Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Classifieds»
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल
मधेशी मागको समाधान राजनीतिक तरिकाबाट खोजिने

काठमाडौं,  June 30, 2008- प्रमुख तीन राजनीतिक दलहरु नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले वीच मधेशी दलका मागलाई राजनीतिक रुपमा सम्वोधन गर्ने सहमती भएको छ ।

असार १५ गते आइतबार सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको वैठकमा मधेशको माग राजनीतिक भएकाले समाधान पनि राजनीतिक तरिकाबाटै खोजिने निर्णय गरिएको हो ।

मधेशवादी दलको माग जायज भएपनि संविधानमा अहिल्यै संसोधन गर्दा संविधानका अन्य धारालाईपनि मिलाउनुपर्ने हुँदा समय लाग्ने तीन राजनीतिक दलको ठहर छ ।

वैठकमा सहभागी माओवादी नेता कृष्णबहादुर महराका अनुसार मधेशी दलका मागलाई संविधान संशोधन गर्दा नराख्ने तर नयाँ संविधानमा सम्वोधन गरिने तीन दलवीच सहमती भएको छ ।

काँग्रेस उपसभापति तथा शान्ति तथा पुनरनिमार्ण मन्त्री रामचन्द्र पौडेलले नेपाल सरकारले मधेशी दलसँग गरेको सम्झौता कार्यन्वयन गर्ने बताए ।

तर मधेशवादी दलहरुले भने अन्तरिम संविधानमा नै संसोधन गरी आफूहरुको मागको सम्बोधन गर्नुपर्ने अडान राखेका छन् । राजनीतिक रुपले मधेशी मागको सम्बोधन गर्ने तीन राजनीतिक दलको मागमा मधेशवादी दलहरुले सहमति नजनाएपछि आइतबारपनि मधेशवादी दलहरुले संविधान सभाको बैठक अवरुद्ध पारे ।

सरकारले गत फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको सम्झौताका २ र ५ नम्बर बुँदा अन्तरिम संविधानमा राख्नै पर्ने माग मधेशवादी दलहरुले गरेका छन् । आफ्ना माग पुरा नभएको भन्दै मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी सद्भावना पार्टी र दलित जनजाति पार्टीले तीन पटक सम्म सदन अवरुद्ध पारिसकेका छन् ।

असार १२ देखि अबरुद्ध हुँदै आएको संविधान सभाको बैठकमा आइतबार न्याय तथा कानूनमन्त्री नरेन्द्रबिक्रम नेम्वाङ्गले अन्तरिम संविधानमा पाँचौं संसोधन विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो । बैठक अवरुद्ध भएको पहिलो दिन सो विधेयक गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्न लागेका थिए । तर मधेशवादी दलहरुको अबरोधका कारण गृहमन्त्रीद्धारा पेश हुन सकेको थिएन ।

राजनीतिक रुपले मधेशवादी दलको माग पुरा गर्ने भनेर अहिले राजनीतिक प्रतिबद्धता जनाउने र संविधान सभाद्धारा नयाँ संविधान बनाइँदा ती माग र अहिले गरिने प्रतिबद्धता अनुसार संविधान लेखिने तीन ठूला दलहरु माओवादी कांग्रेस र एमालेको प्रस्ताव थियो । तर मधेशवादी दलहरु आफ्नै अडानमा कायम रहे । उनीहरुले संविधान संसोधनद्धारा अहिल्यै ती माग पुरा गर्नुपर्ने आफ्नो माग दोहोर्याए ।

आफ्ना मागको राजनीतिक सम्बोधनमात्र गर्ने ठूला दलको प्रस्तावबाट क्रुद्ध मधेशवादी दलहरुले संविधान संसोधनद्धारा नै आफ्ना माग पुरा नभए सदनको संघर्षलाई सडकसम्म पुर्याउने चेतावनी दिएका छन् । आइतबार रिपोटस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा मधेश जनअधिकार फोरमका सहसंयोजक जयप्रकास गुप्ताले भने- 'ठूला राजनीतिक दलहरु हामीसँग मुठभेड गर्न खोजिरहेका हुन् भने हामीपनि त्यसकालागि तैयार भएर बसेका छौं ।'
  गुप्ताले सो कार्यक्रममा संविधान संसोधनद्धारा आफ्ना माग पुरा नभए मधेशमात्र होइन देशै ठप्प पारी आन्दोलनलाई उत्कर्षमा पुर्याइने चेतावनी दिएका थिए । यस्तै चेतावनी अर्को मधेशवादी दल नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलेपनि दिएका छन् ।

ठूला राजनीतिक दल भने संविधान संसोधन गरी स्वायत्त मधेश प्रदेश उल्लेख गर्नासाथ मधेशवादी दलहरुले 'एक मधेश एक प्रदेश' को मुद्धा उठाउने कुराले त्रस्त छन् । सबै ठूला राजनीतिक दलले एक मधेश एक प्रदेशको मागलाई अस्वीकारपनि गरेका छन्।

यसैवीच व्यवस्थापिका संसदको हैसियतमा बस्न लागेको संविधान सभाको अर्को वैठक असार १६ गते साँझ ४ बजे बस्ने कार्यक्रम तय गरिएको छ ।

-Santa Bagam and Vivek Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®