Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल














































































News from Nepal: नेपाली खबरहरु

अब मधेसी राजनीतिले सिंहदरबार तताउने भो
काङ्रेसका मधेसी नेताहरुले धमाधम पार्टी किन छोड्दै छन्‌?
-सीताराम बराल
काठमाडौं, March 4, 2008-काङ्रेस र एमाले छोड्ने मधेसी नेता र कार्यकर्ताहरुको लहरोले अब यि दलहरुको आगामी सरकारमा बहुमत ल्याउने सपनामा पहरो घरकाउने कुठाराघात गरेको छ।
माओवादीविरुद्ध सोझिएको तराईको माहौल अब विस्तारै नेपाली कांग्रेसतिर सोझिन थालेको छ । सोमबारमात्र नेपाली कांग्रेसका सांसद विजय गच्छेदार आफ्ना सहयोगीसहित फोरममा प्रवेश गरेका छन् । गच्छेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए । कांग्रेस विभाजनपछि उनी शेरबहादुर देउवा नेतृत्वको नेका प्रजातान्त्रिकका बरिष्ठ नेता थिए ।

कांग्रेसका बरिष्ठ नेता महन्थ ठाकुरको कांग्रेसबाट बहिर्गमन र नयाँ पार्टीको स्थापनाले कांग्रेसलाई मधेशमा जति अप्ठेरोमा पारेको छ पछिल्लो समयमा त्यो भन्दा बढि अप्ठेरो फोरमले पार्न थालेको छ । गच्छेदार आफूमात्र फोरम प्रवेश गरेनन् उनका साथमा कांग्रेसका सांसदहरु शरदिसंह भण्डारी, लक्ष्मण मेहता, हरिनारायण चौधरी र रामजनम चौधरीलेपनि कांग्रेस परित्याग गरी फोरमलाई रोजे । कतिसम्म भने पहाडी मूलका ताप्लेजुङ्ग कांग्रेसका नेता शुक्रराज संयोक र धनकुटा कांग्रेसका नेता अर्जुन थापासमेत फोरममा गएका छन् गच्छेदारसँगै। संयोक नेकाबाट यसअघि राष्ट्रिय सभाको सांसद भैसकेका छन् । उनी २०३१ ताका कांग्रेसले साचालन गरेको सशस्त्र संघर्षका बेला गिरिजाप्रसाद कोइरालाका अनन्य सहयोगी थिए । थापा चािहं ०४८ को निर्वाचनमा धनकुटाबाट कांग्रेसको उम्मेदवार थिए ।

गत सालको तराई आन्दोलनले मधेशमा बढ्दो माओवादी उभारलाई रोकेको थियो । तराई आन्दोलनको जगमा उठेको मधेश जनअधिकार फोरमले अब नेपाली कांग्रेसलाई अप्ठेरोमा पारेको छ । भारतसँग सीमा जोडिएको र सबैभन्दा घना आवादी रहेको मधेशमा माओवादी उभारलाई रोक्न फोरमलाई भित्रीरुपमा प्रयोग गरेको नेपाली कांग्रेसकालागि फोरम अब प्रत्युत्पादक सावित हुन पुगेको छ ।

फोरममामात्र होइन तीन महिनाअघि गठित तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा मा पनि नेपाली कांग्रेसकै अधिकांस तराईवासी नेता-कार्यकर्ता सामेल भैसकेका छन् । प्रम गिरिजाप्रसाद कोइरालाका अभिन्न सहयोगी तथा कांग्रेसका पूर्व कोषाध्यक्ष महन्थ ठाकुरको अगुवाईमा तीन महिना अघि "तमलोपा" को गठन भएको थियो । जनकपुर नपाका पूर्व मेयर बृषेसचन्द्रलाल, श्रीकृष्ण यादव लगायतका प्रभावशाली कांग्रेसी नेताहरु सो पार्टीमा छन् । धमाधम पार्टी छाड्दै मधेशवादी दलमा मधेशका नेता-कार्यकर्ताहरु सामेल हुन थालेपछि मधेशमा नेपाली कांग्रेस रक्षुत्मक अवस्थामा पुगेको छ । कांग्रेसका उम्मेदवारहरुलेसमेत संविधान सभा निर्वाचनकालागि यसअघि गरिएको उम्मेदवारी दर्ता फिर्ता लिन थालेका छन् । डा. रामबरण यादव, महेश्वरप्रसाद िसंह, बिमलेन्द्र निधि लगायतका बरिष्ठ नेताहरु कांग्रेसमै रहेपनि पार्टी छाड्नेहरुको लर्काेले कांग्रेसलाई निकै शक्तिशाली मनोबैज्ञानिक झड्का दिएको छ ।

