|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेशीहरु भारतबाट आएका आप्रवासीहरु भएको ठोकुवा असार २६ (जुलाई १०) गते झापादेखि कन्चनपुरसम्मका २४ जिल्ला बन्दको घोषणा काठमाडौं, July 9, 2008- स्वायत्त थरुहट राज्य प्राप्तिकालागि राजधानीमा भएको थारुहरुको बृहत भेलाले थरुहट संयुक्त संघर्ष समिति गठन गरेको छ । गठनलगत्तै संघर्ष समितिले दुई बुँदे माग राख्दै माग पुरा गराउन भोलि असार २६ गते झापादेखि कन्चनपुरसम्मका २४ जिल्ला बन्दको घोषणा गरेको छ । बन्दलाई सफल बनाउन आज बेलुकी तराईका ती जिल्लाहरुमा मसाल जुलुश प्रदर्शनको कार्यक्रम गरिने बताइएको छ । Laxman Tharu. Photos: Sitaram २०६३ फागुन २५ गते अन्तरिम संविधानमाथि पहिलो संसोधन गिरंदा तराईका २० जिल्लालाई मधेश नामाकरण गरिएकाले सो खारेज गर्ने तथा जातीय तथा ऐतिहासिक पृष्ठभूमिका आधारमा थरुहट स्वायत्त प्रदेश सुनिश्चित गर्नुपर्ने माग राख्दै समितिले बन्द लगायत संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्ष कार्यक्रम घोषणा गर्दै थरुहट स्वायत्त राज्य परिषद्का अध्यक्ष लक्ष्मण थारुले भने- 'हामीले आन्दोलनको कार्यक्रममात्र घोषणा गरेका छैनौं प्रतिरोधको थालनीपनि गरेका छौं ।' गत हप्तामात्र मधेशी जनअधिकार फोरम छाडेका थारु नेता किशोरकुमार विश्वासले मधेशीहरु भारतबाट आएका आप्रवासी भएको बताउँदै भारतीय आप्रवासीहरुले नेपालका आदिवासी थारुहरुमाथि शासन गर्न मधेश प्रदेशको कुरा ल्याएको बताए । |
|
|
Kishor Biswash उनको भनाई थियो- 'मधेशीहरुले हामी थारुहरुलाई के के दिने भनेर निर्णय गर्ने होइन बरु हामी आदिवासी थारुहरुले उनीहरुलाई के दिने के नदिने भनेर निर्णय गर्ने हो ।' उनले मधेशीहरुसँग नझुक्न राजनीतिक पार्टी र राजनीतिक दलहरुसँग अनुरोधपनि गरे । 'हुँदै नभएको मधेशको माग राखेर उनीहरुले सशस्त्र वा निशस्त्र आन्दोलनको चेतावनी दिन्छन् भने हामीपनि चुप लागेर बस्दैनौं' विश्वासको भनाई थियो- 'त्यो स्थितिमा तराईका थारुहरुले सीमानामा बसेर देशको रक्षा गर्नेछौं, मधेशीहरुले दिएको संघर्षको चेतावनीबाट सरकार र राजनीतिक दलहरु नडराए हुन्छ ।' उनले मधेशवादी पार्टीमा राजावादी र भारतका दलालहरु रहेको आरोपपनि लगाए । 'ती पार्टीहरुमा भारतीय गुप्तचर संस्था 'र' का एजेन्टहरु छन् राजावादीहरुपनि छन्' उनले भने- 'राजतन्त्रको समाप्तिपछि उनीहरु देशलाई विखण्डित र अस्थिर बनाउन चाहिरहेका छन् त्यसैले सरकारले उनीहरुले जे भन्यो त्यो मान्नु हुँदैन नत्र राष्ट्रियता खतरामा पर्छ ।' सो संघर्ष समितिमा थारु कल्याणकारी सभा, थरुहट स्वायत्त राज्य परिषद्, नेपाल लोकतान्त्रिक थारु संघ, नेपाल लोकतान्त्रिक समाजवादी दललगायत १८ वटा संघसंस्थाहरु समेटिएका छन् । समितिले आफ्ना माग पुरा नगरिए बन्दपछिपनि अन्य संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएको छ । असार २३ र २४ गते बसेको बृहद् भेलाबाट संघर्ष समितिको गठन भएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||