|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
मधेसी नेताहरुबीच नेता बन्ने दाउ काठमाडौं, June 19, 2008- शक्ति बाँडफाँडको विषयलाई लिएर तीन ठूला दलबीच दूरी बढिरहेका बेला संविधान सभाको चौथो ठूलो दल मधेसी जनअधिकार फोरमका उपल्ला नेताहरुबीच पनि दूरी बढ्न थालेको छ । विवादकै कारण फोरमको संविधान सभा दलको नेता चयन गर्ने काम अझै सम्पन्न हुन सकेको छैन । तेश्रो ठूलो मधेशी दल नेपाल सद्भावना पार्टीले भने बुधबारमात्र पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दलको नेता चयन गरेको छ । संविधान सभामा दुई-दुई निर्वाचन क्षेत्रबाट जितेका फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता विजय गच्छेदारमध्ये को संविधान सभा दलको नेता बन्ने भन्ने विवादका कारण अहिलेसम्म पनि दलको नेता चयन हुन नसकेको हो । जानकारी अनुसार कांग्रेस छाडी फोरम प्रवेश गर्ने बेला गच्छेदारले यादवसँग फोरमभित्र आफ्नो पदीय हैसियत के हुन्छ भन्ने जिज्ञासा राखेका थिए । संविधान सभामा फोरमको प्रतिनिधित्व यति धेरै होला भन्ने सोच्दै नसोचेका उपेन्द्रले गच्छेदारलाई 'चुनावपछि तपाईं संविधान सभा दलको नेता र सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्नुहोला' भन्ने आश्वासन दिएका थिए । तर चुनावमा फोरमले प्रत्यक्षतर्फ मात्रै ३० सिट जितेर कांग्रेस एमालेजस्ता ठूला दललाई पछ्यायो । सत्ताको चाबी अहिले करिव- करिव फोरमको हातमा पनि छ । शक्ति बाँडफाँडमा फोरमले उपराष्ट्रपति, उपप्रधानमन्त्री वा संविधानसभाको उपाध्यक्ष पद माग्नसक्ने स्थिति छ । त्यसैले संविधान सभा दलको नेता बन्ने उपेन्द्रको इच्छा पलाएको छ भने विजय गच्छेदार आफुलाई दिइएको पूर्ववचनअनुसार संविधान सभामा दलको नेता बनाइयोस् भन्दै दबाब दिइरहेका छन् । सहमतिका आधारमा आफुलाई नेता नबनाउने भए छनोटका लागि चुनाव गर्न पनि गच्छेदारले दबाब दिएको स्रोतले बताएको छ । संविधान सभामा जितेर आउने अधिकांश सदस्य अध्यक्ष यादव पक्षधर नै भएकाले यादवले नै जित्ने सम्भावना भए पनि चुनावै गर्दा सन्देश नराम्रो जाने भएकाले चुनाव गर्न भने यादव हिच्किचाइरहेका छन् । नेपाली कांग्रेस प्रजातान्त्रिकका महामन्त्रीसमेत रहिसकेका गच्छेदारलाई पार्टीमा कुनै महत्वपूर्ण जिम्मेवारीसमेत दिइएको छैन । दुई साताअघि बसेको केन्द्रीय समितिको बैठकले उनलाई 'वरिष्ठ नेता' बनाएको थियो । उनलाई त्यही बैठकबाट केन्द्रीय सदस्य पनि बनाइयो । संविधान सभा दलमा मात्र होइन केन्द्रीय समितिमा समेत बलियो पकड रहेका अध्यक्ष यादवले पछिल्लो समय रामसहाय यादवलाई महामन्त्री बनाएर पार्टी संगठनमा आफ्नो पकड मजबुत बनाएका छन् । यो गच्छेदारका लागि फोरमको संविधान सभा दलको नेता बन्ने र पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्न जाने इच्छा पनि 'आकाशको फल आँखा तरी मर' भनेजस्तै हुने देखिएको छ । अर्को मधेसी दल तराई-मधेस लोकतान्त्रिक पार्टीले पनि अहिलेसम्म संविधान सभा दलको नेता चयन गर्न सकेको छैन । त्यहाँ पनि दुई नेताबीचको वरिष्ठतासम्बन्धी विवाद रहेको बताइन्छ । हृदयेश त्रिपाठी र महेन्द्र राय यादवबीच कसलाई दलको नेता बनाउने भन्ने अन्यौल देखिन्छ । समानुपातिकबाट निर्वाचित महेन्द्र राय यादवलाई दलको नेता बनाउने पक्षमा पार्टी अध्यक्ष महन्थ ठाकुर भए पनि पार्टीका २० जना सभासद्मध्ये सबैभन्दा वरिष्ठ हृदयेश त्रिपाठी मानिन्छन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®