Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मधेसी दलहरुमा टुट र फुटको झमेला

काठमाडौं,  August 1, 2008- मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल सरकारमा नजाने बताएका छन् । राष्ट्रिय सहमतिमा सरकार बनेमा सहयोगमात्र गर्ने तर आफै सरकारमा सामेल नहुने उनको भनाई छ ।

सरकारमा जानासाथ कसले सरकारको नेतृत्व गर्ने भन्ने विवाद पार्टीमा सिर्जना हुने भएकाले सरकारमा नजाने नीति लिएको बुझिएको छ । सरकारमा जानासाथ मधेशी पार्टीहरुमा विगतमा विवाद देिखंदै आएको छ ।

सात दलीय गठबन्धनको एक घटक नेपाल सद्भावना पार्टी आनन्दीदेवी मा विभाजनको रेखा सरकारमा जानासाथ कोरिन थालेको थियो । लोकतान्त्रिक आन्दोलन सफल भएपछि सो पार्टीले नेता ह्दयेश त्रिपाठीलाई सरकारमा पठाएको थियो ।

त्रिपाठी सरकारमा जानासाथ उनलाई हटाएर आफू सरकारमा जाने अभियानमा महामन्त्री राजेन्द्र महतो लागेका थिए । त्रिपाठीलाई हटाएर महतो मन्त्री त बने । तर त्रिपाठी भने तराई मधेश लोकतान्त्रिक पार्टीतिर लागे।


उता महतो मन्त्री हुनासाथ श्यामसुन्दर गुप्ताले महतोलाई हटाउने अभियान तीब्र पारे । महतोलाई मन्त्री पदबाट हटाउन गुप्ता सफलपनि भए । तर महतोले नेपाल सद्भावना पार्टीलाई ब्युँताए । उनी अहिले सद्भावना पार्टीको नेतृत्व गरिरहेका छन् ।

मन्त्री गुप्तापनि विवादरहित बन्न सकेनन् । उनलाई मन्त्री पदबाट हटाउन बरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डल, प्रबक्ता सरिता गिरीलगायतका नेताहरु लागे । अहिले मन्त्री पदकै विषयलाई लिएर सद्भावना आनन्दीदेवी का पनि दुई समूह छन् ।

फोरम लगायत अन्य मधेशवादी दलमापनि सरकारमा जानासाथ यही स्थिति हुने सम्भावना बढि छ । त्यसैले तमलोपा, सद्भावना पार्टी जस्ता कुनैपनि पार्टीले सरकारमा जाने मनस्थिति बनाएका छैनन् ।

संविधान सभा चुनावमा सन्तोषजनक स्थान हासिल गरेपनि यी मधेशवादी समूहहरुले पार्टीको रुप धारण गरिसकेका छैनन् । पार्टीका नेतादेखि कार्यकर्तामा सामुहिक भावनाभन्दा ब्यक्तिवादी मानसिकता हावी छ । त्यसैले मधेशका मुद्धालाई आधार बनाएर उनीहरु सरकारमा नजाने बताइरहेका छन् ।

'मधेशको मुद्दालाई थाती राखेर हामी सरकारमा जादैनौं' फोरम अध्यक्ष यादवले बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा भने- 'हामी प्रतिपक्षमा बसेर संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छौं ।'

सरकार गठनका लागि माओवादीले सहमति बनाउनुपर्नेमा उनको जोड दिएका थिए ।
  माओवादीले सहमति बनाउन नसके जसले बहुमत जुटाउन सक्छ उसैले सरकार गठन गर्नुपर्ने बताएका यादवले आफूहरु सरकार बनाउने र सामेल हुनै दौडमा नरहेको बताए । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको बताउँदै उनले जनताले माओवादीलाई ठूलो दलका रुपमा स्थापित गरेकाले उसैलाई सरकारको नेतृत्व गर्न दिनुपर्नेमा जोड दिएका थिए ।

नेपाली जनताले नेकपा माओवादी र मधेशी जनअधिकार फोरमलाई 'फ्रेस म्याण्डेट' दिएकाले संविधान निर्माणमा दुई दलको महत्वपूर्ण भूमिका रहने बताउँदै माओवादीले सबै दललाई धोका दिने प्रवृत्ति अपनाएकाले ऊसँगमात्र गठबन्धन हुननसक्ने घोषणापनि गरेका छन्‌।'

-Vivek Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®