|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सशस्त्र मधेसी मोर्चाका नेताहरु लहानमा सार्वजनिक |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Rajan Mukti (center) of Terai Mukti Morcha 'Rajan' Group. Photo: Dineshwar लहान, January 7, 2009- 'सयौलाई सहिद बनाएर मन्त्री बन्नको लागि अवसरको तराजुमा उत्रिसकेका नेताहरुलाई तह लगाउंनको निम्ति हामी वार्तामा जादैछौं ।' बुधवार लहानको सहिद रमेश महतोको शालिकमा माल्र्यार्पण गर्दै तराई मुक्ति मोर्चा 'राजन' का तीन सदस्यीय वार्ता टोली सार्वजनिक हुने क्रममा उक्त कुरा बताउंनुभयो । जिल्ला प्रशासन कार्यालय सिरहाको स १ झ नम्बरको गाडिमा आएका ती वार्ता टोलीका सदस्यहरु लहानस्थित सहिद रमेश महतो चौकमा आईपुग्दा जनतान्त्रिक तराई मुक्ति मोर्चा 'राजन' का लडाकुहरुले जय क्रान्तिको नारा लगाउंदै पुष्पगुच्छाले स्वागत गरेका थिए । ती ३ सदस्यीय वार्ता टोलीका संयोजक उत्सर्ग 'मुक्ति' भनिने राजिव झा, सदस्यहरु विवेक मुक्ति भनिने मनोज झा र पारस मुक्ति भनिने रामशोभित यादव रहेको थिए भने टोलीमा मध्यस्तकर्ता ज्योति झा पनि संलग्न थिए । सहिद रमेश महतो, स्व. विजय सहनी र स्व. बेचन यादवको शालिकमा माल्र्यापण गर्दै वार्ता टोलीका संयोजक राजिव झाले सरकारले वार्ताको नाममा हामीसंग धोका गर्यो भने हामी पूनः बन्दुक उठाउंने छौं' भन्नुभयो । मधेशी जन अधिकार फोरमका मन्त्रीप्रति लक्षित गर्दै वार्ता टोलीका संयोजक झाले मधेशका सहिदप्रति गद्दार गर्दै कुर्सीमा बसि सहिदको भावनामा ठेस पुर्याएको छ भन्नुभयो । |
|
|
उहांले मधेशमा आन्दोलन हुन्छ तर काठमाण्डौंको िसंह दरवारको कुर्सीमा तौलिन जाने गर्छ । त्यसैले मधेशको समस्या समाधान नभएको बताउंनुभयो । आज पनि कठिनाई छ ठाउं ठाउंमा हाम्रो कार्यकर्तालाई रोकिदै गरेकोले हामी पनि सोही अनुरुप रोकिदै यहां आईपुगेका हौं । हामीले उठाएको माग जबसम्म पूरा हुंदैन तबसम्म मुक्ति संग्राम जारी रहन्छन् वार्ता टोलीका संयोजक मुक्तिले बताउंनुभयो । सहिद चौकको कार्यक्रमपछि वार्ता टोलीका सदस्य लगायत सयौ कार्यकर्ताहरु सशस्त्र वेस क्याम्प लहान पुगेका थिए । त्यहांबाट फिर्ता भई ती टोलीहरु सहिद रमेश महतोको घर पुगेका थिए । हाल जनतान्त्रिक तराई मुक्ति मोर्चा 'राजन' का अध्यक्ष राजन मुक्ति जलेश्वरको रामवृक्ष गणमा रहदै आएका छन् । -Dineshwarprasad Gupta (दिनेश्वरप्रसाद गुप्ता) in Lahan |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||