Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तराईमा चन्दा उठाउने समूह हतियारसहित पक्राउ



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Arrested men who claimed be the members of Madhesh Mukti Tigers. Photos: Santa

काठमाण्डौं, December 12, 2008- तराईमा हिंसारत मधेशी मुक्ति टाइगर्सको नाममा चन्दा उठाउने समूहलाई महानगरीय प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जना रुपन्देही जिल्लाका बासिन्दा रहेका हुन् । पक्राउ परेकाहरुले आफूहरु मधेशी मुक्ति टाइगर्सको कार्यकर्ता बताएका छन् ।

तर उनीहरु उक्त समूहको आधिकारिक व्यक्ति हुन् होइनन् भन्ने कुराको पुष्टि भने नभइसकेको प्रहरीले दावी गरेको छ । मधेशी मुक्ति टाइगर्सको लेटरप्याड प्रयोग गरी उनीहरुले भैरहवा-बुटवलतिरका व्यापारीहरुसित पाँचदेखि १० लाखसम्म चन्दा माग गरेको र केहीसित माग गरेभन्दा कम रकम पनि लिइसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरीका आयुक्त एआइजी रमेशकुमार श्रेष्ठले बताएका छन् ।

पक्राउ पर्नेमा २५ वर्षीय सन्तकुमार धवल, ३३ वर्षीय रमेश यादव, ४१ वर्षीय बेचनप्रसाद चौधरी, २४ वर्षीय रामप्रसाद थारु र २६ वर्षीय रामविलास गुप्ता रहेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । उनीहरुबाट प्रहरीले एउटा रिभल्वर, चार राउन्ड गोली, पेस्तोलको एउटा खाली म्याग्जीन, एक एकवटा इलेक्ट्रिक र ननइलेक्ट्रिक डेटोनेटर, एउटा सेफ्टी फ्युज, एउटा मोटरसाइकलको रिमोर्ट की, एउटा गाडीको चुरोट सल्काउने इलेक्ट्रिक प्लग, गाडीको फ्युजसहितका तारहरु, मधेशी मुक्ति टाइगस्रको आर्थिक सहयोग माग गरिएको पर्चा, ६ वटा र तीन वटा प्रेस विज्ञप्ति बरामद गरेको छ ।

बरामद भएको प्रेस विज्ञप्ति र चन्दाका पर्चामा 'राजु उपनाम भएको व्यक्तिले हस्ताक्षर गरेको देखिन्छ । ती व्यक्ति पक्राउ परेका पाँचमध्येका एक व्यक्ति हुनसक्ने दावी एआइजी श्रेष्ठले गरेका छन् । उनीहरु राजधानीमा कुनै आपराधिक घटना गराउने योजनासहित भित्रिएको हुनसक्ने अनुमान प्रहरीको छ । एआइजी श्रेष्ठ भन्छन्- 'उनीहरु एक्लाएक्लै आएनन् पालैपालो आएका हुन् हामी गम्भीर अनुसन्धानमा छौं।'
 


उनीहरुको पक्राउबाट बिहीबारबाटै शुरु भएको तराईमा संघर्षरत विभिन्न समूहसितको वार्तामा कुनै असर नपर्नेपनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु आपराधिक शैलीमा हिँडेकाले राजनीतिक उद्देश्य नदेखिएको र यसले मधेशमा संघर्षरत समूहसँगको वार्तामा कुनै असर नपर्ने प्रहरीको विश्लेषण छ । यदि राजनीतिक उद्देश्य देखिए सरकारको नीतिअनुसार काम गर्ने प्रहरीको योजना रहेको प्रहरीले बताएको छ ।

'अनुसन्धानबाट उनीहरु राजनीतिक उद्देश्यका साथ हिँडेको पुष्टि भएमा उनीहरुको नेतृत्वलाई सम्मानपूर्वक वार्तामा लगिने छ' श्रेष्ठले भन्छन्- 'उनीहरुको कार्यशैली हेर्दा जनजीवनलाई आतंकित पार्ने र रकम असुली गर्ने देखिएको छ ।'




Photos: Sitaram
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®