![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सबैको जीत हामी नेपालीको जीत चाहेमा कुनै हालतमा पुरा नगरिने माग पनि पुरा हुन सक्छ ![]() United Democratic Madhesi Front (UDMF) leaders with Prime Minister Girija Prasad Koirala after the 8-Point agreement. Photos: Santa Gaha Magar काठमाडौं, February 29, 2008-मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकारवीच ८ बुँदे सहमती भएपछि विगत १६ दिनदेखिको लगातारको मधेश बन्द फिर्ता भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा फागुन १६ गते सहमति भएपछि दुबैले पक्ष चैत २८ गतेको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। ![]() Prime Minister Girija Prasad Koirala signing the 8-point agreement with United Democratic Madhesi Front (UDMF) सरकार र मोर्चावीच भएको सहमतिको पहिलो बुँदामा मधेश आन्दोलनको क्रममा सहादत गरेकालाई सहिद घोषणा गर्ने र आश्रित परिवारलाई १० १० लाख दिने उल्लेख गरिएको छ । सरकारले कुनै हालतमा पुरा नगर्ने भनिएको एक मधेश एक प्रदेशको बारेमा सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ -"मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्र का जनताको स्वायत्त प्रदेश सहितको संघीय संरचनाको आकांक्षालाई स्विकार गरी नेपाल संघीय लोकतान्त्रि गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँ ड सुचीको आधारमा गरिनेछ । प्रदेशहरु पूर्णरुपले स्वायक्त र अधिकार सम्पन्न हुनेछ । नेपालको सार्वभौमिकता एकता र अखण्डतालाई अक्ष्ाण राख्दै स्वायक्त प्रदेशहरुको संरचना केन्द्र र प्रदेशका सुचहरुको पूर्ण विवरण र अधिारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।" सहमतीको तेस्रो बुँदा अनुसार ३० प्रतिशत क्षेत्रसम्ममा उम्मेदवारी दिने दलले समावेसी सिद्धान्त अपनाउनु पर्ने छैन । मधेशी आदिवासी जनजाति महिला दलित पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई सुरक्षा अङ्ग लगायत राज्यको सबै निकायमा समानुपातिक सहभागिता हुने गरी नियुक्त बढुवा र मनोनयन गर्ने चौथो बुँदामा उल्लेख गरिएको छ । ![]() United Democratic Madhesi Front (UDMF) leaders with Prime Minister Girija Prasad Koirala durung the 8-Point agreement. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समुहगत प्र वेशलाई सुनिश्चित गर्ने कुरा पाँचौ बुँदामा लेखिएको छ । त्यसवाहेक तराईमा सशस्त्र संघर्षरत समुहलाई वार्तामा मधेशी मोर्चा र सरकारले संयुक्त रुपमा आग्रह गरेको छ भने मधेशी जनअधिकार फोरमसँग २०६४ भाद्र १३ गते सरकारले गरेको सहमती कार्यन्वयन गर्ने र फागुन १ गते देखिको मधेश आन्दोलन फिर्ता लिने सहमती पत्रमा जनाइएको छ । गृहमन्त्री कृक्ष्ण सिटौलाले सहमतीपत्र वाचन गरेपछि प्रधानमन्त्री कोइरालाले भोलिदेखि नै सहमती अनुरुप कार्य हुने बताए । यो सहमती पछि निर्वाचनको वातावरण सुनिश्चित बनेको बताइएको छ। -Santa Gaha Magar in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®