|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
स्वायत्त मगराँत क्षेत्रको स्थापना गराउन मगर
युवाहरु जुटे![]() Magar youth at their National Convention in Butwal. Photo: Hari तान्सेन, पाल्पा, September 15, 2008- नेपालका पहिलो शहिद लखन थापा मगरलाई सरकारद्वारा प्रथम शहिद घोषणा गर्न र प्रथम शहीद दिवस फागुन २ गतेलाई सार्वजनिक विदा दिनु पर्ने माग मगर युवाहरुले गरेका छन् । वुटवलमा यही भदौ २८ र २९ गते सम्पन्न नेपाल मगर युवा संघको दोस्रो राष्ट्रिय भेलामा सहभागी मगर युवाहरुले यो माग गरेका हुन् । भेलाले स्वायत्त मगराँत क्षेत्रको स्थापना गराउन नेपाल सरकार र संविधान सभाषदहरुलाई दवाव दिने र सम्पूर्ण मगर युवाहरुलाई एकजुट गराउदै मगरहरुको हकहितको लागि संगठित बनाउने प्रतिबद्धता समेत गरेको छ । राज्यले बिगतमा मगर समुदायलाई गरेको शैक्षिक विभेदको क्षेतिपूर्ति स्वरुप उच्च तहमा मगर विद्यार्थीहरुलाई निशुल्क पढाउनु पर्ने र ILO को धारा १६९ लाई लागु गर्न सरकार समक्ष जोडदार माग समेत गरेको छ । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झकबहादुर थापामगरले वषौदेखि उत्पीडनमा पारिएका मगरहरुको मुक्तिको लागि साझा कार्यक्रम तय गरेर जानुपर्ने बताउनुभएको छ । मगर अधिकारको सुनिश्चत गर्न अव बन्ने संविधानमै उल्लेख गर्नुपर्ने भएकाले त्यसको लागि सबै मगरहरु एकजुट भएर अघि वढ्नु पर्ने उहाँको भनाई छ । नेपाल मगर युवा संघको दोस्रो राष्ट्रिय भेलाको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष थापाले युवा वर्ग देशको मेरुदण्ड भएकाले संस्थागत रुपमा युवाहरु राष्ट्र विकासमा समर्पित हुनुपर्नेमा जोड दिनुभयो । |
|
|
कार्यक्रमको बन्द सत्रमा नेपाल मगर युवा संघका अध्यक्ष मोहन थापा मगरले प्रस्तुत गर्नु भएको विधान र सांगठनिक प्रतिबेदन सर्वसम्मतले पारित गरेको थियो । मगर भेषभुषामा सजिएका मगर युवयुवतीहरुको समूहले कार्यक्रम अघि वुटवल बजार परिक्रमा गरेको थियो । भेलाले मगर युवाहरुलाई विदेश मात्र गएर दुःख गर्ने होईन स्वदेशमै बसेर देश र मगर समाजको लागि योगदान पुर्याउनु पर्छ भन्ने उत्साह र चेतना जगाएको छ । गत बर्ष नेपाल मगर संघको भातृ संगठनको रुपमा पाल्पामा भेला भएका नेपाल भरका मगर युवाहरुको पहलमा गठन भएको युवा संघको भेलामा यस पटक २८ जिल्लाका मगर युवायुवतीहरुको सहभागिता रहेको थियो। सो भेलाले आगामि एक वर्ष भित्रमा राष्ट्रिय अधिवेशन गर्ने नियर्ण समेत गरेको छ । सिङ्गो देश र मगर समाजको विकास र हितको लागि गठित मगर युवा संघले पक्कै पनि समाजमा परिवर्तन ल्याउने कुरामा आशा गर्न सकिन्छ । -Haribahadur Saru Magar in Tansen, Palpa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||