Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मधेशी नेताहरुको पुत्ला जल्न थाल्‍यो

काठमाडौं,  July 11, 2008- मधेश आन्दोलनका क्रममा ठूला पार्टीका नेताहरुको पुत्ला जलाउने मधेशवादी पार्टीका नेताहरुको पुत्ला अब थारु समुदायले जलाउन थालेका छन् ।

थारु जातिको अस्तित्व समाप्त पार्ने गरी 'एक मधेश एक प्रदेश' को वकालत गरेको भन्दै उदयपुरमा थारु कल्याणकारी सभाका कार्यकर्ताहरुले उनीहरुको पुत्ला जलाएका हुन् । उनीहरुले थारुहरुको कुनैपनि कार्यक्रममा 'थारु समुदाय विरोधी थारु सभासद्' हरुलाई सहभागी नगराउन आग्रह समेत गरेका छन् ।

यसरी बहिस्कृत हुने थारु नेताहरुमा मधेशी जनअधिकार फोरमका बरिष्ठ नेता बिजयकुमार गच्छेदार, सभासद्हरु भुपेन्द्र चौधरी र रामजनम चौधरी तथा तमलोपाका गोबिन्द चौधरी छन् । थरुहट संयुक्त संघर्श समितिले आयोजना गरेको बिहीबार असार २६ को तराई बन्दका क्रममा उदयपुरमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई थारु समुदायभित्रका गद्धार घोषणासमेत गरिएको बताइएको छ । त्यसअघि उनीहरुको पुत्ला जलाइएको थियो ।


'एक मधेश एक प्रदेश' को विरोधमा भएको बन्दका कारण विहीबार तराईको जनजीवन प्रभावित रह्यो । पूर्व पश्चिम राजमार्गमा गाडी चलेनन् । राजमार्गमा पर्ने पूर्वी तराईका सबैजसो बजार बन्द रहे । बन्दको प्रभाव पूर्वी तराईमा भन्दा पश्चिम तराईमा बढि परेको थियो । मधेश र मधेशी विरोधी नारा लगाउँदै थारुहरु विहीबारको बन्दमा सडकमा ओर्लेका थिए । थारुहरुको बढ्दो विरोधका कारण मधेशवादी दलहरुपनि अप्ठेरोमा परेका छन् ।

एक मधेश एक प्रदेशविरुद्ध उत्रिएको थरुहट संयुक्त संघर्ष समितिले तराई बन्दलाई जारी राख्ने बताएको छ । समितिले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि मधेशी गुटहरुले आक्रमण गरेको भन्दै विरोधस्वरुप आज असार २७ शुक्रबार पनि २२ जिल्ला बन्दलाई निरन्तरता दिने जनाएको छ । समितिको प्रमुख घटक नेपाल लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष उपेन्द्र गच्छदारले शान्तिपूर्ण आन्दोलनमाथि मधेशका गुटहरुले आक्रमण गरेको आरोप लगाएका छन् ।

-Vivek Baral in Kathmandu








   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®