|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेशी नेताहरु उपर मधेशी सभासद्हरुद्धारा
गद्धारीको आरोप काठमाडौं, July 9, 2008- संविधान संसोधनमा मधेशवादी दलका नेताहरुले सात दल र सरकारसँग गरेको सहमति मधेशवादी दलका सभासद्हरुले नै अस्वीकारगरेपछि मंगलबार बेलुकी बस्ने भनिएको संविधान सभाको बैठक बस्न नसकेको खुलासा भएको छ । फोरम, तमलोपा र सद्भावनाका सभासद्हरुले मधेश आन्दोलनको भावना विपरित सरकारसँग सम्झौता गरेको आरोप लगाउँदै सदन अझै अवरुद्ध गर्ने चेतावनी दिएका थिए । मंगलबार दिउसो सात दल तथा सरकारसँग संविधान सभामा देखिएको गतिरोध अन्त्यकालागि सहमति भएको थियो । सो सहमति अनुसार बेलुकी सात बजे बस्ने संविधान सभाको बैठकमा सरकारको तर्फबाट कानुन तथा न्यायमन्त्री नरेन्द्रविक्रम नेम्वाङले संविधान सभामा पेस गर्ने पूरक संशोधन विधेयक पेश गर्ने कार्यक्रम थियो । साथै संसोधन विधेयक अध्ययनकालागि सभासद्हरुलाई त्यसको प्रतिपनि बाँडिसकिएको थियो । दिउँसो भएको सहमतिबमोजिम अन्तरिम संविधानको १३८ मा मधेसवादी दलहरुले माग गर्दै आएको र फागुन १६ ०६४ मा भएको 'मधेसी जनताको मधेस स्वायत्त प्रदेश' सट्टा 'मधेसी, जनजाति, आदिवासी एवं पिछडिएको क्षेत्रका जनताको स्वायत्त प्रदेशहरु निर्माण गरिने' उल्लेख छ । तर स्वायत्त प्रदेशहरुको सीमा, संख्या, नाम र संरचनाकासाथै केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण साधन, श्रोत र अधिकारको बाँडफाँड भने संविधान सभाले गर्ने भनिएको छ । यसैगरी सेनासम्बन्धी व्यवस्थाअन्तर्गत १४४ मा सेनालाई समावेशी बनाउने सहमति गरिएको छ । सहमति अनुसार ल्याइएको पुरक संसोधन विधेयकमा भनिएको छ- 'नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी, आदिवासी जनजाति, दलित, महिला पिछडिएका क्षेत्र लगायतका जनताको प्रवेश समानता र समावेशी सिद्धान्तका आधारमा कानूनमा समावेशी सिद्धान्तका आधारमा कानूनमा व्यवस्था गरी सुनिश्चित गरिनेछ ।' मधेसवादी दलसँग भएको सहमतिपछि माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव झलनाथ खनाललगायत सबै दलका नेता संविधान सभा भवनमा पुगेका थिए । तर संविधान सभा भवनको दृष्य भने गजवको थियो । मधेशवादी दलका सभासद्हरु आफ्नै नेतृत्वको आलोचना गरिरहेका थिए । मधेशवादी पार्टीका नेताहरुमाथि अन्य सभासद्हरुद्धारा गद्धारीको आरोप लागिरहेको थियो । त्यसपछि मधेशवादी दलका नेताहरुले बैठक स्थगन गरिदिन आग्रह सभाध्यक्ष गुरुङ्गसँग आग्रह गरेका थिए । तमलोपाका सभासद् रामकुमार शर्माका अनुसार तीन मधेसवादी दलका नेताहरुले आफ्नो पार्टीका सभासद्हरुले सहमतिको विरोध गरेकाले अब आ-आफ्नो संसदीय दलको बैठक बोलाई आफ्ना सभासद्लाई कन्भिन्स गराएपछि मात्र बैठक गर्नु उपयुक्त हुने बताउँदै सभा स्थगत गरिदिन भनेका थिए । |
|
|
तीनवटै मधेसवादी दलका सभासद्ले यस्तै संशोधन विधेयक
पेस गरिए र मधेसवादी दलको नेतृत्वले भएको सहमतिप्रति गल्ती स्वीकार गरी
फेरि सच्याउन पहल नगरे सदनमै आ-आफ्नै पार्टीका नेतृत्वविरुद्ध समेत
नाराबाजी गर्ने चेतावनी दिएको फोरम निटक श्रोतले बताएको छ । उता मधेशवादी दलहरुको अवरोध अन्त्य गर्न सात दलका शीर्ष नेताहरुबीच मंगलबार वार्ता भएपनि निर्णयप्रति नेकपा माले र जनमोर्चा नेपालले असहमति जाहेर गरेका छन् भने नेमकिपाले सहमतिमा हस्ताक्षर नै गर्न मानेन । -Sitaram Baral in Kathmandu सात राजनीतिक दलबीच भएको सहमतिको प्रतिलिपी |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||