चुनावको मुखैमा कांग्रेसमात्र होइन नेकपा एमाले राप्रपा सद्भावनालगायतका नेताहरुले पनि धमाधम पार्टी छाडी फोरम र तमलोपामा प्रवेश गर्न थालेका छन् । रौतहटका पूर्व जिविस सभापति राजेन्द्र पटेल रौतहट कांग्रेसका नेता एवं २०५६ को निर्वाचनमा उम्मेदवार बनेका गम्भीरप्रसाद निराला लगायतलेपनि यसैहप्ता पार्टी छाडी फोरममा प्रवेश गरेका छन् । मधेशको समस्या समाधान नभै चुनाव बताउँदै टिकट नै अस्वीकार गरेपछि ती स्थानमा कांग्रेसले अर्कै कार्यकर्तालाई उम्मेदवारी दिलाएको थियो । तर मधेशी मोर्चासँगको सम्झौतापछि मधेशमापनि चुनाव हुने वातावरण निर्माण भयो । आफूले छाडेको टिकटमा अर्कै व्यक्तिले पार्टीको तर्फबाट उम्मेदवारी दिइसकेका कारण गच्छेदार र भण्डारी फोरममा प्रवेश गरेको बताइएको छ । उता समानुपातिक तर्फका उम्मेदवार हिम्मत िसंहलेपनि टिकट अस्वीकार गरेको पत्र सभापति गिरिजाप्रसाद कोइरालालाई पठाएका छन् ।

बताइए अनुसार उनीहरुसँगै फोरम प्रवेश गरेका धनकुटाका अर्जुन थापा र ताप्लेजुङ्गका शुक्रराज संयोक कैलालीका रामजनम चौधरी मोरङ्ग हरिनारायण चँैधरी यसचोटि पनि पार्टीबाट टिकट पाउनेमा आशावादी थिए । तर उनीहरुलाईपनि टिकट दिइएन । पछिल्लो समयमा कांग्रेस परित्याग गर्नेहरुले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको देखिएको छ । भ्रष्टाचारको आरोपमा कार्वाहीमा पर्ने डरले दरवारसँग गोप्य सम्झौता गरी गत जनआन्दोलनमा भाग नलिई मौन बसेको आरोप गच्छेदारमाथि लाग्दै आएको थियो । पछिल्लो समयसम्मपनि उनले गोविन्दराज जोशीहरुसँगै मिलेर राजतन्त्रको वकालत गरेका थिए ।

२०४८ को निर्वाचनदेखि नै नेपाली कांग्रेसले मधेशमा आफ्नो वर्चश्व स्थापित गर्दै अँएको छ । कम्युनिष्ट पार्टीहरुको बर्चश्व भने पहाडी क्षँेत्रमा छ । महन्थ ठाकुर विजय गच्छेदारलाई मधेशका शक्तिशाली नेताको रुपमा लिने गरिएको थियो । यसैगरी जयप्रकाश गुप्तापनि मधेशका शक्तिशाली नेता मानिन्थे । ठाकुर गच्छेदार र गुप्ता तिनै जना एक समय कोइरालाको किचेन क्याविनेटका सदस्यपनि थिए । तर जसै प्रम कोइरालाले छोरी सुजाता कोइरालालाई राजनीतिमा स्थान दिन थाले गच्छेदार कोइरालासँग टाढिन थाले । गुप्ताको हालतपनि त्यस्तै भयो । गुप्ता यसअघि नै फोरममा प्रवेश गरिसकेका थिए । "तमलोपा" गठनकालागि भित्री रुपमा सकृय रहेका गच्छेदारको समूहलाई सो पार्टीको सट्टा फोरममा प्रवेश गराउन गुप्ताको योगदान रहेको देखिन्छ ।

०४८ मा सुनसरीबाट एमाले उम्मेदवार बनी पराजित फोरम अध्यक्ष उपेन्द्र यादवले २०५४ मा गैरराजनीतिक संगठनको रुपमा मधेश जनअधिकार फोरमको स्थापना गरेका हुन् । पछि मधेश मुद्दामा उनी माओवादीसँग नजिकिए । समयक्रममा उनलाई माओवादीले क्षँेत्रीय व्यूरो सदस्यसमेत बनायो । फोरमलाई मधेशवासीको साझा संगठन बनाउने भित्री योजना अनुसार फोरमको केन्द्रीय समितिमा माओवादीको बहुमत सदस्यहरु राखिएपनि नेका र एमालेसँग सम्बद्धलाई पनि राखिएको थियो । तर नयाँ दिल्लीमा मातृका यादव र सुरेश आले मगरसँगै पक्राउ परेका उपेन्द्र रहस्यमय तरिकाले केहीदिनपछि रिहा भए भारतबाटै । तर मातृका र सुरेशलाई भने तुरुन्तै भारत सरकारले नेपाललाई सुपुर्द गर् यो । सँगै पक्राउ परेका मातृका र सुरेशको सुपुर्दगी तर उपेन्द्रलाई ससम्मान रिहा गरेपछि माओवादीले उपेन्द्रमाथि शंका गर्न थाल्यो । उता उपेन्द्रपनि शंका निवारण गर्नेभन्दा माओवादीबाट टाढिन थाले ।

