|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जागे मगर समाजका सन्चारकर्मीहरु![]() Guests and Magar journalists at the event. Photo: Santa काठमाडौं, August 16, 2008- मगर आमसन्चारकर्मीहरुको शुक्रबार सम्पन्न प्रथम भेलाले नरेश खपाङ्गीमगर (गोरखापत्र दैनिक) को अध्यक्षतामा १५ सदस्सीय मगर आमसन्चारकर्मी समाज केन्द्रीय तदर्थ समिति गठन गरेको छ । समितिमा दिलिप थापामगर (नेपाल टेलिभिजन) उपाध्यक्ष, मनोज घर्तीमगर (जनदिशा दैनिक) महासचिव, मनसुदन थापामगर (सगरमाथा टेलिभिजन) सचिव र मनु ठाडामगर (हाम्रो विचार साप्ताहिक) कोषाध्यक्ष रहेका छन् । समितिका सदस्यहरुमा नविन विभाष (नयाँ पत्रिका), सचिन रोकामगर (नेपाल एफएम), सन्त गाहामगर (हिमाल मिडिया), ध्रुव आलेमगर (दी हिमालयन टाइम्स), कुमार लुङ्गेलीमगर (मेट्रो एफएम), स्मिता मगर (यूएस नेपाल अनलाइन), धनबहादुर मगर (हिमपात मासिक), ईश्वरराज मगर (मोरङ साप्ताहिक), प्रकाश रानामगर (गोर्खा सैनिक आवाज मासिक) र दीपेन्द्र रानामगर (गोरखापत्र, नयाँ नेपाल) चयन भएका छन् । समाजका सल्लाहकारहरुमा खिलध्वज थापामगर, लोकदीप थापामगर, राधा बुढाथोकीमगर, उजिर मगर र झकेन्द्र घर्तीमगर रहेका छन् । समाजले मगर जातिको जातीय, भाषिक, साँस्कृतिक, राजनीतिक, आर्थिक लगायतका विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिरुपमा प्रचारप्रसार गराउने, आमसन्चार माध्यममा कार्यरत मगरहरुलाई संगठित गरी उनीहरुको हकहित र अधिकार संरक्षण तथा ब्यावसाियक क्षमता अभिवृद्धि गर्ने, मगर जातिको सर्वाङ्गीण विकासका लागि आमसन्चारमाध्यमको संस्थागत विकास गर्ने लगायतका उद्देश्य तय गरेको छ । |
|
![]() Participants Magar journalists. Photos: Smita भेलामा नेपाल मगर संघका अध्यक्ष झकबहादुर थापामगर मगर, राष्ट्रिय मुक्ति मोर्चा नेपालका उपाध्यक्ष तथा सभासद् ओनसरी घर्तीमगर, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष गणेशबहादुर थापामगर, नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष तथा सभासद् दलबहादुर रानामगर, नेपाल आदिवासी जनजाति महासंघका महासचिव तथा सभासद् रामबहादुर थापामगर मगर, श्वशासित संघका उपाध्यक्ष लीलबहादुर थापामगर मगर, मुक्ति संगठनका अध्यक्ष टेक बलाम्पाकीमगर, नेपाल मगर महिला संघका अध्यक्ष श्याममाया पुनमगर, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष भोजविक्रम बुढामगर र नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कविता आलेमगर लगायतले नवगठित समितिलाई शुभकामना दिनुभएको थियो । समितिले देशभरका मगर आमसझचारकर्मीलाई संगठित गरी निकट भविष्यमै राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । -Santa Bagam in Kathmandu Read related news in English: Magar Journalists form Magar Community United Who Include from Gorkhapatra, NTV, Himal Media, Nepal FM, USNepalOnline.Com... |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||