|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ संविधानमा आत्म निर्णयको अधिकार सहित मगराँत
स्वायत्त राज्यको माग मगरहरुको ऐतिहासिक, राजनैतिक, साँस्कृतिक, सामाजिक र आर्थिक अधिकारलाई सुनिश्चित गर्न, अहिले सम्मको मगर जातिको िसंगो ईतिहासको वैज्ञानिक आत्म समिक्षा गरिनु पर्ने विचार नेपाल मगर संघका केन्द्रिय महासचिव तुलाराम घर्ती 'बसन्त' मगरले व्यक्त गर्नु भएको छ । नेपाल मगर सँघ केन्द्रिय समितिले गएको मंसिर २७ गते काठमाण्डौमा राष्ट्रिय भेला गरि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल मगराँत स्वायत्त राज्यको बारेमा आधिकारिक धारणा प्रस्तुत गरेको जानकारी गराउदै महासचिव घर्तीले देशमा विद्यमान जातिय, क्षेत्रिय, वर्गिय र िलंगीय विभेदहरु अन्त्य गरि समताममुलक र विभेदरहित समाज निर्माण गर्नका लागि देशको सार्वभौमिकता,अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्नु पर्ने बताउनु भयो । नेपाल मगर विद्यार्थी सँघ पाल्पाले पाल्पाको तानसेनमा आयोजना गरेको मगर विद्यार्थी प्रशिक्षण कार्यक्रममा उहँले यस्तो विचार व्यक्त गर्नु भएको हो । आफुले व्यक्त गरेका भनाईहरु नेपाल मगर सँघको आधिकारिक प्रस्तावहरु भएको बताउदै महासचिव घर्तीमगरले नयाँ संविधानमा आत्म निर्णयको अधिकार सहित मगराँत स्वायत्त र उप-स्वायत्त राज्यको स्थापना तथा संघिय गणतन्त्र नेपालको सम्पूर्ण राज्य संरचनामा मगर जातिको जातिय जनसंख्याको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्नेमा जोड दिनु भयो । नेपाल मगर विद्यार्थी सँघ पाल्पाका अध्यक्ष हरि बहादुर सारुमगरको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल मगर विद्यार्थी सँघका केन्द्रिय कोषाध्यक्ष रिखिराम रानामगरले मगरहरुमा राजनैतिक चेतना नल्याईकन राज्य व्यवस्थामा समान रुपमा सहभागिता हुन नसक्ने र जसका कारण मगरहरु जहिले पनि पछि परि कल्पना गरेजस्तो नयाँ मगर समाजको निर्माण हुन नसक्ने बताउदै सवै मगर समुदाय र मगर विद्यार्थीहरुलाई यस तफृ कि्रयाशिल र सचेत हुन आग्रह गर्नु भयो । तानसेन भित्रका विभिन्न क्याम्पसहरुमा अध्ययन गरि रहेका मगर विद्यार्थी कार्यकर्ताहरु सहभमगी भएको प्रशिक्षण कार्यक्रममा मगरहरको सामाजिक, सास्कृतिक रुपान्तरण, मगर विद्यार्थी आन्दोलन र सँघको सांगठनिक पृष्ठभूभि तथा संघिय प्रणाली र स्वायत्तता सम्बन्धि प्रशिक्षण दिईएको थियो । कार्यक्रमको शहजीकरण नेपाल मगर संघका केन्द्रिय महासचिव बसन्त घर्तीमगर र मगर विद्यार्थी संघका अन्चल सचिव सन्तोष थापामगरले गर्नु भएको थियो । -Haribahadur Saru in Palpa |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||