माओवादी र उपेन्द्रबीच बढेको यही दुरीको अवसर पारेर कांग्रेस र एमालेले मधेशमा बढ्दो माओवादी अँन्दोलनलाई रोक्न उपेन्द्र र फोरमलाई भित्री रुपमा प्रयोग गरेका थिए । खासै जनाधार नरहेपनि गत साल फोरमको नेतृत्वमा मधेशमा शक्तिशाली आन्दोलन हुनुको कारण एमाले र कांग्रेसको संलग्नता थियो । बताइए अनुसार प्रम पुत्री सुजाताको पहलमा त्यो आन्दोलन टुङ्ग्याइएको थियो । र उपेन्द्रलाई सप्तरी वा सुनसरीबाट जिताउने बचन सुजाताले दिएकी थिइन् । तर फोरमसँग गरिएको २२ बुँदे सम्झौता कार्यान्वयन नभएपछि फोरमले फेरि आन्दोलन सुरु गर् यो । सुरुमा माओवादीविरुद्ध कांग्रेसले नै फोरमलाई सहयोग गरेपनि फोरममा गएका अधिकांस कांग्रेस र एमालेका कार्यकर्ता पार्टीको नेतृत्व तह मधेश विरोधी रहेको बताउँदै पार्टीमा फर्केनन् । यसरी फोरम बलियो हुँदै गयो । उपेन्द्र अहिले प्रम पुत्री सुजाताले उम्मेदवारी दर्ता गरेको सुनसरी ५ बाट आफ्नोपनि उम्मेदवारी दर्ता गर्ने योजनामा छन् ।

यसरी सुरुमा मधेशमा माओवादी बढार्न प्रयोग गरिएको फोरम अन्तत कांग्रेस र एमालेका लागि नै बुमर् याङ्ग हुन पुगेको छ । उता संघीयताको सवालमा कांग्रेस असहमत भएपछि अन्तरिम सरकारमा बरिष्ठ मन्त्री रहेका महन्थ ठाकुरलेपनि पार्टी छाडे । एमालेका केन्द्रीय सदस्य एवं सांसद महेन्द्र राय यादव सर्लाही र सांसद दानबहादुर चौधरीलेपनि सांसद र पार्टीबाट राजिनामा दिई "तमलोपा" मा प्रवेश गरिसकेका छन् । राष्ट्रिय जनशक्ति पार्टीका प्रबक्ता सर्वेन्द्रनाथ शुक्ला र केन्द्रीय सदस्य एवं सांसद रेणु यादवपनि पार्टी छाडेर क्रमश "तमलोपा" मा प्रवेश गरिसकेका छन् । राप्रपाका केस एवं सांसद रामचन्द्र राय र सांसद बृजेशकुमार गुप्तालेपनि पार्टी परित्याग गरी "तमलोपा" रोजिसकेका छन् । राप्रपाका सांसद अभिषेक शाह कपिलबस्तु ले पनि सोमबार नै पार्टी र सांसद छाडेर गच्छेदारहरुसँगै फोरममा गएका छन् ।

यसको सोझो असर सद्भावना पार्टीलाईपनि परेको छ । यसअघि सद्भावनालाई "मधेशको मसिहा पार्टी" को रुपमा चिनिन्थ्यो । तर टुट र फुटले सद्भावना आफैं कमजोर बनेको छ । अर्काेतिर सो पार्टीका संस्थापकहरुसमेत धमाधम पार्टी छाडी मधेशवादी नयाँ दलतिर आकर्षित हुँदैछन् । २०४८ देखि नै सद्भावना पार्टीबाट संसदमा जित्दै आएका ह्दयेश त्रिपाठीपनि ुतमलोपाु मा लागिसकेका छन् । सांसद र महामन्त्री बनेलगत्तै गोविन्द चौधरीलेपनि पार्टी परित्याग गरी ुतमलोपाु रोजेका थिए । पार्टी छाडेर नयाँ मधेशवादी दलमा प्रवेश गर्ने रोगबाट अहिलेसम्म नेकपा माओवादी मात्र बच्नसकेको देखिएको छ ।

