|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाद्वारा संघीयता
र आत्मनिर्णयबारे १८ बुँदे प्रस्तावहरु पारित![]() Magar students in rally in Dang. Photo: Smita दाङ घोराही, 26, 2009- दाङको घोराहीमा माघ ११ र १२ गते सम्पन्न नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारीत भेलाले जातिय, भाषिक, क्षेत्रिय अधारमा संघीय राज्यको निर्माण, आत्मनिर्णय सहित मगराँत स्वायत्त प्रदेश र उपस्वायत्त प्रदेश स्थापना तथा मातृभाषामा पठन पाठनको व्यवस्था सहित बैज्ञानिक, व्यवहारिक र बहुभाषिक संघिय शिक्षा प्रणाली तत्काल लागु पर्ने लगायतका १८ बुँदे समसमयिक प्रस्तावहरुसमेत पारित गरेको छ । उक्त भेलाले संघको छैठौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक तथा अत्यधिक मगर जनसंख्याको बहुल्यता रहेको पाल्पा जिल्लाको सुन्दर नगरी तानसेनमा हुने भएको छ । माघ ११ र १२ गते दाङको घोराहीमा सम्पन्न नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारीत भेलाले अगामी १ बर्ष भित्रमा पाल्पाको तानसेनमा आफ्नो छैठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । 'बैज्ञानिक, व्यवहारिक र संघिय शिक्षा प्रणाली आजको आवश्यकता मगराँत स्वायत्तताको पक्षमा राष्ट्रिय विस्तारि भेला' भन्ने नाराका साथ सम्पन्न भेलाको उद्घाटन संस्कृति तथा पुर्नरसंरचना मन्त्री गोपाल किराँतीले गर्नुभएको थियो । भेलाको उद्घाटन समरोहमा मन्त्री किराँतीले अहिले राष्ट्रियता र नेपाली जनताको सुरक्षा खतरामा रहेको बताउदै जातीय स्वायत्तता र नागरीकको सुरक्षा पहिलो आवश्यकता भएको बताउनु भयो । उहाँले एकात्मक गणतन्त्र बनाउन देशीविदेशी कुतत्वहरुले चालखेल गरेको बताउदै संघीय स्वायत्त निर्माण गर्न सबैलाई एक जुट हुन आग्रण गर्नु भयो । विदेशीहरुले आफ्नो स्वार्थ अनुकूलको संघात्मक राज्य र केहीले नोकारशही एकाधिकारवादी संघात्मक राज्य चाहेकाले यस तर्फ सबै सचेत हुनुपर्ने बताउनु भयो । |
|
|
Minister Gopal Kirati and CA Member, lawyer and General Secretary of Nepal Federation of Indigenous Nationalities (NEFIN) Rambahadur Thapa Magar. Photo: Hari संस्कृति तथा पुर्नसंरचना मन्त्री किराँतीले नेपाल दुई ढुङ्गाको तरुल नभई डाईनामाइड भएको बताउदै नेपाललाई दुई ढुङ्गाको तरुल नसम्झन र आफूलाई शक्ति सम्पन्न ठान्ने राष्ट्रहरुले होस पुर्याउन चेतावनी समेत दिनु भयो । एसियामा अमेरिकाले भारतलाई हेर्ने र चिनलाई घेर्ने नीति लिएको बताउदै नेपाल सुरक्षित नरहेसम्म चिन र भारत पनि सुरक्षित हुन नसक्ने मन्त्री किराँतीले ठोकुवा गर्नुभयो । मन्त्री किराँतीले आफूले प्रस्तावित गरेको ८०० जिल्लाको बारेमा स्पष्टिकरण दिर्दै स्थानीय निकायमै जनताका सबै काम हुनुपर्ने धारणा राख्दै आफ्नो प्रस्तावमा ३ तहको व्यवस्था हुने, स्थानीय स्तरको राज्यमा मोटर नपुगेको ठाँउमा समेत जनताले पैदल हिडेर सदरमुकाम पुगी काम सिध्याएर घर आउन सक्ने क्षेत्र बनाउन खोजिएको बताउनु भयो । Photo: Hari झण्डै ३०० जना प्रतिनिधी र परिवेक्षक रहेको यो भेलाको बीच वीचमा स्थानिय मगर कलाकारहरुले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर, प्रत्येक मगराँत स्वायत्त विश्वविद्यालय स्थापना गर, आत्मनिर्णयको अधिकार सहित मगराँत स्वायत्तताको स्थापना गर जस्त नारा र प्लेकार्ड सहितको र्यालीले दाङको घोराही बजार परिक्रमा गरेपछि भएको समरोहमा सभासद् लिला सोमैमगर, राम बहादुर थापामगर, आठार मगराँत मगर प्रतिष्ठानका अध्यक्ष बामकुमारी बुढामगर, मगर आम संचारकर्मी समाजका नरेश खपाङ्गीमगर मगर, युवा संघका केन्द्रिय महासचिव तेज आलेमगर लगाएत राज्य पुर्नसंरचना र शैक्षिक पूर्नसंरचनाको प्रत्याभुति नयाँ संविधानबाटै गर्न जरुरी रहेको बताएका थिए । Magar students displaying the images of Nepal's first martyr Lakhan Thapa Magar at the convention. Photo: Hari समरोहमा बोल्नेहरुले जातियताको आधारमा संघिय राज्य निर्माण गर्न र संघिय शिक्षा प्रणालीलाई स्थापित गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी मगर विद्यार्थीहरुमा आएको बताएका थिए । उद्घाटन पछि आयोजित बन्द सत्रले नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले गएको १ बर्ष भित्रमा गरेका गतिविधी र आर्थिक प्रतिवेदनको अनुमोदन गरेको थियो । ![]() Photo: Smita मगर विद्यार्थीहरुको शैक्षिक हक अधिकार र सामाजिक तथा राजनैतिक परिवर्तनको लागि वि.सं. २०५१ सालमा स्थापना भएको नेपाल मगर विद्यार्थीको पाँच बटा राष्ट्रिय अधिवेशन र राष्ट्रिय विस्तारित भेला सम्पन्न भैसकेका छन् । -Haribahadur Saru Magar in Dang |
||
![]() Nepal Magar Students Association President Bhojbikram Budha Magar with Minister Gopal Kirati Photo: Smita Magar students in Dang. Photos: Hari ![]() A Magar woman smiling at my camera. Photo: Smita ![]() Photo: Smita A Magar girl. Photo: Hari ![]() Photo: Smita ![]() Photo: Smita ![]() Photo: Smita |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||