Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See your Local city time and Kathmandu, Nepal time
 
English Edition

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News


Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल
स्वायत्त मधेश प्रदेशको व्याख्यामा मधेशवादी दलहरुबीच नै मतान्तर

काठमाडौं,  June 29, 2008- स्वायत्त मधेश प्रदेशको व्याख्या सन्दर्भमा मधेशवादी दलहरुबीच नै मतान्तर देखिएको छ ।

गत फागुन १६ गते सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सम्झौतालाई अन्तरिम संविधानमा संविधान संसोधन गरी कार्यान्वयन गर्नुपर्ने माग राख्दै मधेशवादी दलहरुले सदन अवरोध गरिरहेका छन् । तर सम्झौताको आसयका बारेमा मधेशवादी दलका नेताहरुमा फरक-फरक ब्याख्या हुन थालेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ह्दयेश त्रिपाठीले मधेशवादी दलहरुको अहिलेको माग 'एक मधेश एक प्रदेश' नभएको बताएका छन् । उनले भनेका छन्- 'कतिपयले भनेजस्तो एक मधेश एक प्रदेश अहिले हामीले मागेको होइन, हामीले त अहिले संविधानमा स्वायत्त मधेश प्रदेश उल्लेख हुनुपर्योमात्र भनेका हौं ।' त्रिपाठीले भनेजस्तै फागुन १६ को सम्झौतामा मधेश स्वायत्त प्रदेश बनाइने कुरामात्र उल्लेख छ ।

मधेश जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने आफूहरुको मागको आसय एक मधेश एक प्रदेश नै हो भन्ने खुलाशा गरेका छन् । मधेशी मिडिया मिसनले शनिवार बीरगाजमा आयोजना गरेको कार्यक्रममा फोरम अध्यक्ष यादवले भनेका छन्- 'स्वायत्त मधेश प्रदेश भनेको समग्र मधेश एक प्रदेश हो त्यसैले अन्तरिम संविधानमा संसोधन गरी उक्त विषय समावेश गर्नुपर्छ ।'

एमालेले राजनीतिक दलले स्वायत्त मधेश प्रदेश भनेका एक मधेश एक प्रदेश हो भने त्यो मान्न नसकिने बताएपछि मधेशी दलहरुसँगको शनिवारको वार्ता कुनै निश्कर्षमा पुग्न सकेन । शनिवार ११ बजे बोलाइएको संविधान सभाको बैठक विवादको टुङ्गो लाग्न नसक्दा बेलुकी ६ बजेमात्र बस्न सक्यो । तर बैठक सुरु हुनासाथ मधेशवादी दलका सभासद्हरुले रोष्ट्रम घेराउ सुरु गरेपछि केही बैठक स्थगित गरियो ।

बैठक आइतबार दुई बजे फेरिपनि बस्दैछ । तर सहमतिको सम्भावना भने कम छ । यदि आइतबार सहमति हुन सकेन भने राष्ट्रपति, संविधान सभाको अध्यक्ष लगायत नयाँ सरकार गठनमा ढिलाई हुनेछ । मधेशवादी दलहरुको माग अनुसार संविधन संसोधन हुने भयो भनेपनि रोष्ट्रम घेर्ने क्रम अन्त्य हुने देखिन्न । किनभने स्वायत्त मधेश प्रदेश घोषणा गरिएमा थारु सभासद्हरुले सदन घेराउ गर्नेछन् ।

-Vivek Baral in Kathmandu






























  <>
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®