्वायत राज्यको प्रस्तावित खाका

सुर्खेत, 2 Feb, 09- जातिय जनसंख्याको आधारमा समानुपातिक सहभागिता, सांस्कृतिक तथा भाषिक अधिकार पाउनु पर्ने सनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागिले जोडदिएका छन् ।

नेपाल मगर संघ सुर्खेतले आयोजना गरेको 'मगरात स्वायत राज्यको प्रस्तावित खाका: नया संविधान' विषयक अन्तरकि्रयाका सहभागिले यस्तो जोड दिएका छन् । अन्तरकि्रयामा यश बहादुर दर्लामीमगर र हरि बहादुर थापामगरले मगरात स्वायत राज्यको प्रस्तावित खाका नया संविधान विषयमा छुट्टाछुट्टै अवधारणा पत्र प्रस्तुत गर्नु भएको छ ।

अवधाराणा माथि टिप्पणी गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष मानबहादुर चौधरीले नया संविधानमा आदिवासी जनजातिका मौलिक, हक, अधिकारको ग्यारेन्टी हुनुपर्ने बताउनु भएको छ ।

यस्तै मगर राष्ट्रिय मुक्ती मोर्चा सुर्खेतका अध्यक्ष टोपबहादुर दर्लामीमगरले आत्म निर्णयको अधिकार सहितको संघियताले मात्र मगरहरुको हक अधिकार ग्यारेन्टी गर्ने बताउनु भयो ।

नेपाल आदिवासी जनजाति अध्ययन अनुसन्धानका अध्यक्ष एवम् सुर्खेत शिक्षा क्याम्पसका सह प्राध्यापक हरि बहादुर थापामगरले राजनैतिक दलहरुको संकि्रण सोचाईका कारण आदिवासी जनजातिहरुले बेला बेलामा आन्दोलन गर्नुपरेको बताउनु भएको छ ।

यस्तै गरि नेपाल मगर विद्यार्थी संध सुर्खेतका अध्यक्ष डम्मर गरन्जामगरले संघिय गणराज्यमा आत्मनिर्णयको अधिकार नभएमा संघिय गणराज्यको औचित्य नहुने बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति बसन्तकुमार थापामगर, नेपाल मगर संघ दैलेखका अध्यक्ष खगेन्द्र पुनमगर, धन बहादुर रानामगर लगायतले बोल्नु भएको हो ।

नेपाल मगर संघ केन्दिय समितीका कार्यक्रम अन्तरगर्त मंसिर २७ गतेका दिन काठमाण्डौमा सम्पन्न भएको यस कार्यक्रम जिल्लास्थित विभिन्न स्थानमा भई रहेको यश बहादुर दलामीमगरले जानकारी दिनुभएको हो ।

-Geban Mijhar in Surkhet







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®