मधेशमा विकसित यो नयाँ राजनीतिक समिकरणको असर आगामी निर्वाचनमा पर्ने निश्चित छ । मधेशवादी दलहरु नयाँ र बलियो शक्तिको रुपमा उदाएका छन् । उनीहरुको उपस्थितिले कांग्रेस-एमाले-राप्रपा-सद्भावनाजस्ता पुराना दलहरुलाई विस्तारै किनारा लगाउँदै गएको छ । गत सालको योजनाबद्ध मधेश आन्दोलनले माओवादीलाई निकै कमजोर बनाएपनि पछिल्लो आन्दोलनले कांग्रेस र एमालेजस्ता माओवादीका प्रमुख प्रतिद्धन्दी दलहरुलाई अझ बेसी कमजोर बनाएकाले मधेशको आगामी चुनावी परिणाम अत्यन्त रोचक हुने देखिएको छ । २०४८ देखि अहिलेसम्म नेपालको सबैभन्दा चर्चित चुनावी क्षेत्र काठमाडांै १ हुने गरेको थियो । तर मधेशले काठमाडौंलाई पनि ओझेलमा पारिदिएको छ । सबैको ध्यान मधेशको चुनावी परिणाम कस्तो आउला भन्नेतिर गएको छ ।

यद्यपी नयाँ शक्तिको रुपमा उदाएका मधेशी दलपनि चुनौतिमुक्त भने छैनन् । तमलोपा फोरम सद्भावनाको संयुक्त मोर्चाको रुपमा रहेको संयुक्त लोकतान्त्रिक मधेश मोर्चाको आन्दोलनले ६ सूत्रीय माग पुरा गराउन सरकारलाई बाध्य पारेपनि सम्झौता लगत्तै ती दलहरुबीचको सामिप्यता घट्न थालेको छ । आन्दोलनकालागि बनाइएको मोर्चाका तीनै घटकहरुले समानुपातिक निर्वाचनकालागि निर्वाचन आयोगमा आ-आफ्नै पार्टीका तर्फबाट फरक-फरक उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्यक्षँ निर्वाचनकालागिपनि साझा उम्मेदवारको सट्टा आफ्नै पार्टीका उम्मेदवार खोज्न थालेका छन् । मधेशवादी दलहरुकालागि कांग्रेस-एमाले-माओवादी जस्ता ठूला दलहरु प्रतिद्धन्दीका रुपमा त छँदैछन् हिजोसम्म सँगै मोचर्ँमा रहेका दलपनि आपसी प्रतिस्पर्धी हुने सम्भावना पनि देखिएको छ ।

मोचर्ँमा सामेल तीनै दलकाबीच नै आपसी प्रतिस्पर्धाको स्थिति देखियो भने त्यो अन्य दलका लागि फाइदाजनक हुने देखिन्छ । आपसी प्रतिस्पर्धाको यस्तो स्थितिपनि देखिएको छ । फोरम आफूलाई मधेश आन्दोलनको सूत्रधार मान्छ भने "तमलोपा" आफ्नो पार्टीको स्थापना र मधेश आन्दोलनमा सामेल भएपछिमात्र मधेश आन्दोलनले सरकारलाई झुकाउन सकेको ठान्दछ । उता सद्भावना पार्टी भने २०४६ देखि नै आफ्नो पार्टीले मधेशी समुदायमा हक अधिकारकाबारे जागरण ल्याउने काम गरेको र अहिले फोरम तथा "तमलोपा" मा रहेका नेताहरु कांग्रेस-एमाले-राप्रपामा रहेर मधेशको सवालमा मौन रहेको आरोप लगाउने गर्छ । तीनवटै पार्टीका नेताहरु एक अर्काभन्दा आफूलाई सर्वेसर्वा ठान्छन् । आफूलाई "मधेशको मसिहा" को रुपमा प्रस्तुत गर्न सद्भावनाका राजेन्द्र महतो "तमलोपा" का महन्थ ठाकुर र फोरमका उपेन्द्र यादवबीच तँछाड-मछाड छ ।

त्यसैले तराईको चुनाव जति रोचक हुने देखिएको छ त्यतिकै अनिश्चित हुने देखिएको छ चुनावी परिणामपनि । मधेशको चुनावको सवालमा एउटै सत्य कुरा के हो भने मधेशले कांग्रेसलाई जसरी विगतका चुनावमा बहुमत पुर् याइदिने गरेको थियो नयाँ पार्टीहरुको स्थापना महन्थ र गच्छेदारहरुको बहिर्गमनले त्यो सम्भावनाको अन्त्य भने गरिदिएको छ ।
-Sitaram Baral
२०६४ फागुन २१, March 4
, 2008, Kathamndu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®