Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




































News from Nepal: नेपाली खबरहरु

मगर भाषाका आदिकविको नाउँमा वृत्तचित्र निर्माण


Magar language first poet Jitbahadur Sinjali Magar at his reception program in Lalitpur in 2007. Photo: eEyeCam

मगर भाषाका आदिकवि नाउँमा स्थापित 'जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठान' को दोस्रो साधारण सभा ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ । साधारण सभाले कुन्ता थापा मगरको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।


Newly elected and outgoing members of Adikabi Jitbahadur Magar Literature Academy. Photo: Santa Gaha Magar

समितिमा उपाध्यक्ष मनकुमारी थापा मगर, सचिव सन्‍जोग लाफा मगर, कोषाध्यक्ष भीम राना मगर, सदस्यहरु रोम थापा मगर र सन्त गाहा मगर रहेका छन् । बाँकी एक सदस्य पछि चयन गरिने भएको छ ।

साधारण सभामा सचिव लाफा मगरले प्रगति प्रतिवेदन तथा निवतृमान कोषाध्यक्ष कुन्ता थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


There are many books written or dedicated to Magar poets Jitbahadur Sinjali Magar and Rekhbahadur Thapa Saru Magar.

प्रतिष्ठानका निवर्तमान अध्यक्ष कविता आले मगरले मगर भाषा तथा साहित्यमा आदिकवि जितबहादुर सिंजाली मगरले पुर्याउनु भएको योगदानको बारेमा चर्चा गरेकी थिइन् ।

प्रतिष्ठानले मगर भाषा साहित्यमा योगदान पुर्याउनेलाई सम्मान गर्दै आएको छ भने मगर भाषा साहित्यमै सबै भन्दा ठूलो राशीको पुरस्कार दिने तयारी गरिरहेको छ । अहिले प्रतिष्ठानकै पहलमा जितबहादुर सिंजालीको बारेमा वृत्तचित्र निर्माण भईरहेको छ ।

वि.स. २०२२ सालमा मगर भाषामा पहिलो कृति प्रकाशन गरेका जितबहादुर सिंजाली मगर र उनका सहयोद्धा रेखबहादुर थापा सारु मगरलाई नेपाल मगर संघले मगर भाषाको आदिकवि घोषणा गरेको थियो ।

सिंजाली र थापाले संयूक्त रुपमा २०२२ सालमा 'मगराती भाषाङ्ग ल्हिङ्ग र टुक्कौ किताब' र सिंजालीले 'मगर भाषाङ् काटसरो किताब' प्रकाशन गरेका थिए ।


Magar poet Jitbahadur Sinjali at his reception program in Lalitpur in 2007. Photo: eEyeCam

एक भाषा एक भेषको पन्‍चायती कालरात्रीमा पनि उहाँहरुले मगर भाषा तथा साहित्य विकासको लागि निरन्तर योगदान पुर्याएका थिए । सिंजाली मातृभाषामा किताब प्रकाशन गरेकै कारण जेल परेका थिए भने प्रकाशित किताबहरु समेत जफत गरिएको थियो ।


Late Rekhbahadur Thapa Saru Magar, Magar language first poet. Photo courtesy from the book "Adhikabiko Samjhanama" by Santa Gaha Magar.

अज्ञात अवस्थामा रहेका आदिकवि जितबहादुर सिंली मगर ३८ वर्षपछि २०६१ सालमा सार्वजनिक भएका छन् । उनका सहयोद्धा रेखबहादुर थापा सारु मगरको केही बर्ष अघी निधन भईसकेको छ ।

थप जानकारीको लागि www.jeebaseema.org हेर्नुहोस्।

-Santa Gaha Magar in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®