Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"मधेश एउटै प्रदेश हुनेछ..." नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादव, मधेशी जनअधिकार फोरम तथा परराष्ट्र मन्त्री

काठमाण्डौ, January 22, 2009- मधेशी जनअधिकार फोरमका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरुसँग भएको आठ बुंदे सहमति कार्यान्वयनका लागि राज्यसामु समय सीमा राखेर प्रस्तुत हुने बताएका छन् ।

दोस्रो महाधिवेशनले तय गरेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निश्चित सयम सीमासम्मपनि सहमति कार्यान्वयन नभए सरकार हुँदै सदनसमेत छाडेर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । यद्यपि उनले समयसीमाको टुंगो नलगाइएको र पार्टीको केन्द्रीय कार्यसमितिले छिट्टै टुंगो लगाउने बताएका छन् ।

परराष्ट्रमन्त्रीसमेत रहेका यादवले सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषदमा पटक पटक प्रस्ताव राखेपनि प्रधानमन्त्रीबाट खासै गम्भीरता नदेखाइएबाट समस्या आएको आरोप लगाए । सरकारमा बसेर आठ बुंदे सहमति कार्यान्वयनका लागि पहल गरिरहने बताउँदै यादवले भने- 'हामी निश्चित समयसीमा तोकेर आठ बुंदे सहमतिको कार्यान्वयन र न्यूनतम साझा नीति तथा कार्यक्रम पालनाका लागि हरसम्भव प्रयास गर्छौं कार्यान्वयन नभए सरकार छाडी सडकमा आउनेछौं ।'

संविधान निर्माणमा मधेशी जनताको मागको सम्बोधन नभए संविधान सभासमेत छाड्ने चेतावनी िदंदै उनले आफूहरु संविधान सभा समेत छाडेर आउनुपरे तेस्रो जनआन्दोलन हुने बताए । मधेश स्वायत्त प्रदेश बनाइछाड्ने दृढता व्यक्त गर्दै उनले मधेश आन्दोलनको म्याण्डेट नै मधेश स्वायत्त प्रदेश बनाउनु रहेको अडान अगाडि सारे । उनले भने- 'मधेश एउटै प्रदेश हुनेछ र मधेश प्रदेशमा रहेका सबै जाति, समुदाय, धर्म, िलंगका जनताको अधिकार सुनिश्चितपनि हुनेछ ।' हिमाल, पहाड र मधेशमा भेदभावरहित समाज निर्माणकालागि मधेशले आत्मनिर्णयको अधिकारसहित पाउनुपर्ने उनका कथन छ ।

यादव मंगलबार सम्पन्न पार्टीको दोश्रो महाधिवेशनबाट सर्बसम्मत रुपले अध्यक्षमा चुनिएका थिए । सर्वसम्मत ढंगबाट नेतृत्व चयन हुनुले एकतालाई बल पुगेको बताउँदै उनले पार्टीलाई सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीका आधारमा अगाडि बढाइने बताएका छन् । पार्टीमा ३१ सदस्यीय केन्द्रीय
सदस्य, ५ सदस्यीय कार्यकारिणी र ५ सदस्यीय अनुशासन समिति रहने बताउँदै उनले बाँकी ८ जना केन्द्रीय सदस्य चयन गर्दा योगदान, क्षमता र पार्टीप्रतिको लगावलाई आधार बनाइने जानकारी दिए ।

-Sitaram Baral in Kathmandu









   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®